jkmv-english-1784299234.jpg
Friday, 24 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

प्रेस सेन्टरको १९औँ स्थापना दिवस, अविचलित रूपमा श्रमजीविको पक्षमा लागिरहने प्रतिबद्धता

press-centre3-1675001615.jpg

 

आज मिति २०७९ माघ १५ गते हाम्रो गौरवशाली संगठन प्रेस सेन्टर नेपालको १९औँ स्थापना दिवस तथा वार्षिकोत्सव कार्यक्रम विभिन्न कार्यक्रम गरी देशव्यापी रूपमा भव्यताका साथ मनाइयो । उक्त अवसरमा संगठनका विभिन्न कमिटीहरूले प्रभातफेरी, कोणसभा, रक्तदानलगायतका कार्यक्रमको आयोजना गरेर मनाएका छन् ।

संगठनको केन्द्रीय कार्यालयले स्थापना दिवस तथा वार्षिकोत्सवको अवसरमा प्रभातफेरी तथा कोँणसभा गरी मनाएको छ । राजधानीको माइतीघर मण्डलाबाट बबरमहलसम्म आयोजना गरिएको प्रभातफेरीमा उपत्यका प्रदेश, प्रतिष्ठान प्रदेश र एसोसिएट प्रदेशको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा संगठनका संस्थापक अध्यक्ष महेश्वर दाहाल, पूर्वसंयोजक गोविन्द आचार्य, नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीलगायत संगठनका नेता तथा सदस्यहरूको उपस्थिति थियो ।

संगठनको केन्द्रीय कार्यालय बबरमहलमा आयोजित कोँणसभा अध्यक्ष विष्णु सापकोटा 'जुगल' को अध्यक्षतामा र महासचिव सन्तोष पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

कोँणसभामा प्रमुख अतिथि तथा संगठन इन्चार्जसमेत रहनुभएका माओवादी केन्द्रका पोलिटब्युरो सदस्य महेश्वर दाहालले संगठन स्थापना गर्दाको बेला गरिएको संघर्षको स्मरण गर्नुभएको थियो । संगठनका संस्थापक अध्यक्षसमेत रहनुभएका दाहलले स्थापना कालदेखि नै प्रेस सेन्टरले पछाडि पारिएका वर्ग र श्रमजीवि पत्रकारको मुद्दालाई सदैव प्रमुखताका साथ उठाउँदै आएको बताउनुभयो ।

निकै चुनौतीपूर्ण समयमा संगठन स्थापना भएको उल्लेख गर्नुहुँदै उहाँले एक हातमा वम र एक हातमा कलम लिएर जानुपर्ने अवस्थामा पनि क्रान्तिकारी पत्रकारहरूले शोषित पीडित जनताको मुद्दालाई सदैव प्रधानताका साथ अगाडि बढाएको बताउनुभयो ।

शाहीकालमा मूलधारका भनिएका मिडियाहरू राज्यसत्ताको प्रत्यक्ष नियन्त्रणमा सञ्चालन हुनुपर्ने अवस्थामा क्रान्तिकारी पत्रकारहरूले जनताको आवाज बुलन्द बनाएको दाहालले स्मरण गर्नुभयो । वर्गसंघर्षको रूप फेरिकएको उल्लेख गर्नुहुँदै उहाँले अहिलेको अवस्थामा झन् चनाखो बन्नुपर्ने आवश्यकता औँल्याउनुभयो । परिवेश र संघर्षको स्वरुप बदलिएको उल्लेख गर्नुहुँदै उहाँले तर, क्रान्तिकारी पत्रकारहरूको लक्ष्य भने नबदलिएको उल्लेख गर्नुभयो । क्रान्तिकारी पत्रकारहरूले जनतासंग जोडिने, आलोचनात्मक र रचनात्मक चेतका साथ जनतातर्फ फर्केर कलम चलाइरहनुपर्ने उहाँको भनाइ छ ।

