jkmv-english-1784299234.jpg
Friday, 24 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

बागमतीमा छिन्तुको घरदैलो अभियान "विकास र परिवर्तन हेर्न बागमती जाउ" : छिन्तु

314391656_439033078422226-1667822778.jpg

बागमती / आशन्न निर्वाचनमा बाम-लोकतान्त्रिक गठबन्धनका तर्फबाट मकवानपुर जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा १ का उम्मेदवार प्रेमबहादुर पुलामी छिन्तुले न्याय हराए गोर्खा जानु भन्ने भनाई स्मरण गर्दै विकास हेर्न मन लागे बागमती गाउँ पालिका आउनुपर्ने बताउनुभएको छ । बागमती गाउँ पालिका वडा नम्बर ६ र ७ मा आयोजित वडा स्तरिय चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य समेत रहनुभएका पुलामिले बागमती गाउँ पालिकाको विकासमा आफ्नो भुमिका प्रष्टाउदै बागमती गाउँ पालिकामा नमुना विकास भएको बताउनुभयो । प्रदेश सरकार र स्थानीय सरकारले बागमती गाउँ पालिकाको मुहार फेरेको उहाले दावी गर्नुभयो । उहाले नेपाली राजनीतिमा गर्विलो ईतिहास भएको बागमती गाउँ पालिकाको इतिहास कायम गर्न आम नागरिकलाई अपिल पनि गर्नुभयो । पुलामीले भन्नुभयो : हिजो व्यवस्था बदल्न गठबन्धन गरेउ अब अवस्था बदल्नु छ । उम्मेदवार पुलामीले जनतासङ्ग गरेको वाचा पूरा गर्ने बताउनुभयो । बागमतीको विकास अझै बाकी रहेको बताउदै पुलामीले स्थानीय जनताको आवश्यकता र मागको आधारमा विकासका योजना ल्याईने प्रतिबद्धता व्यक्त गर्नुभयो । म यै गाउको हु उम्मेदवार पुलामिले भन्नुभयो मलाई आफ्नो परिवारको सदस्य मान्नुस । जनताको हरेक सुखदुःखमा आफू सधै सङ्गै रहेको उहाले प्रष्ट पार्नुभयो । नेकपा माओवादी केन्द्रको बागमती प्रदेश उपाध्यक्ष समेत रहनु भएका उम्मेदवार पुलामिले प्रतिगमन ढाल्नको निम्ति गठबन्धनको आवश्यकता भएको बताउनुभएको छ । उहाले हिजो राजतन्त्र ढाल्न र आज प्रतिगमनलाई परास्त गर्न गठबन्धन गरिएको प्रष्ट पार्नुभयो । सघमा महालक्ष्मी उपाध्याय डिनालाई रुख चिन्हमा मतदान गर्न र प्रदेशमा गोलाकार भित्रको हसिया हथौड़ामा मतदान गरि गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन अपिल गर्नुभयो । कार्यक्रममा नेपाली काग्रेस मकवानपुरका जिल्ला सदस्य डम्बरबहादुर बिकले गठबन्धनका उम्मेदवारहरुलाई जिताउन र प्रतिगमनलाई हराउन आग्रह गर्नुभयो । घरदैलो अभियान तथा चुनावी कार्यक्रम अन्तर्गत आज बागमती गाउँ पालिका वडा नम्बर-६ कयरखोलामा भेटघाट तथा अन्तरक्रिया गरिएको थियो भने बागमती गाउँ पालिका वडा नम्बर-७ बाख्रेमा वडा स्तरिय चुनावी कार्यक्रम गरिएको थियो । कार्यक्रममा चुनावी अभियान वडा नम्बर-७ का संयोजक डिल्लिप्रसाद घोरासैनी को अध्यक्षतामा भएको कार्यक्रममा बकैया गाउँ पालिका वडा नम्बर-८ का अध्यक्ष विश्वास माझी, थाहा नगरपालिका वडा नम्बर-३ का वडा अध्यक्ष हिरेन्द्र रायमाझी, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य ध्रुवराज ढकाल, राज सापकोटा, बागमती गाउँ पालिका वडा नम्बर-७ का अध्यक्ष उत्तरबहादुर भोलन अखिल क्रान्तिकारी बागमती प्रदेश कमिटी सचीव रामकृष्ण शिवाकोटी लगायतकाको सहभागिता रहेको थियो । चुनावी अन्तर्गत भोलि २२ हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६, १७ र १८ का घरदैलो कार्यक्रम, २४ गते बागमती गाउँ पालिका वडा नम्बर-९ बेतिनिमा सभा तथा चुनावी अभियान गरिने नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य जीवन गोलेले जानकारी दिनुभयो ।

 

 

 

 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...