Sunday, 26 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

प्रतिगामीको केन्द्र ओली

kp-kamal-1650441000.png

केपी ओलीले नेतृत्व गरेको नेकपा ९एमाले० झन् पछि झन् प्रतिगामी, सिद्दान्तहीन र मौकावादी असफल राजनीतिक यात्रामा लम्किएको छ । आफूले हठात थोपरेको प्रतिगमनलाई परास्त गर्न बाध्यतामा बनेको वर्तमान सरकार गठबन्धनलाई स्वार्थहरूको अप्राकृतिक गठजोड भन्ने ओली आफैं भने स्थानीय चुनावमा शर्मनाक हार्ने भयले इतिहासले त्याज्य ठहराएका कुँडाकर्कटहरूलाई च्याप्दै हिंडेका छन् ।
सरकार गठबन्धनका पाँचदलले स्थानीय चुनावमा तालमेल, सहकार्य र मित्रवत प्रतिस्पर्धाको केन्द्रीय र स्थानीय खाका बनाउँदै गर्दा एमालेमा भने त्यसले घनघोर आतंक निर्माण गरेको छ । त्यही आतंकको प्रतिफल हो– अध्यक्ष हराइएपछि एउटा चोइटोका रूपमा राप्रपाबाट उछिट्टिएका कमल थापा, विवादित क्रिश्चियन मिसिनरीका रूपमा वदनाम एकनाथ ढकाल, अन्तर्यमा अझै मधेस टुक्र्याउने लालसा बोकेको सिके राउत, जीवनभरि केवल आफ्नै मात्र भलाई हेर्ने हृदयेश त्रिपाठी र भ्रष्ट छविका कारण कांग्रेसले कुनै जिम्मेवारी नदिए पनि आफूलाई नेता भनाइ रहन रहर गर्ने गोविन्दराज जोशी लगायतसँगको ओलीको सहकार्य ।
तराई–मधेसमा झन् कमजोर एमाले महन्त ठाकुर–राजेन्द्र महतोको लोसपासँग समेत नजिकिएर केही हात लागिहाल्ला कि भन्नेमा छ । मधेशमा ओली, महन्त–राजेन्द्र र सिकेको गठजोड भयो भने सारमा त्यो मधेस विरोधीहरूकै गठबन्धन हुनेछ । मधेसलाई कहिल्यै अधिकार दिन नचाहने ओली, सधैं भारतीय संस्थापन स्वार्थको नजिक भएर मधेशलाई स्थिर र विकसित हुन नदिने महन्त–राजेन्द्र र मधेस नै टुक्र्याउने भन्दै सामरिक द्वन्द्व बचाइराख्न चाहने राउत तीनै पक्षको मधेश दाउपेचलाई मधेसी जनताले नचिनेका छैनन् । यसै पनि कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादी एक्लाएक्लै पनि यी भन्दा ठूला र प्रभावकारी शक्ति हुन् ।
चुनाव विषयकै कारण चरम पार्टी अन्तरसंघर्षमा रहेको विप्लव नेकपासँग समेत ओलीले तालमेल गर्ने हल्लाले बजार गर्माएको छ । जसरी कमल थापा र एकनाथ ढकाललाई सूर्य चिन्हको सौदा गरेर एमाले निकट बनाइयो, विप्लवलाई पनि त्यही बाटोबाट चुनावी एकता गर्न ओलीले फकाएको फकाएकै छन् । विप्लव पक्षधर केन्द्रीय सदस्य ओमप्रकाश पुनले त ओली बाहेक अरुसँग तालमेलको विकल्प नभएको भन्दै सुदूरपश्चिममा गतिलो सहकार्य, गृहकार्य जारी रहेको बताएका छन् । त्यसो हो भने ओलीको प्रतिगामी चुनावी गठबन्धनमा विप्लवको समेत नाम जोडिनेछ ।
एकीकृत जनक्रान्तिको नारामा अगाडि बढेका विप्लव स्वयंलाई नै क्रान्तिकारी राजनीतिको उल्टो र सुल्टो बाटो थाहा छैन कसरी भन्नु, तर विप्लवका पछिल्ला निर्णय र व्यवहारहरू आत्मघाती प्रतित हुँदैछन् । पार्टी खुल्ला भएको एक वर्षसम्म कानमा तेल हालेर बस्ने अनि चुनावको मुखमा अकस्मात पार्टी दर्ता गर्न रहर गर्ने, चुनावमा भाग नलिई देशभक्त र क्रान्तिकारीहरूलाई जिताउन सहयोग गर्ने भनेर निर्णय गर्ने तर आफ्ना गुटका र नजिककाहरूलाई उमेदवार खडा गर्ने, अनि चुनावकै रहर हो भने देशभक्त र क्रान्तिकारीहरूसँग सहकार्यको हात बढाउनु सट्टा प्रतिगामी ओलीतिर लहसिने रु विचित्र देखिंदैछ ।
विप्लव र खड्गबहादुर बिश्वकर्माका समर्थकहरू ओलीको सूर्य लिएर प्रतिगामी गठवन्धन नाममा भोट माग्न आए भने अचम्म मान्नु नपर्ने स्थिति देखिंदैछ । तर, नेकपाको बहुमतमा रहेका हेमन्तप्रकाश ओली–धर्मेन्द्र बास्तोलाहरू चुनावमा देशभक्त र क्रान्तिकारीहरूलाई सहयोग गर्ने कुरामा प्रष्ट छन् । पछिल्ला दिनमा देखिएको उनीहरूको राजनीतिक पहलले त्यही कुराको पुष्टि गर्दछ । उनीहरूको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छुट्टै र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग संयुक्त भेट भएको छ । यसर्थ पनि सिङ्गो नेकपालाई प्रतिगमनको सहयोगी बनाउने ओली आकांक्षा पूरा हुने अवस्था छैन ।
कुनै पनि गठबन्धनको राजनीतिक औचित्य हुनुपर्छ । आफूलाई कम्युनिष्ट भन्नेहरू तथा हिन्दुवादी, राजावादी, राष्ट्रघाती, प्रमाणित भ्रष्ट, क्रिश्चियन र साम्प्रदायिकहरू कुन उद्देश्यले एकठाउँ हुन्छन् होला रु हुनत ओलीले आफूलाई रामभक्त स्वीकार गरिसकेका छन् । रामभक्तपथमा अगाडि बढ्दा कमल थापाहरूसँग पार्टीको चुनाव चिन्हमाथिको सौदा एक सामान्य प्रक्रिया हो । अझ, क्रिश्चियन मिशिनरी एवं पूर्वमन्त्री एकनाथ ढकालले तीन वर्ष अगाडि अन्तर्राष्ट्रिय सम्मेलनका नाममा एउटा विवादित क्रिश्चियन कार्यक्रम गरेका थिए । नेपालमा त्यो अनावश्यक सम्मेलनको औचित्य र त्यहाँ नेताहरूले “कोरियन धर्मगुरुको विर्य मिसाइएको“ होली वाइन खाएकोमा व्यापक आलोचना भयो । त्यो विवादबाट बच्न माधव नेपालले उक्त कार्यक्रमका लागि आफूलाई फसाएको दावी ओलीले गर्ने गरेका थिए । तर, एकनाथ ढकाल र परिवार दल नै ओलीको सूर्य चिन्ह मुनि भएपछि एकनाथ कसका मान्छे रहेछन्, कुन उद्देश्यका मान्छे रहेछन् भन्ने समेत पुष्टि भएको छ । कमल थापा र एकनाथसँग मिलेर एमालेले जित्ने कहाँ हो, उनीहरूले जित्ने कहाँ हो कसैलाई थाहा छैन । स्वार्थका लागि रामभक्त पनि हुनसक्ने, जिसस भक्त पनि हुनसक्ने ओलीको खुवीलाई चाहिँ मान्नैपर्छ । ओलीमा गठबन्धन आतंक कतिसम्म छ भने तनहुँको दमौली नगरपालिकामा गोबिन्दराज जोशीका छोराले स्वतन्त्र मेयर उमेदवार दिने भए । जोशीको छोरालाई एमालेले बिना शर्त अंगालो हाल्यो । कांग्रेस सहमहामन्त्री भइसकेका जोशी पूर्व गृहमन्त्री र भ्रष्टाचारकाण्ड प्रमाणित भएपछि कांग्रेसले कार्बाही गरेर निकालेका नेता हुन् ।
संविधान बचाउने स्वाभाविक अग्रगामी गठबन्धनसँग आत्तिएर पुरातन कुँडाकर्कटलाई एउटै प्रतिगामी केन्द्रमा आवद्ध गर्ने ओली अभियानमा कतिपय पार्टीगत नेता कार्यकर्ता र जनप्रतिनिधिहरू नवप्रवेशीको रुपमा सामेल देखिन्छन् । तर, ओलीले जजसलाई भित्र्याएका छन्, जनप्रतिनिधि भए तिनलाई तततत वा त्यसभन्दा माथिल्लो पदको आश्वासन दिइएको छ भने नेता कार्यकर्ता भए राज्य सुविधाको पदको । आजको दिनमा आर्थिक हितको स्वार्थ नराखी एमालेमा छिर्ने को होला रु तर, एमालेमा 
जो छिरे पनि, जसले गठबन्धन गरे पनि उसका लागि यो उल्टो बेला हो । जनताले प्रतिगमनको हिसावकिताव मात्रै राखेका छैनन्, झण्डै दुईतिहाई कम्युनिष्ट बहुमतको पार्टी फुटाइएको, एमाले समेत फुटाइएको र भएकै एमाले पनि आन्तरिक रुपमा विभक्त भएको हिसाबकिताब पनि राखेका छन् । समयबद्ध साप्ताहिकबाट

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...