jkmv-english-1784299234.jpg
Saturday, 25 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

फेरि वाम गठबन्धन अगाडि बढाउने अवसर आएको प्रचण्डको निष्कर्ष

download-(12)-1672295202.jpg

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि वाम गठबन्धन निर्माणको अवसर आएको बताएका छन् । पार्टीको आन्तरिक बैठकमा विकसित राजनीतिक  घटनाक्रमसहितको रिपोर्ट प्रस्तुत गर्दै प्रचण्डले  वाम लोकतान्त्रिक गठबन्धन टुट्दा वामपन्थीहरुलाई  हिजोका कमिकमजोरीहरुलाई सच्याएर अगाडि बढ्ने अवसर प्राप्त  बताएका थिए । 

 

 

बैठकमा प्रचण्डले चार बुँदे रिपोर्ट पेस गर्दै पौष १० बाट मुलुक नयाँ परिस्थितिमा प्रवेश गरेको र तात्कालीन वाम लोकतान्त्रिक गठबन्धनलाई जोगाउन अन्तिम समयसम्म आफूहरूले पहल र प्रयत्न गरे पनि  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको हठका कारणले गठबन्धन टुट्न पुगेको निष्कर्ष सुनाएका थिए । यो घटनालाई अवसरमा बदल्नुपर्नेमा प्रचण्डको जोड रहेको बैठकमा सहभागी एक नेताले बताए । 

साथै प्रचण्डले आफू नेतृत्वको सरकारसामु चुनौतीको चाङ रहेको पनि सुनाएका थिए । सुशासन, भ्रष्टाचार नियन्त्रण र जनताको अपेक्षा अनुसार तीव्र विकास र सम्बृद्धि हासिल गर्नुपर्ने चुनैतीहरु देखा परे पनि  प्राप्त अवसर र चुनौतीलाई जनअपेक्षा अनुसार परिणाममा बदल्न  समयवद्ध तरिकाले अगाडि बढ्नुपर्नेमा उनको जोड थियो । 

 

देउवाको कारण वाम लोकतान्त्रिक गठबन्धन भत्किएको, वाम गठबन्धनको वातावरण बनेको, आफू नेतृत्वको सरकार चुनौतीको चाङमा रहेको र जनअपेक्षाअनुसार काम गर्ने अवसर पनि रहेको विषय समेटेर बैठकमा प्रचण्डले चार बुँदे रिपोर्ट पेस गरेका थिए । 

मन्त्री छान्न गठबन्धनको निर्णय पर्खिँदै 
साथै नेकपा माओवादीले पार्टीबाट मन्त्री छान्न गठबन्धनका अन्य दलहरूको निर्णय कुर्ने निर्णय पनि गरेको छ । गठबन्धनमा नेकपा एकीकृत समाजवादी, जसपालगायतका अन्य दलहरुलाई पनि समावेश गर्ने तयारी भएको र समर्थन गरेका दलहरुले पनि सरकारमा सहभागी हुने विषयमा निर्णय लिइनसकेको अवस्थामा गठबन्धनका दलहरुको निर्णय पछि मात्र माओवादीले  मन्त्री छान्ने निर्णय गरेको हो । 

त्यो त गठबन्धनका अन्य दलहरुमा मन्त्रीका आकांक्षी धेरै भएको र तत्काल सरकार विस्तार गर्दै दलहरुलाई सकस हुने भएकोले विषयमा पनि प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको बताइन्छ ।  राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभाको बैठक २५ पुसमा आव्हान गरेकोले त्यस लगत्तै विश्वासको मत लिने र त्यसपछि मात्र मन्त्रिमण्डल विस्तार गर्ने विषयमा ओली प्रचण्ड सहमत भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यस विषयमा गठबन्धनका अन्य दलसँग पनि परामर्श गर्ने तयारीमा प्रधानमन्त्री प्रचण्ड जुटेका छन् । रातोपाटि बाट 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...