jkmv-english-1784299234.jpg
Monday, 27 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

भिमफेदीमा एकिकृत समाजवादीको विशाल भेला ,आगामी चुनावबाट ओली पक्षको हैसियत समाप्त हुन्छः मन्त्री खतिवडा

मकवानपुर । नेकपा एकिकृत समाजवादीका स्थायी समिति सदस्य तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)बारे आफ्नो पार्टीले सचेततापुर्वक निर्णय गरेको बताउनुभएको छ ।  
मकवानपुरको भिमफेदी गाँउपालिका स्तरीय पार्टी कार्यकर्ता भेलालाई सम्वोधन गर्दै मन्त्री खतिवडाले एमसिसीको पासो थापेर एमाले अध्यक्ष केपी ओलीले गठवन्धन टुटाउन प्रयास गरेपनि नेताहरुको सचेततापुर्ण निर्णयले सो प्रयास सफल हुन नदिएको टिप्पणी गर्नुभयो । ‘ओलीले एमसीसी जस्ताको तस्तै पारित गर्न खोजेका थिए, हाम्रो पार्टीको अडानले पर्याप्त ढंगले देशको पक्षमा संशोधन भएको छ, जसलाई अमेरिकाले स्विकार समेत गरिसकेको छ ।’मन्त्री खतिवडाले भन्नुभयो, ‘त्यसैले ओलिका छोराछोरीहरुले जत्ति नै स्याल हुँइया मच्चाए पनि त्यो धेरै दिन नटिक्ने र आगामी स्थानीय चुनाव पछि उनीहरुको हैसियत प्रष्टिने छ ।’
मन्त्री खतिवडाले निशुल्क पाइने खोप बेचिएको भनेर आफ्नाविरुद्ध दुश्प्रचार गरिएपनि त्यो गलत भएको र छानविनले समेत गलत सावित गरिसकेको दावी गर्नुभयो । ‘बरु ओली सरकारको पालमा स्वास्थ्य क्षेत्रमा ठुलो ओम्नी घोटाला प्रकरण भएको र त्यो विषयलाई अख्तियारले छानविन गरिरहेको भन्दै दोषीहरुलाई कारवाही गर्नुपर्नेमा आफु प्रतिवद्ध रहेको स्पष्ट गर्नुभयो । उहाँले परिपक्व मान्छेलाई नभई आलाकाँचा ठेट्नाहरुलाई जनप्रतिनिधी बनाएकाले अहिले भिमफेदीवाशीले पश्चाताप गरिरहेको भन्दै आगामी स्थानीय चुनावबाट तिनको हैसियत जनताले नै समाप्त पारिदिने दावी गर्नुभयो ।
कार्यक्रममा केन्द्रीय निर्वाचन आयेगका सदस्य रामचन्द्र बलले अब एमाले भन्ने पाटी सकिँदै जाने र आगामी स्थानीय चुनावपछि बत्ति बालेर खोज्नुपर्ने अवस्था आउने टिप्पणी गर्नुभयो । एमसीसीको मामलामा पार्टीले परिपक्व निर्णय गरेर गठवन्धन जोगाएको उहाँको दावी थियो । गाँउपालिका जनप्रतिनिधीको माला पहिरिएर समाजसेवा भन्दै भ्रष्टाचारमा संलग्नहरुलाई आँउदो चुनावमा स्थानीयले पाखा पारिदिनुपर्ने उहाको आग्रह थियो । 
कार्यक्रममा जिल्ला अध्यक्ष श्रीधर पोखरेल, सचिव विष्णु दाहाल, जिल्ला सचिवालय सदस्य तथा स्वास्थ्य मन्त्रीका प्रमुख स्वकीय सचिव माधव तिमल्सीना, जिल्ला सचिवालय सदस्य तथा भिमफेदी इन्चार्ज शिवहरी बर्तौला लगायतको सहभागिता थियो । सुनिल गोलेले सञ्चालन गर्नुभएको कार्यक्रमको अध्यक्षता पालिका कमिटी अध्यक्ष समिर श्रेष्ठले गर्नुभएको थियो ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...