jkmv-english-1784299234.jpg
Friday, 24 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

बालकोटले सूर्य चिन्ह बेचेर एमालेका साथीहरुलाई अप्ठ्यारो बनाइदिएको छ : छिन्तु

313508090_114305720299011-1667220896.jpg

 हेटौंडा, कात्तिक १४ गते । नेकपा माओवादी केन्द्रका बागमती प्रदेश उपाध्यक्ष एवं मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा (क) का उम्मेदवार प्रेम बहादुर पुलामी ‘छिन्तु’ ले जनआन्दोलनका दोषीलाई बालकोटले सूर्य चिन्ह बेचेर एमालेका साथीहरुलाई अप्ठ्यारो बनाइदिएको बताउनुभएको छ । सोमबार हर्नामाडीको रामधुनीमा बाम गठबन्धनको निर्वाचन प्रचारप्रसार कार्यालय उद्धघाटन कार्यक्रममा बोल्दै उम्मेदवार छिन्तुले सो कुरा उल्लेख गर्नुभयो । ‘एमालेका साथीहरु तपाईको पार्टीले तपाईहरुलाई अप्ठ्यारो बनाइदिएको छ ,यता जिल्ला नेताले उम्मेदवारी दिदैँ गर्दा बालकोटमा सूर्य चुनाब चिन्ह लिलाम बिक्रीमा राखिएको थियो, उहाँले भन्नुभयो– ‘जनताको नजरबाट गिरेका मान्छेहरु पनि त्यो लिलाम टेण्डर सर्खान सक्दो रहेछ, लिलाम सर्खान यता आएको छ भन्ने पनि मैले सुनेको छु , त्यहि चुनाब चिन्हमा जनआन्दोलन बिरोधीलाई भोट कसरी दिन सक्नुहुन्छ र ?उहाँको प्रश्न थियो । उम्मेदवार छिन्तुले एमालेका साथीहरुलाई भोट कता हाल्ने भन्ने दुविधामा नपरीे साझा र सजिलो रहेको बाम गठबन्धनका उम्मेदवार डिना र आफुलाई भोट दिन आग्रह गर्नुभयो । गठबन्धनका उम्मेदवारहरु अहिलेसम्म निष्कलंक नै रहेको उहाँको दाबी थियो । उहाँले मुलुकको हितका लागि एमालेका साथीहरुले रुख चिन्हमा समेत भोट हाल्न सक्नुपर्ने बताउनुभयो । ‘एमालेमा भोट हालिरहनुभएका साथीहरुलाई गोलाकारभित्रको हँसिया हथौडामा बानी परेकै छ, यदी मुलुकको हित हुन्छ भने अप्ठ्यारो नमानी रुख चिन्हमा पनि तपाईहरुले भोट हाल्नसक्नुपर्छ ।’ उम्मेदवार छिन्तुले अघिल्लो प्रदेशसभा सदस्य हुँदा आफ्नो क्षेत्रको हरेक कार्यक्रममा शरीक भएको बताउनुभयो । उहाँले अधुरा रहेका कार्यहरुलाई निरन्तरता दिन पनि पुनः उम्मेदवारी दिएको जनाउनुभयो ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...