jkmv-english-1784299234.jpg
Thursday, 23 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

भष्ट्रचारी हरुलाई झुण्डाउने कानुन चाहियो:- सांसद दिपक बहादुर सिंह

1711979256799-1711979269.jpg

राप्रपाका नेता तथा मकवानपुर क्षेत्र नम्बर १ का संघीय सांसद दिपक बहादुर सिंहले भष्ट्रचारीहरु लाई झुण्डाउने कानुन चाहिएको बताएका छन।
राप्रपा थाहा नगर द्वारा शिखरकोटमा आयोजित कोणसभा लाई सम्बोधन गर्दै सांसद सिंहले उक्त भनाइ राखेका हुन।उनले अहिले सरकार सुन तस्कर र ललिता निवास जग्गा,सहकारी काण्डमा  नाम परेका ठुला नेताहरु जोगाउन लागिपरिरहेको आरोप लगाउदै भने "भष्ट्रचारीहरु र यस्तालाइ जोगाउन लागिपर्ने र कुकर्म गर्नेहरु किरा परेर मर्छन" । आफू धेरै पटक चुनावमा हार्दा पनि जनताको आवाज उठाउन नछाडेको र जनताको आशिर्वादले आज सांसदमा मकवानपुरको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेकोले आफुले  शिर निहुराउने काम नगर्ने प्रतिबद्धता व्यक्त गरे। 
उनले मकवानपुर क्षेत्र नम्बर दुईमा एमालेले ३-४ पटक चुनाव जितेर गएपनी यस क्षेत्रको जनताको हितको लागि केही नगरेको बताउदै, थाहामा ईलाका प्रशासन ल्याउन पहलको लागि सांसदमा आवाज उठाउने आफू पहिलो सांसद रहेको भन्दै अब    माननिय महेश बर्तौलाले पहल गर्नुपर्ने बताए।
राप्रपाले देशव्यापी रुपमा आयोजना गरेको ४० बुंदे माग सहितको शान्तीपुर्ण आन्दोलनको लागि चैत्र २७ गते काठमाडौंमा जानको निम्ति अपिल सहित कार्यक्रमको आयोजना गरेको हो।
राप्रपा थाहा नगरका कार्यवाहक अध्यक्ष कुलमान तामाङको अध्यक्षतामा सम्पन्न कोणसभामा केन्द्रिय सदस्यहरु राम बहादुर थोकर,रामहरी न्यौपाने,बागमती प्रदेश सदस्य धुर्व सन्जेल,प्रचारप्रसार बिभाग प्रमुख भिम प्रसाद गौतम,संघीय समिती अध्यक्ष राम बहादुर घले,जिल्ला सदस्यहरु दिपक थापा,तिर्थ मोक्तान,थाहा नगरका निवर्तमान अध्यक्ष नवीन रायमाझी लगाएतका उपस्तिथि रहेको थियो।

 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...