pani-1786865868.jpg
Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

प्रतिगामी शक्तिहरु जुर्मुराउन र व्यवस्था माथि धावा बोल्न थालेपछि व्यवस्था जोगाउन गठवन्धन: डिना उपाध्याय

307779355_108928928177489-1666448504.jpg

 यादव चौलागाई                     मकवानपुर निर्वाचन क्षेत्र नं १ का उम्मेदवार तथा नेपाली कांग्रेसका सह महामन्त्री महालक्ष्मी डिना उपाध्यायले बकैया गाउँपालिका स्तरीय बाम लोकतान्त्रिक गठबन्धनको अगुवा कार्यकर्ता भेलाको उद्घाटन गर्नु भएको छ । भेलाको उद्घाटन गर्दै उम्मेदवार सह महामन्त्री डिनाले निर्वाचन क्षेत्रको विकास र जनचाहना लाई नजीकमा रहेर सम्बोधन गर्ने बताउनु भयो ,वहाँले प्रतिगामी शक्ति हरु जब जुर्मुराउन थाल्छन ,व्यवस्था माथि धावा बोल्छन,तिनको विरुद्ध प्रगतिशील शक्तिहरुले राष्ट्र देश र संविधान जोगाउन गठवन्धन निर्माण गरेको बताउदै, केपीले असंवैधानिक कदम पटक पटक चाली संविधान र संसद विघटन गर्ने प्रयास गरेकोले यो गठबन्धन निर्माण भएको बताउनु भयो । मुलुकमा अप्ठ्यारो पर्दा लोकतान्त्रिक पद्धतिमा ल्याउने यही माओबादी समाजवादी र नेपाली काङ्ग्रेस लगायत शक्ति नै हो । आज दीपक सिंह र कमल थापाको मन विचलन भएपछि गठबन्धन विरुद्द बोलिरहनु भएको तथा तिनले भ्रम को खेती गरिरहेको बताउनुभयो साथै उनिहरुले म जित्छु भन्दै केही थान कार्यकर्तालाई प्रलोभन दिइरहेको आरोप लागाइन । अगुवा कार्यकता भेला लाई सम्बोधन गर्दै प्रतिनिधि सभा १ क का उम्मेदवार प्रेम बहादुर पुलामीले बाम गठबन्धनको उम्मेदवार जिताउन लागि पर्न आग्रह गर्नु भयो । उहाँले कार्यकर्ता लाई गाउँ टोल वडा वडा पुगी पार्टी नीति गरेका काम अधुरो योजना सहित गाउँ जान निर्देशन दिनुभयो । पुलामिले यो गठबन्धन एमालेको प्रतिगामी षडयन्त्र र हाम्रो विरुद्ध भएको कु को विरुद्ध भएको बताउदै आफ्नो क्षेत्रको विकास, शिक्षा स्वास्थ्य र भूमिहीन हरुको भूमि प्राप्तिको लागि भूमिका रहने बताउनु हुँदै संघ र प्रदेशमा मन्त्रालयगत बजेट मा समेत पहुँच हुने विकासका लागि समस्या नहुने धारणा राख्नुभयो। माओबादी केन्द्र केन्द्रीय सदस्य विजय गौतम ले प्रत्येक दिन योजना बनायर चुनावी कार्यक्रममा लाग्न कार्यकर्तालाई सुझाव गर्दै महालक्ष्मी उपाध्याय रुख चिन्हमा मतदान गर्ने र प्रदेश सभा क का उम्मेदवार प्रेम बहादुर पुलामी लाई गोलाकार भित्रको हँसिया हटौडा मा मतदान गर्न आग्रह गर्दै सम्पूर्ण गठबन्धनको जीत सुनिश्चित गर्ने बेला आएको बताए साथै गौतमले केपी ओली जस्तो संविधान देश मास्ने लाई भष्मासुरको संज्ञा दिदै भष्मासुर ले यो देश विधि व्यवस्था नै भस्म गर्ने लाछ्या सहित प्रस्तुत भएकाले त्यसको विरुद् बाम लोकतान्त्रिक गठबन्धन निर्माण भएको स्मरण गर्दै केपिले व्यक्ति हत्याको विरुद्ध २८ साल तिर जेल बसेका ओलिले कुनै आन्दोलन मा सहभागी भएको कुनै फोटो भिडियो देखाउन चुनौती दिए। काँग्रेस बकैया गाउँपालिका सभापति दिलबहादूर भोंजनको सभापतित्वमा भएको कार्यक्रममा, जिल्ला समन्वय सभापति ललित घलान,प्रदेश निति तथा योजना आयोग सदस्य प्रल्हाद लामिछाने लगायतको सहभागिता थियो । बकैयाका बाम लोकतान्त्रिक गठबन्धनका हजारौं सहभागी कार्यक्रमको सञ्चालन बकैया गाउँपालिका उपाध्यक्ष भक्तबहादुर खत्रीले गर्नु भएको थियो

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg