pani-1786865868.jpg
Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

प्रेस सेन्टरको १९औँ स्थापना दिवस, अविचलित रूपमा श्रमजीविको पक्षमा लागिरहने प्रतिबद्धता

press-centre3-1675001615.jpg

 

आज मिति २०७९ माघ १५ गते हाम्रो गौरवशाली संगठन प्रेस सेन्टर नेपालको १९औँ स्थापना दिवस तथा वार्षिकोत्सव कार्यक्रम विभिन्न कार्यक्रम गरी देशव्यापी रूपमा भव्यताका साथ मनाइयो । उक्त अवसरमा संगठनका विभिन्न कमिटीहरूले प्रभातफेरी, कोणसभा, रक्तदानलगायतका कार्यक्रमको आयोजना गरेर मनाएका छन् ।

संगठनको केन्द्रीय कार्यालयले स्थापना दिवस तथा वार्षिकोत्सवको अवसरमा प्रभातफेरी तथा कोँणसभा गरी मनाएको छ । राजधानीको माइतीघर मण्डलाबाट बबरमहलसम्म आयोजना गरिएको प्रभातफेरीमा उपत्यका प्रदेश, प्रतिष्ठान प्रदेश र एसोसिएट प्रदेशको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा संगठनका संस्थापक अध्यक्ष महेश्वर दाहाल, पूर्वसंयोजक गोविन्द आचार्य, नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीलगायत संगठनका नेता तथा सदस्यहरूको उपस्थिति थियो ।

संगठनको केन्द्रीय कार्यालय बबरमहलमा आयोजित कोँणसभा अध्यक्ष विष्णु सापकोटा 'जुगल' को अध्यक्षतामा र महासचिव सन्तोष पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

कोँणसभामा प्रमुख अतिथि तथा संगठन इन्चार्जसमेत रहनुभएका माओवादी केन्द्रका पोलिटब्युरो सदस्य महेश्वर दाहालले संगठन स्थापना गर्दाको बेला गरिएको संघर्षको स्मरण गर्नुभएको थियो । संगठनका संस्थापक अध्यक्षसमेत रहनुभएका दाहलले स्थापना कालदेखि नै प्रेस सेन्टरले पछाडि पारिएका वर्ग र श्रमजीवि पत्रकारको मुद्दालाई सदैव प्रमुखताका साथ उठाउँदै आएको बताउनुभयो ।

निकै चुनौतीपूर्ण समयमा संगठन स्थापना भएको उल्लेख गर्नुहुँदै उहाँले एक हातमा वम र एक हातमा कलम लिएर जानुपर्ने अवस्थामा पनि क्रान्तिकारी पत्रकारहरूले शोषित पीडित जनताको मुद्दालाई सदैव प्रधानताका साथ अगाडि बढाएको बताउनुभयो ।

शाहीकालमा मूलधारका भनिएका मिडियाहरू राज्यसत्ताको प्रत्यक्ष नियन्त्रणमा सञ्चालन हुनुपर्ने अवस्थामा क्रान्तिकारी पत्रकारहरूले जनताको आवाज बुलन्द बनाएको दाहालले स्मरण गर्नुभयो । वर्गसंघर्षको रूप फेरिकएको उल्लेख गर्नुहुँदै उहाँले अहिलेको अवस्थामा झन् चनाखो बन्नुपर्ने आवश्यकता औँल्याउनुभयो । परिवेश र संघर्षको स्वरुप बदलिएको उल्लेख गर्नुहुँदै उहाँले तर, क्रान्तिकारी पत्रकारहरूको लक्ष्य भने नबदलिएको उल्लेख गर्नुभयो । क्रान्तिकारी पत्रकारहरूले जनतासंग जोडिने, आलोचनात्मक र रचनात्मक चेतका साथ जनतातर्फ फर्केर कलम चलाइरहनुपर्ने उहाँको भनाइ छ ।

संगठनका अध्यक्ष विष्णु सापकोटा 'जुगल'ले संगठनको १९औँ स्थापना दिवसको अवसरमा सबैलाई शुभकामना व्यक्त गर्नुभयो । कृष्ण सेन 'इच्छुक'लगायत महान शहीद र मिलन नेपालीलगायत बेपत्ता योद्धाहरूले देखाएको बाटोमा आफूहरू अविचलित रूपमा लागिरहने दृढता उहाँले व्यक्त गर्नुभयो । उहाँले माघ १ गते पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनामा परी निधन हुनुभएका संगठनका उपाध्यक्ष तथा गण्डकी प्रदेश इन्चार्ज त्रिभुवन पौडे र पोखरा महानगर कमिटी सदस्य अनिल शाहीलाई स्मरण गर्नुहुँदै उहाँहरूप्रति सम्मान व्यक्त गर्नुभयो ।

संगठनको वार्षिकोत्सव साधारणसभासहित बृहत् रूपमा मनाउने योजना भए पनि त्रिभुवन पौडेल र अनिल शाहीको दुःखद निधनका कारण त्यसलाई केही समयका लागि स्थगित गरिएको बताउनुभयो ।

संगठन स्थापना हुँदाको लक्ष्य आफूहरूले नछाडेको उल्लेख गर्नुहुँदै अध्यक्ष जुगलले हिजोको तुलनामा आज अझ भूमिका बढाउनुपर्ने स्थिति आएको बताउनुभयो । बदलिएको परिस्थितिमा पनि शोषित पीडित जनताको पक्षमा निरन्तर उभिने प्रतिबद्धता उहाँले जनाउनुभयो ।

प्रेस सेन्टरकी उपाध्यक्ष गंगा बराललले स्थापनाको १९ वर्षमै संगठन हस्तक्षेपकारी भूमिकामा पुगेको उल्लेख गर्नुहुँदै आगामी दिनमा थप सक्रिय हुनुपर्ने बताउनुभयो ।

संगठनका केन्द्रीय महासचिव सन्तोष पौडेलले प्रेस सेन्टरको इतिहासबारे जानकारी गराउनुभएको थियो । सानो संगठनबाट स्थापना भएको संगठन अहिले निकै विशाल भएको उल्लेख गर्नुहुँदै उहाँले सोही अनुसार चुनौती पनि बढेको उल्लेख गर्नुभयो । तर, आफूहरू अविचलित रूपमा आफ्नो लक्ष्यमा अडिग रहने उहाँको भनाइ छ ।

आदिवासी जनजाति पत्रकार संगठन फोनिजका महासचिव मिलन लिम्बूले प्रेस सेन्टरले श्रमजीवीको पक्षमा आफूलाई सतिसाल जस्तै उभ्याइरहेको उल्लेख गर्नुहुँदै धन्यवाद ज्ञापन गर्नुभयो । पत्रकारहरूको मुद्दामा फोनिज पनि प्रेस सेन्टरसँगै रहेको उहाँको भनाइ छ ।

पत्रकार महासंघका लेखा समिति संयोजक लेखनाथ न्यौपानेले प्रेस सेन्टरले छोटो समयमा ठूलो उपलब्धी हासिल गरेको भन्दै यसमा योगदान दिनेहरूलाई बधाई दिनुभयो । श्रमजीवि पत्रकारको समस्या बढेको भन्दै साना लगानीका मिडिया र श्रमजीविको समस्या समाधानमा थप सशक्त बन्न उहाँको आग्रह थियो ।

संगठनको उपत्यका प्रदेश कमिटी अध्यक्ष नवराज दाहालले स्थापनाको १९ औँ वर्षमा संगठन सुदृढ भएको र थप सुदृढ बनाउनुपर्ने विचार व्यक्त गर्नुभयो । संगठनले उठाएका मुद्दा थप मजबुत बनाउन लागिरहनुपर्ने उहाँको भनाइ छ ।

संगठनको एसोसियट प्रदेशका अध्यक्ष रोयल आचार्यले स्थापना दिवसको शुभकामना दिनुहुँदै आगामी दिनमा थप सशक्त बनाउनुपर्ने बताउनुभयो ।

प्रतिस्ठान प्रदेशका अध्यक्ष विरेन्द्र ओलीले प्रेस सेन्टर नेपालले श्रमजीवी पत्रकारको पक्षमा मानक स्थापना गरेको उल्लेख गर्नुहुँदै श्रमजीवि पत्रकारको पक्षमा उठाएका मुद्दाहरूलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg