jkmv-english-1784299234.jpg
Friday, 24 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

भोट नदिने मतदातालाई पिट्ने एमाले उम्मेदवार लक्ष्मी महतोको धम्की - आयोगले सोध्यो स्पष्टीकरण

mahottary-1668054761.jpg

 महोत्तरी क्षेत्र नम्बर १ का नेकपा एमालेबाट प्रतिनिधिसभाका उम्मेदवार लक्ष्मी महतोले आफूलाई भोट नदिए चुनावपछि देखाइदिने भन्दै मतदातालाई धम्की दिएपछि  निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । 

गौशालास्थित रेडियो जुनतारामा मैथिली भाषामा अन्तर्वार्ता दिने क्रममा महतोले आफूलाई भोट नदिने मतदातालाई पिटिदिनेसम्मको धम्की दिएका थिए । उनले यो धम्की एफएमबाट दिएको उजुरी परेपछि निर्वाचन आयोगले स्पष्टीकरण सोधेको हाे । निर्वाचनलाई प्रतिकूल प्रभाव पार्नेगरी बोलेको भन्दै आयोगले २४ घन्टे स्पष्टीकरण सोधेको हो । आयोगले महतोलाई स्थानीय रेडियोमार्फत मतदातालाई लक्षित गरी धम्कीपूर्ण भाषा बोलेकोमा स्पष्टीकरण सोधिएको जनाएको छ ।

मनोनयनको अघिल्लो रात जसपाबाट एमाले प्रवेश गरी उम्मेदवार बनेका महतो आफ्नै अभिव्यक्तिका कारण पछिल्लो समय आलोचित बनेका छन् । केही समय अघि पनि महतोले सबै नेताहरू ठग भएको र आफू पनि त्यस्तैमा पर्ने र आफूले नजिते पनि गौशाला नगरपालिकामा वर्चश्व रहने चेतावनी दिएका थिए । मधेश आन्दोलनका क्रममा जलेश्वरमा सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्याका आरोपी महतो अहिले फरार सूचीमा छन् । निर्वाचन कानुनले फौजदारी मुद्दा चलेकै कारण कसैलाई उम्मेदवार बन्न वञ्चित गरेको छैन तर, जितेपनि सांसद बन्न नपाउने अवस्था छ ।

निर्वाचन आयाेगकाे बुलेटिन 

निर्वाचन आयोगले महोत्तरी क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार लक्ष्मी महतोलाई स्पष्टीकरण सोधेको छ । महोत्तरी गौशाला स्थित रेडियो जुनतारामा मैथिली भाषामा दिएको अन्तर्वार्तामा ‘अहिले चुनावका कारण धेरै दम राखेको छु । चुनावपछि देखाईदिन्छु । हारेपनि के हुन्छ, म सबैलाई तह लगाईदिन्छु, चाहे त्यो जुनसुकै कार्य क्षेत्रको होस् । कुरा बुझ्नुभो नि ! तपाईंले भोट दिनुहुन्न मलाई के फरक पर्छ, यहाँ त मेरै सरकार छ । त्यस्तो मान्छेलाई पिटदिन भने के खुट्टा ढोगौं । खुट्टा ढोगेर काम लाग्छ । जानुस दिनु हुन्न मलाई नदिनुस तर मैले केही दिन पहिले नै गौशाला बजारमा नगरपालिका र प्रहरीलाई भन्दा भन्दा म आफैँ गएर एकआध थप्पड पिँटे । मैले चुनावका कारण धेरै धैर्यता राखेको छु । चुनाव पछि देखाईदिन्छु । हारे पनि के हुन्छ र सबैलाई तह लगाईदिन्छु । कुनैपनि कार्यक्षेत्रको व्यक्तिलाई छोड्दिन । तपाईं भोट दिनुहुन्न के हुन्छ ? यहाँको स्थानीय सरकार मेरै हो । यसको रिजल्ट पाँच वर्ष सम्ममा आउँछ नि ! …….’ भन्ने समेत व्यहोरा बोलेकाले स्पष्टीकरण सोधिएको हो ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ४, सबैले पालना गर्नु पर्ने आचरण अन्तर्गत खण्ड (न) मा ‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ व्यवस्था रहेको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ को उपदफा (१) को खण्ड (फ) मा ‘उम्मेदवार तथा निजको परिवारलाई कुनै तवरबाट डर, त्रास तथा धम्की दिन नहुने’ व्यवस्था छ । आचारसंहिताको दफा १३ को उपदफा (१) को (थ) मा ‘निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरुले प्रकाशन गरेका सामग्री शेयर गर्न नहुने’ व्यवस्था छ । निर्वाचन आयोगबाट निर्वाचन आचारसंहिता लागू भई सकेको विषयको सम्पूर्ण जानकारी रहेको अवस्थामा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) को नेता तथा महोत्तरी क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहनु भएको तपाईंले निर्वाचन आचारसंहिताको विपरीत हुनेगरी अभिव्यक्ति दिनु भएको देखिन्छ स्पष्टीकरण पत्रमा भनिएको छ । पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय, महोत्तरीमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न भनिएको छ ।

महोत्तरी जिल्लाको क्षेत्र नं. १ मा उम्मेदवार रहेको व्यक्तिले सार्वजनिक आमसञ्चार माध्यम वा कुनै पनि माध्यमबाट यसप्रकारको गैरजिम्मेवार र हिंसाउन्मुख अभिव्यक्ति दिन सुहाऊँछ ? निर्वाचनमा मतदातालाई स्वतन्त्र रुपमा मतदान गर्न पाउने अन्तरनिहीत हक रहेको सन्दर्भमा तपाईंबाट निर्वाचनको स्वच्छता र निष्पक्षतामा नकारात्मक प्रभाव पर्ने गरी दिईएको धम्कीपूर्ण तथा हिंसाउद्यत अभिव्यक्ति तपाईंले नै दिएको होईन भन्ने आधार र कारण के छ ? तपाईंले आमसञ्चार माध्यमबाट दिनु भएको धम्कीपूर्ण र भड्काउपूर्ण अभिव्यक्तिले निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (न) र ऐ. को दफा १३ को उपदफा (ज्ञ) को खण्ड (थ) र (फ) को उल्लंघन हुने देखिएकोले तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिमको कारबाही किन हुनु नपर्ने हो ? स्पष्टीकरणमा सोधिएको छ ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...