jkmv-english-1784299234.jpg
Friday, 24 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

मकवानपुरका यी उम्मेदवार जसले आफैंलाई मतदान गर्न पाउँदैनन्

Screenshot_20221022-08415-1666407482.png

मकवानपुर । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मिति नजिकिदै गर्दा मकवानपुरमा उम्मेदवारहरुले आफ्नो प्रचार प्रसारलाई बलियो बनाउँदै आएका छन् ।

मतदाताहरुलाई आफ्नो पक्षमा मतदान गर्न अनुरोध गर्दै आएका उम्मेदवारहरु आफैंले भने आफूलाई भोट हाल्न पाउने छैनन् । आफ्नो बसोबास स्थल अर्थात मतदान केन्द्र एकातिर आफ्नो उम्मेदवारी अनेत्र भएको कारण मकवानपुरबाट उम्मेदवार भएको केही उम्मेदवारहरुले आफैंलाई मतदान गर्न नपाउने भएका हुन् ।

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा मतदातालाई खुसी पार्न मकवानपुरमा दलका उम्मेदवारहरू अगुवा कार्यकर्ता भेला, छलफल तथा अन्तक्रियामा व्यस्त छन् ।

आफ्नै पार्टीका कार्यकर्ताको मात्र नभई अरूको भोट कसरी आफ्नो पक्षमा पार्ने भन्नेमा दलका नेता र उम्मेदवारहरू रणनीति बनाउन तल्लिन छन् । तर, अरूको भोट पाएर जित्ने दाबीका साथ हिँडिरहेका मकवानपुरका केही उम्मेदवारहरू आफैँलाई भने भोट हाल्न नपाउने अवस्थामा रहेका हुन् ।

मकवानपुर जिल्लाको २ प्रतिनिधि सभा र ४ प्रदेश सभा अन्तरगत उम्मेदवार रहेका रहेकाहरु मध्ये केहीको यस्तो अवस्था रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

मकवानपुरमा कुल ६९ जनाले मनोनयन दर्ता गराएका छन् । तीमध्ये केहीले मतदाता नामावलीमा आफ्नो नाम भएकोभन्दा फरक क्षेत्रमा उम्मेदवारी दिएकाले आफैँलाई मत हाल्न नपाउने भएका हुन् ।

मकवानपुरबाट आफैँलाई मत हाल्न नपाउने उम्मेदवारहरूमा विशेष गरी ठूला दलका उम्मेदवारहरू नै रहेका छन् । प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा सत्तागठबन्धनबाट उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका सत्तागठबन्धनकै एकीकृत समाजवादीका स्थायी समिति सदस्य विरोध खतिवडाले आफैँलाई मत हाल्न पाउने छैनन् ।

प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेकी डिनाको मतदान केन्द्र क्षेत्र नम्बर २ को भीमफेदी गाउँपालिका–७ मा रहेको श्री मावि मेलटारमा रहेको छ । यसैगरी, क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका खतिवडाले क्षेत्र नम्बर १ को हेटौँडा उपमहानगरपालिका–४ मा रहेको भुटनदेवी मावि मतदान केन्द्रमा मतदान गर्नेछन् ।

यसैगरी, नेकपा एमाले मकवानपुरका जिल्ला अध्यक्ष एवं क्षेत्र नम्बर १ को प्रदेश सभा (ख) बाट उम्मेदवार बनेका एकलाल श्रेष्ठले पनि आफूलाई मत दिन पाउँदैनन्। उनको मतदाता नामावली क्षेत्र नम्बर २ (क) मा रोपवे भवन चौकिटोल मतदान केन्द्रमा रहेको छ ।

सत्तागठबन्धनबाटै उम्मेदवार बनेका कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवं मकवानपुर इन्चार्ज कुमारी मुक्तानले पनि आफूलाई मत दिन पाउँदिनन् । क्षेत्र नम्बर २ (ख) बाट उम्मेदवार बनेका बानियाँले क्षेत्र नम्बर १ (क) मा रहेको कमला निमावि मतदान केन्द्रमा मतदान गर्नेछन् भने क्षेत्र नम्बर २ (क) बाट उम्मेदवार बनेकी मुक्तानले क्षेत्र नम्बर १ (ख) बाट मतदान गर्नेछिन् ।

प्रतिष्पर्धाको क्रममा आफ्नो जितको संभावना जहाँ छ त्यहाँबाट उम्मेदवारी दिन पार्टीले सुझाएको कारण आफ्नो मतदान केन्द्र भएको भन्दा अन्यत्रबाट उम्मेदवारी भएको उनीहरु बताउँछन् ।

स्थानीय तह सदसस्य निर्वाचन जस्तो प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो क्षेत्रको प्रभावको कारण हार जितमा खासै अर्थ नराख्ने गठबन्धनकी उम्मेदवार मोक्तानले बताइन् ।

आजको राजधानी दैनिकमा खबर छ ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...