संगठनका अध्यक्ष विष्णु सापकोटा 'जुगल'ले संगठनको १९औँ स्थापना दिवसको अवसरमा सबैलाई शुभकामना व्यक्त गर्नुभयो । कृष्ण सेन 'इच्छुक'लगायत महान शहीद र मिलन नेपालीलगायत बेपत्ता योद्धाहरूले देखाएको बाटोमा आफूहरू अविचलित रूपमा लागिरहने दृढता उहाँले व्यक्त गर्नुभयो । उहाँले माघ १ गते पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनामा परी निधन हुनुभएका संगठनका उपाध्यक्ष तथा गण्डकी प्रदेश इन्चार्ज त्रिभुवन पौडे र पोखरा महानगर कमिटी सदस्य अनिल शाहीलाई स्मरण गर्नुहुँदै उहाँहरूप्रति सम्मान व्यक्त गर्नुभयो ।

संगठनको वार्षिकोत्सव साधारणसभासहित बृहत् रूपमा मनाउने योजना भए पनि त्रिभुवन पौडेल र अनिल शाहीको दुःखद निधनका कारण त्यसलाई केही समयका लागि स्थगित गरिएको बताउनुभयो ।

संगठन स्थापना हुँदाको लक्ष्य आफूहरूले नछाडेको उल्लेख गर्नुहुँदै अध्यक्ष जुगलले हिजोको तुलनामा आज अझ भूमिका बढाउनुपर्ने स्थिति आएको बताउनुभयो । बदलिएको परिस्थितिमा पनि शोषित पीडित जनताको पक्षमा निरन्तर उभिने प्रतिबद्धता उहाँले जनाउनुभयो ।

प्रेस सेन्टरकी उपाध्यक्ष गंगा बराललले स्थापनाको १९ वर्षमै संगठन हस्तक्षेपकारी भूमिकामा पुगेको उल्लेख गर्नुहुँदै आगामी दिनमा थप सक्रिय हुनुपर्ने बताउनुभयो ।

संगठनका केन्द्रीय महासचिव सन्तोष पौडेलले प्रेस सेन्टरको इतिहासबारे जानकारी गराउनुभएको थियो । सानो संगठनबाट स्थापना भएको संगठन अहिले निकै विशाल भएको उल्लेख गर्नुहुँदै उहाँले सोही अनुसार चुनौती पनि बढेको उल्लेख गर्नुभयो । तर, आफूहरू अविचलित रूपमा आफ्नो लक्ष्यमा अडिग रहने उहाँको भनाइ छ ।

आदिवासी जनजाति पत्रकार संगठन फोनिजका महासचिव मिलन लिम्बूले प्रेस सेन्टरले श्रमजीवीको पक्षमा आफूलाई सतिसाल जस्तै उभ्याइरहेको उल्लेख गर्नुहुँदै धन्यवाद ज्ञापन गर्नुभयो । पत्रकारहरूको मुद्दामा फोनिज पनि प्रेस सेन्टरसँगै रहेको उहाँको भनाइ छ ।

पत्रकार महासंघका लेखा समिति संयोजक लेखनाथ न्यौपानेले प्रेस सेन्टरले छोटो समयमा ठूलो उपलब्धी हासिल गरेको भन्दै यसमा योगदान दिनेहरूलाई बधाई दिनुभयो । श्रमजीवि पत्रकारको समस्या बढेको भन्दै साना लगानीका मिडिया र श्रमजीविको समस्या समाधानमा थप सशक्त बन्न उहाँको आग्रह थियो ।

संगठनको उपत्यका प्रदेश कमिटी अध्यक्ष नवराज दाहालले स्थापनाको १९ औँ वर्षमा संगठन सुदृढ भएको र थप सुदृढ बनाउनुपर्ने विचार व्यक्त गर्नुभयो । संगठनले उठाएका मुद्दा थप मजबुत बनाउन लागिरहनुपर्ने उहाँको भनाइ छ ।

संगठनको एसोसियट प्रदेशका अध्यक्ष रोयल आचार्यले स्थापना दिवसको शुभकामना दिनुहुँदै आगामी दिनमा थप सशक्त बनाउनुपर्ने बताउनुभयो ।

प्रतिस्ठान प्रदेशका अध्यक्ष विरेन्द्र ओलीले प्रेस सेन्टर नेपालले श्रमजीवी पत्रकारको पक्षमा मानक स्थापना गरेको उल्लेख गर्नुहुँदै श्रमजीवि पत्रकारको पक्षमा उठाएका मुद्दाहरूलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...