pani-1786865868.jpg
Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

बागमतीमा छिन्तुको घरदैलो अभियान "विकास र परिवर्तन हेर्न बागमती जाउ" : छिन्तु

314391656_439033078422226-1667822778.jpg

बागमती / आशन्न निर्वाचनमा बाम-लोकतान्त्रिक गठबन्धनका तर्फबाट मकवानपुर जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा १ का उम्मेदवार प्रेमबहादुर पुलामी छिन्तुले न्याय हराए गोर्खा जानु भन्ने भनाई स्मरण गर्दै विकास हेर्न मन लागे बागमती गाउँ पालिका आउनुपर्ने बताउनुभएको छ । बागमती गाउँ पालिका वडा नम्बर ६ र ७ मा आयोजित वडा स्तरिय चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य समेत रहनुभएका पुलामिले बागमती गाउँ पालिकाको विकासमा आफ्नो भुमिका प्रष्टाउदै बागमती गाउँ पालिकामा नमुना विकास भएको बताउनुभयो । प्रदेश सरकार र स्थानीय सरकारले बागमती गाउँ पालिकाको मुहार फेरेको उहाले दावी गर्नुभयो । उहाले नेपाली राजनीतिमा गर्विलो ईतिहास भएको बागमती गाउँ पालिकाको इतिहास कायम गर्न आम नागरिकलाई अपिल पनि गर्नुभयो । पुलामीले भन्नुभयो : हिजो व्यवस्था बदल्न गठबन्धन गरेउ अब अवस्था बदल्नु छ । उम्मेदवार पुलामीले जनतासङ्ग गरेको वाचा पूरा गर्ने बताउनुभयो । बागमतीको विकास अझै बाकी रहेको बताउदै पुलामीले स्थानीय जनताको आवश्यकता र मागको आधारमा विकासका योजना ल्याईने प्रतिबद्धता व्यक्त गर्नुभयो । म यै गाउको हु उम्मेदवार पुलामिले भन्नुभयो मलाई आफ्नो परिवारको सदस्य मान्नुस । जनताको हरेक सुखदुःखमा आफू सधै सङ्गै रहेको उहाले प्रष्ट पार्नुभयो । नेकपा माओवादी केन्द्रको बागमती प्रदेश उपाध्यक्ष समेत रहनु भएका उम्मेदवार पुलामिले प्रतिगमन ढाल्नको निम्ति गठबन्धनको आवश्यकता भएको बताउनुभएको छ । उहाले हिजो राजतन्त्र ढाल्न र आज प्रतिगमनलाई परास्त गर्न गठबन्धन गरिएको प्रष्ट पार्नुभयो । सघमा महालक्ष्मी उपाध्याय डिनालाई रुख चिन्हमा मतदान गर्न र प्रदेशमा गोलाकार भित्रको हसिया हथौड़ामा मतदान गरि गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन अपिल गर्नुभयो । कार्यक्रममा नेपाली काग्रेस मकवानपुरका जिल्ला सदस्य डम्बरबहादुर बिकले गठबन्धनका उम्मेदवारहरुलाई जिताउन र प्रतिगमनलाई हराउन आग्रह गर्नुभयो । घरदैलो अभियान तथा चुनावी कार्यक्रम अन्तर्गत आज बागमती गाउँ पालिका वडा नम्बर-६ कयरखोलामा भेटघाट तथा अन्तरक्रिया गरिएको थियो भने बागमती गाउँ पालिका वडा नम्बर-७ बाख्रेमा वडा स्तरिय चुनावी कार्यक्रम गरिएको थियो । कार्यक्रममा चुनावी अभियान वडा नम्बर-७ का संयोजक डिल्लिप्रसाद घोरासैनी को अध्यक्षतामा भएको कार्यक्रममा बकैया गाउँ पालिका वडा नम्बर-८ का अध्यक्ष विश्वास माझी, थाहा नगरपालिका वडा नम्बर-३ का वडा अध्यक्ष हिरेन्द्र रायमाझी, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य ध्रुवराज ढकाल, राज सापकोटा, बागमती गाउँ पालिका वडा नम्बर-७ का अध्यक्ष उत्तरबहादुर भोलन अखिल क्रान्तिकारी बागमती प्रदेश कमिटी सचीव रामकृष्ण शिवाकोटी लगायतकाको सहभागिता रहेको थियो । चुनावी अन्तर्गत भोलि २२ हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६, १७ र १८ का घरदैलो कार्यक्रम, २४ गते बागमती गाउँ पालिका वडा नम्बर-९ बेतिनिमा सभा तथा चुनावी अभियान गरिने नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य जीवन गोलेले जानकारी दिनुभयो ।

 

 

 

 

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg