jkmv-english-1784299234.jpg
Friday, 24 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

बकैयामा ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’

FB_IMG_1692889036284-1692889078.jpg

हेटौंडा । तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ सञ्चालन गर्न मकवानपुरमा पनि बैठक बस्ने र जिम्मेवारी तोक्ने काम सुरु भएको छ । अभियान अन्र्तगत आज माओवादी केन्द्र बकैया गाउँपालिका मकवानपुरको पूर्ण बैठक भएको छ । 

घर–घरमा माओवादी जन–जनमा माओवादी भन्ने मुल नाराका साथ जनता सँग माओवादी विशेष रुपान्तरण अभियान अन्र्तगत बकैयामा बैठक भएको हो । जनतासँग माओवादी विशेष अभियान भनेर जनतासँग जोडिने प्रत्येक वडामा पुगेर तीन महिने अभियान चलाईनेछ । नयाँ अभियानसहित माओवादी केन्द्र सातवटै प्रदेशमा एकएक वडामा पुग्ने अभियानमा छ ।

पहिलो चरणको संगठन बिस्तार गर्न र वडा वडाको घरघरमा पुग्न बकैयाको १२ वटै वडामा जिम्मेवारी तोकिएको छ । बकैयाको १ नं. वडामा लोकनाथ गौतम, २ नं. वडामा विमल नेपाल, ३ नं. वडामा ज्ञान सागर लामा, ४ नं. वडामा परशुराम गौतम, ५ नं. वडामा इन्द्र प्रसाद गौतम जगतजंग, ६ नं. वडामा शंकरराज बानियाँ सागरलाई जिम्मेवारी तोकिएको छ। 

त्यस्तै ७ नं. वडामा रामहरी गौतम, ८ नं. वडामा नवराज चौलागाई, ९ नं. वडामा भवनाथ तिमल्सिना, १० नं. वडामा १० अर्जुन वाईवा उज्वल, ११ नं. वडामा भक्तबहादुर खत्री र १२ नं. वडामा चन्द्रबहादुर न्यासु्रलाई जिम्मेवारी तोकिएको छ । भदौ १६ गतेदेखि कार्यक्रमको औपचारिक उद्घाटन हुने छ ।

बकैया गाउँपालिका माओवादी केन्द्र गाउँ कमिटी अध्यक्ष भक्त बहादुर खत्रीको सभाध्यक्षतामा भएको विस्तारित बैठकमा माओवादी केन्द्रका केन्द्रीय सदस्य इन्द्र गौतम जगत जंग, बागमती प्रदेश कमिटी उपाध्यक्ष प्रेमबहादुर पुलामी छिन्तु, प्रदेश कमिटी सदस्य शंकर बानिया सागर, बागमती गाउँपालिका इन्जार्ज ज्ञान सागर लामा, जिल्ला कमिटी सदस्य, गाउँ पदाधिकारी, जनवर्गीय संगठनका पदाधिकारीको सहभागिता रहेको थियो । कार्यक्रम माओवादी केन्द्र बकैया गाउँ कमिटी सचिव विमल नेपालले सञ्चालन गरेका थिए ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...