jkmv-english-1784299234.jpg
Sunday, 26 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

ब्यवस्था बद्लेउ,अब अवस्था बदल्नु छ:-मन्त्री मोक्तान ।

नेकपा माओबादी केन्द्र थाहानगर वडा न ७ को पार्टी कार्यलय उद्घाटन तथा चुनाबी आमसभा तथा अन्तरक्रिया कार्यक्रम आज थाहा नगरको सुन्दर पर्यटकिय क्षेत्र डाडाबास मा सम्पन्न भएको छ।थाहा ७ माओवादी वडा अध्यक्ष राम बहादुर स्याङ्तानको अध्यक्षता मा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि  बागमती प्रदेश सामाजिक बिकास मन्त्री,तथा नेकपा माओबादी केन्द्र केन्द्रीय सदस्य एबम मकवानपुर जिल्ला इन्चार्ज कुमारी मुक्त्तान,विशेष अतिथी नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा थाहा इन्द्रसरोवर चुनावी कमान्डर सन्तोष बिष्ट ,नेकपा माओवादी केन्द्रका केन्द्रिय सहकारी बिभागका सदस्य बिष्णुहरी ढकाल जंगली बागमती प्रदेश सदस्य ज्योति रायमाझी,बागमती प्रदेश सदस्य एबम थाहानगर इन्चार्ज बिष्णु बिष्ट आदर्श तथा अतिथि हरु भुमी आयोग मकवानपुरका सदस्य अरुण रायमाझी , थाहानगर कमीटी अध्यक्ष बिनोद कुमार लामा , प्रेस सेन्टर केन्द्रीय सदस्य एबम थाहानगर कमीटी सदस्य धुर्बराज ढकाल,जिल्ला समन्वय समीती सदस्य एबम थाहानगर कमीटी सदस्य लक्ष्मण बिष्ट , जयराम रायमाझी नगर समीती सदस्य, यादब जङ रायमाझि ,प्रगतिशील जनस्वास्थ्य महासंघ जिल्ला अध्यक्ष नेमराज थिङ्ग,वडा न ७ का वडा अध्यक्ष सनम लामा ,८ का अध्यक्ष टिकाराम रुम्बा,वाइसीएल थाहा अध्यक्ष मानसिङ दोङ्ग लगायतका उपस्थिति रहेको थियो।
कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथी कुमारी मोक्तान ले ब्यबस्था माओवादी ले बदल्यो तर ब्यबस्था बदल्दा पनि जनताको अबस्था उस्तै रैरहेकोले आम जनताको अबस्था बदल्नको निम्ति पनि माओवादी केन्द्रलाई यो स्थानीय निर्वाचनमा बिजयी बनाउन आग्रह गर्नुभयो।
अर्का विशेष अतिथि बिष्णुहरी ढकाल जंगलीले केपि ओलिले पटक पटक संविधान माथी धावा बोल्दै भै रहेको नेकपाको दुई तिहाइ नपच्दा देशले दुर्गती भोग्नुपरेको बताउदै जस्को नीति उसैको नेतृत्व भएमात्र देशले शुसासन प्राप्त गर्नेमा जोड दिनुभयो तेस्तै अर्का अतिथी प्रदेश सदस्य ज्योती रायमाझीले समाबेशी को सिद्धान्त माओवादी ले नै यो देशमा स्थापित गरि तामाङ लगायत अन्य पिछडिएका बर्गलाइ राज्यको माथिल्लो तहसम्म पुर्याउने पार्टी माओवादी मात्र भएकोले उत्पीडित बर्गहरुले अझै माओवादीको साथ छाड्न नहुनेमा जोड दियका थिय।
कार्यक्रममा प्रमुख अतिथि मोक्तानले नेकपा माओवादी केन्द्र वडा न ७ को पार्टी कार्यालय उद्घाटन गर्नुभएको थियो।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...