pani-1786865868.jpg
Sunday, 25 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

मकवानपुरका माओवादी नेताहरु अभियानमा व्यस्त

372005949_840277037469978-1693664296.jpg

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत शनिबार उद्घाटनको दिन मकवानपुर जिल्लाको बिभिन्न पालिकाहरुमा श्रमदान, शहिद परिवार सम्मान र विकास निर्माण कार्यहरु गरेको छ । माओवादी केन्द्र मकवानपुरका अनुसार पार्टीको तीन महिने अभियानको उद्घाटन गर्ने क्रममा केन्द्रीय सदस्यहरु जनतासंग जोडिनको लागि श्रमसंग जोडिएका हुन् ।

मकवानपुरको पूर्वी बागमती गाउँपालिका—७ कमिटीले चौरा आधारभूत विद्यालयका विद्यालयको लागि खानेपानी इनार निर्माण तथा पाइप पुर्ने कार्य गर्नुको साथै तीर्थ कुमारी श्रेष्ठको खेतमा धान गोडेको पार्टीका मकवानपुर संयोजक एबम् बागमती गाउँपालिका अध्यक्ष सर्केश घलाने जानकारी दिए । यसको साथै अन्य वडाहरुमा कोदो रोप्ने, धान गोड्ने, मन्दिर र अन्य क्षेत्र सरसफाई गरिएको उनले जानकारी दिए ।

भीमफेदी गाउँपालिकामा त्रिभुवन राजमार्गमा पहिरो पन्छाउने काम गरिएको पार्टीका पालिका अध्यक्ष बद्रि स्यान्तानले जानकारी दिए । वडाहरुमा अभियानको बिषयमा छलफल, कोदो गोड्ने काम गरिएको उनले बताए ।

थाहा नगरपालिकामा माओवादी केन्द्रले बृद्धबृद्धाहरुलाई न्यानो कपडा बितरण, अन्तरक्रिया कार्यक्रम गरिएको माओवादी केन्द्र थाहानगर अध्यक्ष बिनोद लामाले जानकारी दिए । राक्सिराङ गाउँपालिकाले वडा नं. ५ स्थित बिर्षे खोलामा वर्षातको बाढीले आवातजावतमा बाधा पुगेको कारण ह्युमपाइप हालिएको पार्टीका पालिका ईचार्ज एबम् गाउँपालिका उपाध्यक्ष बनस्थम थिङले बताए । माओवादी केन्द्रले जिल्लाभर श्रमदान गर्ने र श्रमदान नगरिएको स्थानमा अभियानको कार्यतालिका बनाउने, जनताको गुनासो सुन्ने लगाएतका काम गरेको पार्टीका जिल्ला संयोजक घलानले जानकारी दिए ।

सामाजिक विकास मन्त्री मोक्तानले गरिन् श्रमदान

नेकपा (माओबादी केन्द्र)का पोलटब्युरो सदस्य तथा बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानले जनतासंग जोडिने अभियान अन्तर्गत श्रमदान गरेका छन् । उनले शनिबार बिहान भीमफेदी गाउँपालिका वडा नम्बर १ मा त्रिभुवन राजमार्गमा पहिरो पन्छाउनुको साथै मकै र कोदो गोड्ने काममा सहभागी भएकी हुन् ।

मन्त्री मोक्तानले राष्ट्रिय एकता र स्वाधिनतालाई सुदृढ गर्ने, आत्मनिर्भर अर्थतन्त्रको विकास, सामाजिक न्याय र सुशासनको कार्यक्रमलाई अझ प्रभावकारी बनाउन, जनअपेक्षा अनुसारको विकासका काम सम्बोधन गर्न संगठन निर्माण र जनपरिचालन अभियान सुरु गरिएको बताइन् । मोक्तनको प्रमुख आतिथ्यतामा जनतासँग माओवादी विषेश रुपान्तरण अभियान अन्र्तगत हेटौडा उपमहानगरपालिका वडा नम्बर ५ मा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया गरिनुका साथै वडा कार्यालय उद्धघाटन र बृक्षारोपण कार्यक्रम गरिएको छ ।

 

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg