pani-1786865868.jpg
Sunday, 25 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

भष्ट्रचारी हरुलाई झुण्डाउने कानुन चाहियो:- सांसद दिपक बहादुर सिंह

1711979256799-1711979269.jpg

राप्रपाका नेता तथा मकवानपुर क्षेत्र नम्बर १ का संघीय सांसद दिपक बहादुर सिंहले भष्ट्रचारीहरु लाई झुण्डाउने कानुन चाहिएको बताएका छन।
राप्रपा थाहा नगर द्वारा शिखरकोटमा आयोजित कोणसभा लाई सम्बोधन गर्दै सांसद सिंहले उक्त भनाइ राखेका हुन।उनले अहिले सरकार सुन तस्कर र ललिता निवास जग्गा,सहकारी काण्डमा  नाम परेका ठुला नेताहरु जोगाउन लागिपरिरहेको आरोप लगाउदै भने "भष्ट्रचारीहरु र यस्तालाइ जोगाउन लागिपर्ने र कुकर्म गर्नेहरु किरा परेर मर्छन" । आफू धेरै पटक चुनावमा हार्दा पनि जनताको आवाज उठाउन नछाडेको र जनताको आशिर्वादले आज सांसदमा मकवानपुरको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेकोले आफुले  शिर निहुराउने काम नगर्ने प्रतिबद्धता व्यक्त गरे। 
उनले मकवानपुर क्षेत्र नम्बर दुईमा एमालेले ३-४ पटक चुनाव जितेर गएपनी यस क्षेत्रको जनताको हितको लागि केही नगरेको बताउदै, थाहामा ईलाका प्रशासन ल्याउन पहलको लागि सांसदमा आवाज उठाउने आफू पहिलो सांसद रहेको भन्दै अब    माननिय महेश बर्तौलाले पहल गर्नुपर्ने बताए।
राप्रपाले देशव्यापी रुपमा आयोजना गरेको ४० बुंदे माग सहितको शान्तीपुर्ण आन्दोलनको लागि चैत्र २७ गते काठमाडौंमा जानको निम्ति अपिल सहित कार्यक्रमको आयोजना गरेको हो।
राप्रपा थाहा नगरका कार्यवाहक अध्यक्ष कुलमान तामाङको अध्यक्षतामा सम्पन्न कोणसभामा केन्द्रिय सदस्यहरु राम बहादुर थोकर,रामहरी न्यौपाने,बागमती प्रदेश सदस्य धुर्व सन्जेल,प्रचारप्रसार बिभाग प्रमुख भिम प्रसाद गौतम,संघीय समिती अध्यक्ष राम बहादुर घले,जिल्ला सदस्यहरु दिपक थापा,तिर्थ मोक्तान,थाहा नगरका निवर्तमान अध्यक्ष नवीन रायमाझी लगाएतका उपस्तिथि रहेको थियो।

 

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg