pani-1786865868.jpg
Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

बाटो विराएर गएकालाई माओवादी केन्द्रमा फर्कन प्रचण्डको आव्हान

party-prabesh-1649814111.jpg

नेकपा माओवादीका अध्यक्ष एवम् गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न कारण र समयमा बाटो बिराएर माओवादी छाडेर गएकाहरुलाई मुल पार्टी माओवादी केन्द्रमा फर्कन आव्हान गनर्नुभएको छ ।

पार्टी मुख्यालयमा आयोजित पार्टी समाहित र प्रवेश कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले माओवादीले उठाएको एजेण्डामै देश हिँडिरहेको र हाम्रा एजेण्डा नै स्थापित हुँदै गइरहेकाले शान्ति र विकासको लागि माओवादी नै एक मात्रै विकल्प भएकाले यही पार्टीमा फर्किन आव्हान गर्नुभएको हो । उहाँले माओवादीमा आएको फुट र विखण्डनले प्रतिक्रियावादी र परिवर्तन विरोधी शत्तिःहरु खुशी हुने भएकाले माओवादी शक्ति र घटकहरुको एकता आवश्यक भएको बताउनुभयो । उहाँले गणतन्त्र, संघियता, धर्मनिरपेक्षता, समावेशी समानुपातिकता र सामाजिक न्याय र समानताका एजेण्डाहरु माओवादीले ल्याएकोले यसलाई उल्टाउन प्रतिक्रियावादीहरु मरिहत्ते गरेर लागेको बताउनुभयो ।

 

प्रचण्डले स्थानिय निर्वाचनको मुखमा पार्टी प्रवेश गर्नु एउटा लडायँमा सगर्व उपस्थित हुने जस्तो भएकाले यतिवेला पार्टीमा प्रवेश गर्नेहरुलाई विशेष मुल्यांकन गरिने बताउनुभयो ।

उहाँले मोहन बैद्य, बाबुराम भट्टराई, नेत्र विक्रम चन्द, गोपाल किराँतीहरुको नाम नलिइकनै जो जुन अवस्थामा रहेको भएतापनि मुल घर माओवादीमै फर्किनु नै राम्रो हुने बताउनुभयो । 

कार्यक्रममा  जनता समाजवादी पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष तथा पुर्व माओवादी सांसद  कृष्णकुमार चौधरी नेकपा माओवादी केन्द्रमा समाहित भएका थिए भने सोलुखुम्बु सोताङका एमालेका युवा नेताहरु विश्वकिर्तिमानी तथा नेकपा एमाले सोताङ गाउँ पार्टी कमिटिका सदस्य, पुर्व सोलु काठमाडौं सम्पर्क समिति सचिवालय सदस्य बुद्धिराज नाछिरिङको नेतृत्वमा मदन नाछिरिङसहित एक दर्जन युवाहरु एमाले छाडी माओवादी केन्द्रमा प्रवेश गरेका थिए । त्यसैगरी सोलुखुम्बुका पुराना कांग्रेस कार्यकर्ता दशबिर राईलगायतका युवाहरुपनि नेपाली कांग्रेस परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका थिए । 

 

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg