jkmv-english-1784299234.jpg
Sunday, 26 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

भीमफेदीमा सत्ता गठबन्धनको प्रचारप्रसार कार्यालयको उद्घाटन

309686302_521955549760703-1665746400.jpg

प्रतिनिधि सभा र प्रदेश सभाकाे मंसिर ४ गते हुने निर्वाचन प्रचारप्रसारका क्रममा सत्ता गठबन्धनको भीमफेदी गाँउपालिका स्तरीय संयुक्त चुनाव प्रचारप्रसार कार्यालयको शुक्रबार उद्घाटन गरिएको छ । नेकपा (एकीकृत समाजवादी)का स्थायी समिति सदस्य तथा मकवानपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार बिरोध खतिवडा र नेकपा (माओबादी केन्द्र)की पोलिटब्युरो सदस्य, मकवानपुर ईञ्चाज तथा प्रदेश सभा मकवानपुर २ (क) उम्मेद्वार कुमारी मोक्तानले संयुक्त रुपमा चुनाव प्रचारप्रसार कार्यालयको उद्घाटन गरेका हुन् ।

उद्घाटनका क्रममा प्रतिनिधि सभा मकवानपुर क्षेत्र नं. २ का उम्मेद्वार खतिवडाले संबिधानको रक्षा गर्नकालागि गठबन्धनका उम्मेद्वारहरुलाई बिजयी गराउनुपर्ने बताउनुभयो । नेकपा (माओबादी केन्द्र)की पोलिटब्युरो सदस्य, मकवानपुर ईञ्चार्ज तथा प्रदेश सभा मकवानपुर २ (क) उम्मेद्वार मोक्तानले मकवानपुर जिल्लाको समानुपातिक बिकासको लागि गठबन्धनका उम्मेद्वारहरुलाई मतदान गरी बिजयी गराउन अनुरोध गर्नुभयो ।

नेपाली कांग्रेस भिमफेदी गाउँ कमिटि सभापति सन्जिब श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुर जिल्ला सदस्य गोपी राम बल, मोम लाल दोङ, क्षेत्रीय उपाध्यक्ष रञ्जन कुमार कठायत, नेकपा (माओबादी केन्द्र) भीमफेदी गाउँपालिका ईञ्चार्ज अप्सरा लामा, नेकपा (एकीकृत समाजवादी)का मकवानपुर सचिव बिष्णु दाहाल, सचिवालय सदस्य किरणमान बल, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य ध्रुवराज ढकाल लगायको आतिथ्यता रहेको थियो । बाम लोकतात्रिक गठबन्धन चुनाब प्रचारप्रसार समिति भीमफेदी गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा गठबन्धन अन्तरगतका स्थानीय नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...