jkmv-english-1784299234.jpg
Friday, 24 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

मकवानपुरका माओवादी नेताहरु अभियानमा व्यस्त

372005949_840277037469978-1693664296.jpg

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत शनिबार उद्घाटनको दिन मकवानपुर जिल्लाको बिभिन्न पालिकाहरुमा श्रमदान, शहिद परिवार सम्मान र विकास निर्माण कार्यहरु गरेको छ । माओवादी केन्द्र मकवानपुरका अनुसार पार्टीको तीन महिने अभियानको उद्घाटन गर्ने क्रममा केन्द्रीय सदस्यहरु जनतासंग जोडिनको लागि श्रमसंग जोडिएका हुन् ।

मकवानपुरको पूर्वी बागमती गाउँपालिका—७ कमिटीले चौरा आधारभूत विद्यालयका विद्यालयको लागि खानेपानी इनार निर्माण तथा पाइप पुर्ने कार्य गर्नुको साथै तीर्थ कुमारी श्रेष्ठको खेतमा धान गोडेको पार्टीका मकवानपुर संयोजक एबम् बागमती गाउँपालिका अध्यक्ष सर्केश घलाने जानकारी दिए । यसको साथै अन्य वडाहरुमा कोदो रोप्ने, धान गोड्ने, मन्दिर र अन्य क्षेत्र सरसफाई गरिएको उनले जानकारी दिए ।

भीमफेदी गाउँपालिकामा त्रिभुवन राजमार्गमा पहिरो पन्छाउने काम गरिएको पार्टीका पालिका अध्यक्ष बद्रि स्यान्तानले जानकारी दिए । वडाहरुमा अभियानको बिषयमा छलफल, कोदो गोड्ने काम गरिएको उनले बताए ।

थाहा नगरपालिकामा माओवादी केन्द्रले बृद्धबृद्धाहरुलाई न्यानो कपडा बितरण, अन्तरक्रिया कार्यक्रम गरिएको माओवादी केन्द्र थाहानगर अध्यक्ष बिनोद लामाले जानकारी दिए । राक्सिराङ गाउँपालिकाले वडा नं. ५ स्थित बिर्षे खोलामा वर्षातको बाढीले आवातजावतमा बाधा पुगेको कारण ह्युमपाइप हालिएको पार्टीका पालिका ईचार्ज एबम् गाउँपालिका उपाध्यक्ष बनस्थम थिङले बताए । माओवादी केन्द्रले जिल्लाभर श्रमदान गर्ने र श्रमदान नगरिएको स्थानमा अभियानको कार्यतालिका बनाउने, जनताको गुनासो सुन्ने लगाएतका काम गरेको पार्टीका जिल्ला संयोजक घलानले जानकारी दिए ।

सामाजिक विकास मन्त्री मोक्तानले गरिन् श्रमदान

नेकपा (माओबादी केन्द्र)का पोलटब्युरो सदस्य तथा बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानले जनतासंग जोडिने अभियान अन्तर्गत श्रमदान गरेका छन् । उनले शनिबार बिहान भीमफेदी गाउँपालिका वडा नम्बर १ मा त्रिभुवन राजमार्गमा पहिरो पन्छाउनुको साथै मकै र कोदो गोड्ने काममा सहभागी भएकी हुन् ।

मन्त्री मोक्तानले राष्ट्रिय एकता र स्वाधिनतालाई सुदृढ गर्ने, आत्मनिर्भर अर्थतन्त्रको विकास, सामाजिक न्याय र सुशासनको कार्यक्रमलाई अझ प्रभावकारी बनाउन, जनअपेक्षा अनुसारको विकासका काम सम्बोधन गर्न संगठन निर्माण र जनपरिचालन अभियान सुरु गरिएको बताइन् । मोक्तनको प्रमुख आतिथ्यतामा जनतासँग माओवादी विषेश रुपान्तरण अभियान अन्र्तगत हेटौडा उपमहानगरपालिका वडा नम्बर ५ मा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया गरिनुका साथै वडा कार्यालय उद्धघाटन र बृक्षारोपण कार्यक्रम गरिएको छ ।

 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...