jkmv-english-1784299234.jpg
Sunday, 26 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

बेपत्ता पत्रकार मिलनलाई सम्झिँदै प्रचण्डले भने - यो सामान्य निर्वाचन होइन, उपलब्धी रक्षाको लडाइँ हो

312112739_444009724504080-1666188009.jpg

 काठमाडौँ । । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु ले आगामी चुनाव सामान्य परिघटना मात्र नभएर प्राप्त उपलब्धीको रक्षा गर्ने र त्यसलाई उल्ट्याउने बीचको लडाइँ भएको बताएका छन् । बुधबार प्रेस सेन्टर ललितपुरले राज्यद्वारा बेपत्ता पारिएका पत्रकार मिलन नेपालीको स्मृतिमा प्रकाशन गरेको ुमिलन स्मारिकाुको ललितपुरमा विमोचन गर्दै प्रचण्डले उक्त कुरा बताएका हुन् । आफूहरू समाजवादको लक्ष्य प्राप्तीका लागि नयाँ बाटो कोरिरहेको पनि बताए । 'अहिले प्रतिक्रियावादीहरूले माओवादीको नेतृत्वलाई घेराबन्दी गरेर माओवादीको एजेन्डामाथि प्रहार गरिरहेका छन् । जनतालाई माओवादीको आन्दोलन, एजेन्डा र माओवादीको नेतृत्वको बारेमा भ्रम छर्ने र सबभन्दा बढी प्रहार गरिरहेका छन्,' प्रचण्डले भने, 'त्यसैले यो निर्वाचन सामान्य मात्रै छैन । उपलब्धीको रक्षा गर्ने र उल्ट्याउनेबीचको लडाइँ हो ।' माओवादी बलियो भए प्राप्त उपलब्धीको रक्षा र विकास हुने प्रचण्डले बताए । माओवादी कमजोर भएमा भने ती उपलब्धीहरू खतरामा पर्ने उनको भनाइ छ । गत वर्ष ओली प्रधानमन्त्री हुँदा संविधान खारेज गर्नकै लागि पटक पटक असंवैधानिक तवरले संसद विघटन गरिएको बताए । संसद विघटन गरेर चुनाव नगर्ने मनसायका साथ उक्त कदम चालिएको प्रचण्डको भनाइ छ । ुगत साल झण्डै झण्डै प्रतिक्रान्ति हुने हो कि भन्ने स्थिति हामीले भोग्यौँ । नेपाली जनताले पनि भोग्यो । पटक(पटक असंवैधानिक तवरले प्रतिनिधिसभा विघटन गर्नुको मक्सद संविधान खारेज गर्नु थियो । प्रतिनिधिसभा विघटन गरेर तुरुन्तै चुनाव हुन्छ जस्तो प्रचार गरियो । तर, हुनेवाला थिएन,ु प्रचण्डले भने, ुएकचोटी संविधानले लिक छाडेपछि त्यो फेरि फर्कन गाह्रो थियो । त्यसलाई हामीले प्रतिवाद गर्‍यौँ ।ु ओलीले संसद विघटन गरेर असंवैधानिक कदम चालेपछि माओवादी केन्द्रले नै सुरुमा त्यसको प्रतिवाद गरेको उनले बताए । त्यसबेला असंवैधानिक कदमविरुद्ध माओवादीले गरेको सडक आन्दोलनलाई पनि उनले स्मरण गरे । माओवादीको आह्वानमा त्यसबेला लाखौँ जनता सडकमा नआएको भए प्रतिगमन भइसक्ने अवस्था रहेको उनले बताए । तर, आफूहरू त्यसलाई रोक्न सफल भएको उनको भनाइ छ । राज्यले बेपत्ता पारेका पत्रकार मिलन नेपालीको स्मरण गर्दै प्रचण्डले उनी निकै क्रान्तिकारी पत्रकार भएको बताए । मिलन नेपालीका बुबा आफ्नो अभिभावक रहेको स्मरण गर्दै प्रचण्डले भने, चितवनमा मेरो अभिभावक मिलनको बुबा हो । मिलनले पार्टी हेर्डक्वाटरमा रहेर पनि काम गर्नुभयो । मिलनलाई सम्झिँदै प्रचण्डले भने, उहाँले अलिकति कुरा खोल्दिनुभएको भए पनि उहाँ बेपत्ता हुने स्थिति नहुन पनि सक्थ्यो । हामी पक्राउ पर्न पनि सक्थ्यौँ । तर, उहाँ तत्कालीन राज्यसत्तासँग झुक्नुभएन । पार्टी र आन्दोलनको रक्षा गर्नुभयो । प्रेस सेन्टर ललितपुरले बेपत्ता पत्रकार मिलन नेपालीको सम्मानमा मिलन स्मृति निकालेर उनको मात्र नभएर सम्पूर्ण बेपत्ता योद्धाको पनि सम्मान गरेको बताए । कार्यक्रम सञ्चालन गर्दै प्रेस सेन्टरका उपाध्यक्ष तथा उपत्यका प्रदेश कमिटीका इन्चार्ज निर्मल ज्ञवालीले मिलन नेपाली र कृष्ण सेन ुइच्छुकुले देखाएको बाटोमा आफूहरू अविचलित भएर लाग्ने बताए । प्रेस सेन्टर ललितपुरका अध्यक्ष तथा पत्रकार महासंघ ललितपुरका सचिव रामहरी कार्कीले बेपत्ता पत्रकार मिलन नेपालीको सम्मानमा स्मारिका निकाल्न पाएकोमा खुसी व्यक्त गरे । कार्यक्रममा मिलन नेपालीकी जीवन संगीनी सविता बस्नेतलाई सम्मान गरिएको थियो । पत्रकार नेपालीलाई तत्कालीन राज्यसत्ताले २०५६ मा काठमाडौंको सुन्धाराबाट दण्डपाणि न्यौपानेसहितपक्राउ गरी बेपत्ता बनाएको थियो ।

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...