pani-1786865868.jpg
Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

भोट नदिने मतदातालाई पिट्ने एमाले उम्मेदवार लक्ष्मी महतोको धम्की - आयोगले सोध्यो स्पष्टीकरण

mahottary-1668054761.jpg

 महोत्तरी क्षेत्र नम्बर १ का नेकपा एमालेबाट प्रतिनिधिसभाका उम्मेदवार लक्ष्मी महतोले आफूलाई भोट नदिए चुनावपछि देखाइदिने भन्दै मतदातालाई धम्की दिएपछि  निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । 

गौशालास्थित रेडियो जुनतारामा मैथिली भाषामा अन्तर्वार्ता दिने क्रममा महतोले आफूलाई भोट नदिने मतदातालाई पिटिदिनेसम्मको धम्की दिएका थिए । उनले यो धम्की एफएमबाट दिएको उजुरी परेपछि निर्वाचन आयोगले स्पष्टीकरण सोधेको हाे । निर्वाचनलाई प्रतिकूल प्रभाव पार्नेगरी बोलेको भन्दै आयोगले २४ घन्टे स्पष्टीकरण सोधेको हो । आयोगले महतोलाई स्थानीय रेडियोमार्फत मतदातालाई लक्षित गरी धम्कीपूर्ण भाषा बोलेकोमा स्पष्टीकरण सोधिएको जनाएको छ ।

मनोनयनको अघिल्लो रात जसपाबाट एमाले प्रवेश गरी उम्मेदवार बनेका महतो आफ्नै अभिव्यक्तिका कारण पछिल्लो समय आलोचित बनेका छन् । केही समय अघि पनि महतोले सबै नेताहरू ठग भएको र आफू पनि त्यस्तैमा पर्ने र आफूले नजिते पनि गौशाला नगरपालिकामा वर्चश्व रहने चेतावनी दिएका थिए । मधेश आन्दोलनका क्रममा जलेश्वरमा सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्याका आरोपी महतो अहिले फरार सूचीमा छन् । निर्वाचन कानुनले फौजदारी मुद्दा चलेकै कारण कसैलाई उम्मेदवार बन्न वञ्चित गरेको छैन तर, जितेपनि सांसद बन्न नपाउने अवस्था छ ।

निर्वाचन आयाेगकाे बुलेटिन 

निर्वाचन आयोगले महोत्तरी क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार लक्ष्मी महतोलाई स्पष्टीकरण सोधेको छ । महोत्तरी गौशाला स्थित रेडियो जुनतारामा मैथिली भाषामा दिएको अन्तर्वार्तामा ‘अहिले चुनावका कारण धेरै दम राखेको छु । चुनावपछि देखाईदिन्छु । हारेपनि के हुन्छ, म सबैलाई तह लगाईदिन्छु, चाहे त्यो जुनसुकै कार्य क्षेत्रको होस् । कुरा बुझ्नुभो नि ! तपाईंले भोट दिनुहुन्न मलाई के फरक पर्छ, यहाँ त मेरै सरकार छ । त्यस्तो मान्छेलाई पिटदिन भने के खुट्टा ढोगौं । खुट्टा ढोगेर काम लाग्छ । जानुस दिनु हुन्न मलाई नदिनुस तर मैले केही दिन पहिले नै गौशाला बजारमा नगरपालिका र प्रहरीलाई भन्दा भन्दा म आफैँ गएर एकआध थप्पड पिँटे । मैले चुनावका कारण धेरै धैर्यता राखेको छु । चुनाव पछि देखाईदिन्छु । हारे पनि के हुन्छ र सबैलाई तह लगाईदिन्छु । कुनैपनि कार्यक्षेत्रको व्यक्तिलाई छोड्दिन । तपाईं भोट दिनुहुन्न के हुन्छ ? यहाँको स्थानीय सरकार मेरै हो । यसको रिजल्ट पाँच वर्ष सम्ममा आउँछ नि ! …….’ भन्ने समेत व्यहोरा बोलेकाले स्पष्टीकरण सोधिएको हो ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ४, सबैले पालना गर्नु पर्ने आचरण अन्तर्गत खण्ड (न) मा ‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ व्यवस्था रहेको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ को उपदफा (१) को खण्ड (फ) मा ‘उम्मेदवार तथा निजको परिवारलाई कुनै तवरबाट डर, त्रास तथा धम्की दिन नहुने’ व्यवस्था छ । आचारसंहिताको दफा १३ को उपदफा (१) को (थ) मा ‘निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरुले प्रकाशन गरेका सामग्री शेयर गर्न नहुने’ व्यवस्था छ । निर्वाचन आयोगबाट निर्वाचन आचारसंहिता लागू भई सकेको विषयको सम्पूर्ण जानकारी रहेको अवस्थामा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) को नेता तथा महोत्तरी क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहनु भएको तपाईंले निर्वाचन आचारसंहिताको विपरीत हुनेगरी अभिव्यक्ति दिनु भएको देखिन्छ स्पष्टीकरण पत्रमा भनिएको छ । पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय, महोत्तरीमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न भनिएको छ ।

महोत्तरी जिल्लाको क्षेत्र नं. १ मा उम्मेदवार रहेको व्यक्तिले सार्वजनिक आमसञ्चार माध्यम वा कुनै पनि माध्यमबाट यसप्रकारको गैरजिम्मेवार र हिंसाउन्मुख अभिव्यक्ति दिन सुहाऊँछ ? निर्वाचनमा मतदातालाई स्वतन्त्र रुपमा मतदान गर्न पाउने अन्तरनिहीत हक रहेको सन्दर्भमा तपाईंबाट निर्वाचनको स्वच्छता र निष्पक्षतामा नकारात्मक प्रभाव पर्ने गरी दिईएको धम्कीपूर्ण तथा हिंसाउद्यत अभिव्यक्ति तपाईंले नै दिएको होईन भन्ने आधार र कारण के छ ? तपाईंले आमसञ्चार माध्यमबाट दिनु भएको धम्कीपूर्ण र भड्काउपूर्ण अभिव्यक्तिले निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (न) र ऐ. को दफा १३ को उपदफा (ज्ञ) को खण्ड (थ) र (फ) को उल्लंघन हुने देखिएकोले तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिमको कारबाही किन हुनु नपर्ने हो ? स्पष्टीकरणमा सोधिएको छ ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg