pani-1786865868.jpg
Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

प्रदेश र स्थानीय सरकार द्वारा सालक संरक्षणमा प्रतिबद्धता व्यक्त।

FB_IMG_1676826338879-1676826351.jpg

बागमती प्रदेश बन तथा वातावरण मन्त्री राजु बिष्टले बिश्वमा ८ प्रजातिका सालक रहेकोमा र नेपालमा २ प्रजातिका सालक पाईने बताउदै । सालकले मानवलाई कहिल्यै हानी नगर्ने स्तनधारी जिब भएकोले सालक र बन तथा पारिस्थितिक प्रणाली संरक्षमा बिनियोजित रकम अपुग भए छलफल गरि सम्बोधन गर्न सकिने बताउनु भयो । त्रि दिवसिय कार्यक्रमको दोश्रो दिनको कार्यक्रम अन्तर्गत डिभिजन बन कार्यालय राप्ती मनहरी कार्यालय परिसरमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका मन्त्री बिष्टले मकवानपुरलाई अब केही महिनामा किसान मैत्री सालकलाई मकवानपुरको चिनारिको रुपमा अगाडि बढाउने यो अभियान सफल रहोस भन्दै संरक्षणको क्षेत्रमा बसेर छलफल गरि आवश्यकताका आधारमा बजेटको ब्यबस्था गराउने प्रतिबद्धता जनाउनु भयो ।

जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललित घलानले सालकको सन्दर्भमा यस्तो बृहत जानकारीमुलक कार्यक्रम मकवानपुरमै पहिलो पटक भएको र मकवानपुर जिल्लालाई सालक मैत्री बासस्थान बन्ने र बनाउने अभियानमा जि स स सहकार्य गर्न तैयार रहेको भन्दै आगामी दिनमा समवनय गर्न कुनै कन्जुस्याइँ नगर्ने प्रतिबद्धता जनाउनु भयो ।

बागमती प्रदेश बन तथा वातावरण मन्त्रालय सचिव यज्ञ नाथ दाहालले बि स २०३० साल देखिनै संरक्षित एन सहित नेपाल सरकारले सालक संरक्षणमा लागि परेको बताउनुभयो । प्रदेश सरकारले सबै पारिस्थितिक प्रणालिहरुलाई संरक्षण गर्न चालू आर्थिक बर्षमा ५ करोड ४६ लाख मध्य बासस्थान संरक्षण अन्तर्गत रकम बिनियोजन गरेको र सालक संरक्षणको लागि पनि खर्च गर्न सकिने बताउनु भयो ।भबिष्यका पुस्तालाई मानव मैत्री बाताबरण छोड्ने प्रण गरौ भन्दै सम्बन्धित सबै सरोकारवालासङ्ग आग्रह गर्नुभयो ।

मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले शुभकामना मन्तव्य दिदै मनहरी गाउँपालिकाले सालक संरक्षण अभियानको अबिभावकत्व लिन तयार रहेको र सहकार्य गर्न तैयार रहेको भन्दै डिभिजन बनको यो महान अभियानमा मनहरी गाउँपालिका हातमा हात र साथमा साथ मिलाएर अगाडि बढ्न तैयार रहेको बताउनु भयो ।

राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले
मकवानपुर जिल्लामा केही गरौ भन्ने अभिप्राय बोकेर अगाडि बढ्नुभएका डिभिजन बन कार्यालयका प्रमुख लाई धन्यबाद दिदै राक्सिराङ गाउँपालिकालाई हरित गाउँपालिका बनाउन सहयोग गर्ने अभियानमा गाउँपालिका तत्पर रहने र मकवानपुरलाई सालकको पहिचान दिन गाउपालिकाको तर्फबाट गर्नुपर्ने सहयोग गर्न तैयार रहेको भन्दै कार्यक्रमको सफलताको शुभकामना दिनुभयो ।

मनहरी गाउँपालिका उपाध्यक्ष एबम बन संरक्षण अभियानता सीता पुलामी मगर रेखा :- अब सामुदायिक बनका उपभोक्ता समुहले जङ्गलको संरक्षण सङ्गै सालकको पनि संरक्षण गर्नु पर्ने जिम्मेवारी थपिएको बताउनुभयो । लामो समय देखि बन संरक्षण अभियानमा रहनुभएका पुलामी मनहरि गाउँपालिका उपाध्यक्ष समेत रहनुहुन्छ । गाउँपालिका भित्रै डिभिजन बन कार्यालयको कार्यालय रहेर बन संरक्षणमा लागि रहेको कार्यालयले अब मकवानपुर जिल्लालाई सालकले चिनाउने अभियानमा लाग्दै गर्दा खुसी लागेको भदै आफ्नो तर्फबाट गर्नपर्ने सहयोग सदैब रहने प्रतिबद्धता जनाउनुभयो ।

त्यस्तै सालक विशेषज्ञ डा.तुलसी लक्ष्मी सुवालले १५ बर्षको अध्ययनमा सालकसङ्गै नजिक रहेर बिध्याबारिधी गर्दाको अनुभवमा सालकको आनिबानी , बर्तमान अवस्था र किन संरक्षण गर्नु आवश्यक छ भन्ने कुरामा आफ्नो मन्तव्य राख्नुभएको थियो ।

डिभिजन बन कार्यालय राप्तिको डिभिजन बन अधिकृत बिष्णु प्रसाद आचार्यको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले सालक भनेको साना बालक जस्तै हो भन्दै जसरी बालकलाई माया गर्छौ त्यसैगरी सालकलाई पनि माया गर्नुपर्ने बताउनुभयो । वातावरण मा रहेका धमिरा किरा खाई बाली नास हुनबाट जोगाउने भएकोले किसानको असली साथी सालक भएको भन्दै मानिस र सालक मीत लगाउनुपर्ने बताउनुभयो ।साथै मकवानपुरलाई अब ६ महिना सम्ममा सालकले चिनाउने गरि कार्य सम्पादन हुँदै गरेको जानकारी दिनुभयो । कार्यक्रम सभ्य र भब्य रुपमा सम्पन्न गराउन सहयोगी भुमिका निर्बाह गरिदिनुहुने सबै संघ सस्थालाई धन्यबाद समेत ब्यक्त गर्नुभयो ।

विश्व सालक दिवस मनाउने क्रममा दोश्रो दिनको कार्यक्रम अन्तर्गत सालक सम्बन्धी कबिता , निबन्ध, गित र भजन प्रस्तुत गरिएको थियो । साथै कार्यक्रममा सहभागी भएका बिद्यार्थीले सालकको बारेमा यसरी बृहत रुपमा थाहा पाउदा ज्यादै खुसी लागेको युनाईटेड ईङ्लिस बोर्डिङका १० कक्षामा अध्ययनरत छात्र सोभित खड्काले आयोजकलाई धन्यवाद दिए ।कार्यक्रममा सहभागी एबम बिद्यार्थीहरुले नि:शुल्क रुपमा फेस आर्ट गरि सालक प्रती सद्भाव देखाएका थिए । कार्यक्रममा मनहरीका सामुदायिक तथा निजि स्कुलका बिद्यार्थी , सामुदायिक बन समुहका पदाधिकारी फरेस्टी क्याम्पस हेटौडाका बिद्यार्थी ,विभिन्न संघ सस्थाका प्रतिनिधि , राजनैतिक दलका प्रतिनिधि एबम जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजिकरण शम्भु तामाङ्ले गर्नुभएको थियो ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg