jkmv-english-1784299234.jpg
Saturday, 25 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

प्रतिगामी शक्तिहरु जुर्मुराउन र व्यवस्था माथि धावा बोल्न थालेपछि व्यवस्था जोगाउन गठवन्धन: डिना उपाध्याय

307779355_108928928177489-1666448504.jpg

 यादव चौलागाई                     मकवानपुर निर्वाचन क्षेत्र नं १ का उम्मेदवार तथा नेपाली कांग्रेसका सह महामन्त्री महालक्ष्मी डिना उपाध्यायले बकैया गाउँपालिका स्तरीय बाम लोकतान्त्रिक गठबन्धनको अगुवा कार्यकर्ता भेलाको उद्घाटन गर्नु भएको छ । भेलाको उद्घाटन गर्दै उम्मेदवार सह महामन्त्री डिनाले निर्वाचन क्षेत्रको विकास र जनचाहना लाई नजीकमा रहेर सम्बोधन गर्ने बताउनु भयो ,वहाँले प्रतिगामी शक्ति हरु जब जुर्मुराउन थाल्छन ,व्यवस्था माथि धावा बोल्छन,तिनको विरुद्ध प्रगतिशील शक्तिहरुले राष्ट्र देश र संविधान जोगाउन गठवन्धन निर्माण गरेको बताउदै, केपीले असंवैधानिक कदम पटक पटक चाली संविधान र संसद विघटन गर्ने प्रयास गरेकोले यो गठबन्धन निर्माण भएको बताउनु भयो । मुलुकमा अप्ठ्यारो पर्दा लोकतान्त्रिक पद्धतिमा ल्याउने यही माओबादी समाजवादी र नेपाली काङ्ग्रेस लगायत शक्ति नै हो । आज दीपक सिंह र कमल थापाको मन विचलन भएपछि गठबन्धन विरुद्द बोलिरहनु भएको तथा तिनले भ्रम को खेती गरिरहेको बताउनुभयो साथै उनिहरुले म जित्छु भन्दै केही थान कार्यकर्तालाई प्रलोभन दिइरहेको आरोप लागाइन । अगुवा कार्यकता भेला लाई सम्बोधन गर्दै प्रतिनिधि सभा १ क का उम्मेदवार प्रेम बहादुर पुलामीले बाम गठबन्धनको उम्मेदवार जिताउन लागि पर्न आग्रह गर्नु भयो । उहाँले कार्यकर्ता लाई गाउँ टोल वडा वडा पुगी पार्टी नीति गरेका काम अधुरो योजना सहित गाउँ जान निर्देशन दिनुभयो । पुलामिले यो गठबन्धन एमालेको प्रतिगामी षडयन्त्र र हाम्रो विरुद्ध भएको कु को विरुद्ध भएको बताउदै आफ्नो क्षेत्रको विकास, शिक्षा स्वास्थ्य र भूमिहीन हरुको भूमि प्राप्तिको लागि भूमिका रहने बताउनु हुँदै संघ र प्रदेशमा मन्त्रालयगत बजेट मा समेत पहुँच हुने विकासका लागि समस्या नहुने धारणा राख्नुभयो। माओबादी केन्द्र केन्द्रीय सदस्य विजय गौतम ले प्रत्येक दिन योजना बनायर चुनावी कार्यक्रममा लाग्न कार्यकर्तालाई सुझाव गर्दै महालक्ष्मी उपाध्याय रुख चिन्हमा मतदान गर्ने र प्रदेश सभा क का उम्मेदवार प्रेम बहादुर पुलामी लाई गोलाकार भित्रको हँसिया हटौडा मा मतदान गर्न आग्रह गर्दै सम्पूर्ण गठबन्धनको जीत सुनिश्चित गर्ने बेला आएको बताए साथै गौतमले केपी ओली जस्तो संविधान देश मास्ने लाई भष्मासुरको संज्ञा दिदै भष्मासुर ले यो देश विधि व्यवस्था नै भस्म गर्ने लाछ्या सहित प्रस्तुत भएकाले त्यसको विरुद् बाम लोकतान्त्रिक गठबन्धन निर्माण भएको स्मरण गर्दै केपिले व्यक्ति हत्याको विरुद्ध २८ साल तिर जेल बसेका ओलिले कुनै आन्दोलन मा सहभागी भएको कुनै फोटो भिडियो देखाउन चुनौती दिए। काँग्रेस बकैया गाउँपालिका सभापति दिलबहादूर भोंजनको सभापतित्वमा भएको कार्यक्रममा, जिल्ला समन्वय सभापति ललित घलान,प्रदेश निति तथा योजना आयोग सदस्य प्रल्हाद लामिछाने लगायतको सहभागिता थियो । बकैयाका बाम लोकतान्त्रिक गठबन्धनका हजारौं सहभागी कार्यक्रमको सञ्चालन बकैया गाउँपालिका उपाध्यक्ष भक्तबहादुर खत्रीले गर्नु भएको थियो

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...