Saturday, 24 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

बेपत्ता पत्रकार मिलनलाई सम्झिँदै प्रचण्डले भने - यो सामान्य निर्वाचन होइन, उपलब्धी रक्षाको लडाइँ हो

312112739_444009724504080-1666188009.jpg

 काठमाडौँ । । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु ले आगामी चुनाव सामान्य परिघटना मात्र नभएर प्राप्त उपलब्धीको रक्षा गर्ने र त्यसलाई उल्ट्याउने बीचको लडाइँ भएको बताएका छन् । बुधबार प्रेस सेन्टर ललितपुरले राज्यद्वारा बेपत्ता पारिएका पत्रकार मिलन नेपालीको स्मृतिमा प्रकाशन गरेको ुमिलन स्मारिकाुको ललितपुरमा विमोचन गर्दै प्रचण्डले उक्त कुरा बताएका हुन् । आफूहरू समाजवादको लक्ष्य प्राप्तीका लागि नयाँ बाटो कोरिरहेको पनि बताए । 'अहिले प्रतिक्रियावादीहरूले माओवादीको नेतृत्वलाई घेराबन्दी गरेर माओवादीको एजेन्डामाथि प्रहार गरिरहेका छन् । जनतालाई माओवादीको आन्दोलन, एजेन्डा र माओवादीको नेतृत्वको बारेमा भ्रम छर्ने र सबभन्दा बढी प्रहार गरिरहेका छन्,' प्रचण्डले भने, 'त्यसैले यो निर्वाचन सामान्य मात्रै छैन । उपलब्धीको रक्षा गर्ने र उल्ट्याउनेबीचको लडाइँ हो ।' माओवादी बलियो भए प्राप्त उपलब्धीको रक्षा र विकास हुने प्रचण्डले बताए । माओवादी कमजोर भएमा भने ती उपलब्धीहरू खतरामा पर्ने उनको भनाइ छ । गत वर्ष ओली प्रधानमन्त्री हुँदा संविधान खारेज गर्नकै लागि पटक पटक असंवैधानिक तवरले संसद विघटन गरिएको बताए । संसद विघटन गरेर चुनाव नगर्ने मनसायका साथ उक्त कदम चालिएको प्रचण्डको भनाइ छ । ुगत साल झण्डै झण्डै प्रतिक्रान्ति हुने हो कि भन्ने स्थिति हामीले भोग्यौँ । नेपाली जनताले पनि भोग्यो । पटक(पटक असंवैधानिक तवरले प्रतिनिधिसभा विघटन गर्नुको मक्सद संविधान खारेज गर्नु थियो । प्रतिनिधिसभा विघटन गरेर तुरुन्तै चुनाव हुन्छ जस्तो प्रचार गरियो । तर, हुनेवाला थिएन,ु प्रचण्डले भने, ुएकचोटी संविधानले लिक छाडेपछि त्यो फेरि फर्कन गाह्रो थियो । त्यसलाई हामीले प्रतिवाद गर्‍यौँ ।ु ओलीले संसद विघटन गरेर असंवैधानिक कदम चालेपछि माओवादी केन्द्रले नै सुरुमा त्यसको प्रतिवाद गरेको उनले बताए । त्यसबेला असंवैधानिक कदमविरुद्ध माओवादीले गरेको सडक आन्दोलनलाई पनि उनले स्मरण गरे । माओवादीको आह्वानमा त्यसबेला लाखौँ जनता सडकमा नआएको भए प्रतिगमन भइसक्ने अवस्था रहेको उनले बताए । तर, आफूहरू त्यसलाई रोक्न सफल भएको उनको भनाइ छ । राज्यले बेपत्ता पारेका पत्रकार मिलन नेपालीको स्मरण गर्दै प्रचण्डले उनी निकै क्रान्तिकारी पत्रकार भएको बताए । मिलन नेपालीका बुबा आफ्नो अभिभावक रहेको स्मरण गर्दै प्रचण्डले भने, चितवनमा मेरो अभिभावक मिलनको बुबा हो । मिलनले पार्टी हेर्डक्वाटरमा रहेर पनि काम गर्नुभयो । मिलनलाई सम्झिँदै प्रचण्डले भने, उहाँले अलिकति कुरा खोल्दिनुभएको भए पनि उहाँ बेपत्ता हुने स्थिति नहुन पनि सक्थ्यो । हामी पक्राउ पर्न पनि सक्थ्यौँ । तर, उहाँ तत्कालीन राज्यसत्तासँग झुक्नुभएन । पार्टी र आन्दोलनको रक्षा गर्नुभयो । प्रेस सेन्टर ललितपुरले बेपत्ता पत्रकार मिलन नेपालीको सम्मानमा मिलन स्मृति निकालेर उनको मात्र नभएर सम्पूर्ण बेपत्ता योद्धाको पनि सम्मान गरेको बताए । कार्यक्रम सञ्चालन गर्दै प्रेस सेन्टरका उपाध्यक्ष तथा उपत्यका प्रदेश कमिटीका इन्चार्ज निर्मल ज्ञवालीले मिलन नेपाली र कृष्ण सेन ुइच्छुकुले देखाएको बाटोमा आफूहरू अविचलित भएर लाग्ने बताए । प्रेस सेन्टर ललितपुरका अध्यक्ष तथा पत्रकार महासंघ ललितपुरका सचिव रामहरी कार्कीले बेपत्ता पत्रकार मिलन नेपालीको सम्मानमा स्मारिका निकाल्न पाएकोमा खुसी व्यक्त गरे । कार्यक्रममा मिलन नेपालीकी जीवन संगीनी सविता बस्नेतलाई सम्मान गरिएको थियो । पत्रकार नेपालीलाई तत्कालीन राज्यसत्ताले २०५६ मा काठमाडौंको सुन्धाराबाट दण्डपाणि न्यौपानेसहितपक्राउ गरी बेपत्ता बनाएको थियो ।

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg