pani-1786865868.jpg
Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

मकवानपुरका यी उम्मेदवार जसले आफैंलाई मतदान गर्न पाउँदैनन्

Screenshot_20221022-08415-1666407482.png

मकवानपुर । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मिति नजिकिदै गर्दा मकवानपुरमा उम्मेदवारहरुले आफ्नो प्रचार प्रसारलाई बलियो बनाउँदै आएका छन् ।

मतदाताहरुलाई आफ्नो पक्षमा मतदान गर्न अनुरोध गर्दै आएका उम्मेदवारहरु आफैंले भने आफूलाई भोट हाल्न पाउने छैनन् । आफ्नो बसोबास स्थल अर्थात मतदान केन्द्र एकातिर आफ्नो उम्मेदवारी अनेत्र भएको कारण मकवानपुरबाट उम्मेदवार भएको केही उम्मेदवारहरुले आफैंलाई मतदान गर्न नपाउने भएका हुन् ।

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा मतदातालाई खुसी पार्न मकवानपुरमा दलका उम्मेदवारहरू अगुवा कार्यकर्ता भेला, छलफल तथा अन्तक्रियामा व्यस्त छन् ।

आफ्नै पार्टीका कार्यकर्ताको मात्र नभई अरूको भोट कसरी आफ्नो पक्षमा पार्ने भन्नेमा दलका नेता र उम्मेदवारहरू रणनीति बनाउन तल्लिन छन् । तर, अरूको भोट पाएर जित्ने दाबीका साथ हिँडिरहेका मकवानपुरका केही उम्मेदवारहरू आफैँलाई भने भोट हाल्न नपाउने अवस्थामा रहेका हुन् ।

मकवानपुर जिल्लाको २ प्रतिनिधि सभा र ४ प्रदेश सभा अन्तरगत उम्मेदवार रहेका रहेकाहरु मध्ये केहीको यस्तो अवस्था रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

मकवानपुरमा कुल ६९ जनाले मनोनयन दर्ता गराएका छन् । तीमध्ये केहीले मतदाता नामावलीमा आफ्नो नाम भएकोभन्दा फरक क्षेत्रमा उम्मेदवारी दिएकाले आफैँलाई मत हाल्न नपाउने भएका हुन् ।

मकवानपुरबाट आफैँलाई मत हाल्न नपाउने उम्मेदवारहरूमा विशेष गरी ठूला दलका उम्मेदवारहरू नै रहेका छन् । प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा सत्तागठबन्धनबाट उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका सत्तागठबन्धनकै एकीकृत समाजवादीका स्थायी समिति सदस्य विरोध खतिवडाले आफैँलाई मत हाल्न पाउने छैनन् ।

प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेकी डिनाको मतदान केन्द्र क्षेत्र नम्बर २ को भीमफेदी गाउँपालिका–७ मा रहेको श्री मावि मेलटारमा रहेको छ । यसैगरी, क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका खतिवडाले क्षेत्र नम्बर १ को हेटौँडा उपमहानगरपालिका–४ मा रहेको भुटनदेवी मावि मतदान केन्द्रमा मतदान गर्नेछन् ।

यसैगरी, नेकपा एमाले मकवानपुरका जिल्ला अध्यक्ष एवं क्षेत्र नम्बर १ को प्रदेश सभा (ख) बाट उम्मेदवार बनेका एकलाल श्रेष्ठले पनि आफूलाई मत दिन पाउँदैनन्। उनको मतदाता नामावली क्षेत्र नम्बर २ (क) मा रोपवे भवन चौकिटोल मतदान केन्द्रमा रहेको छ ।

सत्तागठबन्धनबाटै उम्मेदवार बनेका कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवं मकवानपुर इन्चार्ज कुमारी मुक्तानले पनि आफूलाई मत दिन पाउँदिनन् । क्षेत्र नम्बर २ (ख) बाट उम्मेदवार बनेका बानियाँले क्षेत्र नम्बर १ (क) मा रहेको कमला निमावि मतदान केन्द्रमा मतदान गर्नेछन् भने क्षेत्र नम्बर २ (क) बाट उम्मेदवार बनेकी मुक्तानले क्षेत्र नम्बर १ (ख) बाट मतदान गर्नेछिन् ।

प्रतिष्पर्धाको क्रममा आफ्नो जितको संभावना जहाँ छ त्यहाँबाट उम्मेदवारी दिन पार्टीले सुझाएको कारण आफ्नो मतदान केन्द्र भएको भन्दा अन्यत्रबाट उम्मेदवारी भएको उनीहरु बताउँछन् ।

स्थानीय तह सदसस्य निर्वाचन जस्तो प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो क्षेत्रको प्रभावको कारण हार जितमा खासै अर्थ नराख्ने गठबन्धनकी उम्मेदवार मोक्तानले बताइन् ।

आजको राजधानी दैनिकमा खबर छ ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg