pani-1786865868.jpg
Saturday, 24 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

प्रचण्ड, माधव, बाबुराम र वामदेव पार्टी एकतातिर

Screenshot_20220823-07535-1661220708.png

आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रित गर्दै चार वाम शक्ति एकतातिर प्रवेश गरेका छन् । एउटै घोषणापत्रमा निर्वाचन लड्ने र निर्वाचनपछि एकता गर्ने गरी अहिले एकता संयोजन समिति बनाउन उनीहरूबीच सहमति बनिसकेको छ । यो ‘कोर्स’ले आगामी निर्वाचनमा राजनीतिक र मनोवैज्ञानिक फाइदा पुग्ने नेताहरूको बुझाइ छ । 
सोमबार मात्रै आगामी निर्वाचनमा साझा घोषणापत्र र एकता संयोजन समिति बनाउन माओवादी र एकीकृत समाजवादीका शीर्ष नेताबीच सहमति बनेको छ । माओवादी अध्यक्ष प्रचण्ड र समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच साझा घोषणापत्र र संयोजन समिति बनाउने सहमति भएको हो । 

माओवादीको चिह्नबाट आगामी निर्वाचन लड्ने सहमति गरेका डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान पनि साझा घोषणापत्र र एकता संयोजन समितिका लागि तयार छन् । प्रचण्ड र नेपालले भट्टराई र गौतमस“ग छलफल गरेर यसबारे साझा धारणा बनाउनेछन् । 

एकीकृत समाजवादीको गत १ भदौको सचिवालय बैठकले पार्टी एकता संयोजन समिति गठन गर्ने निर्णय गरेको थियो । माओवादी केन्द्रले स्थानीय निर्वाचनअघि नै पार्टी एकता गर्न चाहेको थियो । दुवै दल आगामी निर्वाचनपछि एकतामा जान सहमत छन् । तर, त्यो चुनावी परिणाममा भर पर्नेछ । 

आगामी निर्वाचनमा एउटै घोषणापत्र लिएर जाने र एकता संयोजन समिति गठन गर्ने सहमति भएको माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए । केही दिनभित्रै संयोजन समिति बन्ने श्रेष्ठले बताए । उनका अनुसार एकताको मोडालिटी संयोजन समितिले नै तयार पार्नेछ । करिब तीन घन्टा चलेको छलफलमा श्रेष्ठ र समाजवादीका महासचिव डा. बेदुराम भुसाल पनि सहभागी थिए । 

महासचिव भुसालका अनुसार एकीकृत पार्टीको सिद्धान्त, रणनीति, कार्यनीति, कार्यक्रम र संगठनात्मक संरचना कस्तो हुने भन्ने विषयमा छलफल हुनै बाँकी रहेको छ । यी विषयमा निर्वाचनपछि बृहत् ढंगले छलफल हुने, तर अहिले निर्वाचनकेन्द्रित भएर लाग्ने शीर्ष सहमति भएको उनले बताए । 

एकताको सन्देश दिन संयोजन समिति गठन गर्ने निष्कर्षमा दुई दल पुगेको माओवादीका महासचिव देव गुरुङले बताए । पार्टीको बैठकमा संयोजन समितिमा रहने सदस्यबारे छलफल हुने उनले बताए । ‘शीर्ष नेताहरूबीच सहमति भएको छ । अब पार्टीको बैठकमा छलफल गरेर निर्णय गर्छौँ,’ उनले भने ।

चुनावअघि एकताका लागि भने समय नपुग्ने नेताहरूले बताएका छन् । विचार, राजनीति र कार्यदिशा मिलाएर मात्रै पार्टी एकता गर्ने निष्कर्षमा दुवै नेता पुगेका छन् । एमाले–माओवादी एकता भंग भएको पाठ सिकेर कार्यकर्ता तहमै औचित्य र आवश्यकता बोध हुने गरी एकता गर्ने दुई दलको तयारी छ । 

पार्टी एकताका लागि राजनीतिक विचार मिलाउन छिट्टै समिति पनि बन्नेछ । ‘हाम्रो एउटा अभिभारा नेपालको कम्युनिस्ट आन्दोलन फेरि पुनर्गठित, पुनर्परिमार्जन र रूपान्तरणको दिशामा अगाडि बढाउने हो,’ एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले भने, ‘कुनै वेला हामीले कम्युनिस्ट पार्टीको एकीकरण प्रक्रिया अगाडि बढायौँ । त्यसलाई जालसाझीको हिसाबले विघटनको अवस्थामा पुर्‍याइयो । अब हामीले सचेत ढंगले त्यो अभिभारा पूरा गर्नुपर्छ ।’

तत्कालै एकता भएर आगामी निर्वाचनमा एउटै चुनाव चिह्न लिएर जाने सम्भावना भने न्यून छ । ‘हामी कार्यगत एकताको दिशाबाट अगाडि बढ्छौँ, चुनावमा तालमेल गर्छौँ । आ–आफ्नो चुनाव चिह्नमा अगाडि बढ्छौँ,’ उनले भने, ‘संगठनको विस्तारमा व्यापक रूपमा अगाडि बढ्छौँ । वैचारिक, राजनीतिक, सांगठनिक विषयमा छलफल गर्छौँ । आधार पहिल्याएपछि पार्टी एकता पनि गर्छौँ ।’

कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले ध्रुवीकृत र एकता गर्ने तथा वामपन्थी, देशभक्त र प्रगतिशील शक्तिलाई एकताबद्ध गर्ने र देशमा समाजवादको आधार निर्माण गर्दै लैजाने उद्देश्य लिइएको दुवै दलको दाबी छ । डा. भट्टराई र गौतम पनि एकता प्रक्रियामा रहनेछन् । प्रचण्डले नेकपासहित पार्टीको नाममा केही जोडिने बताएका छन् । 

यसबाहेक प्रचण्ड र नेपालबीच पाँचदलीय गठबन्धनमा सिट बाँडफाँडको विषयमा पनि छलफल भएको छ । कांग्रेसलाई बढीमा ५० प्रतिशत क्षेत्र छाड््न सकिने निष्कर्षमा दुई नेता पुगेका छन् । कांग्रेसले धेरै सिटको दाबी नछाडे प्रगतिशील शक्तिको तेस्रो धार खडा गरेर निर्वाचनमा जाने विषयमा समेत छलफल भएको छ । पाँचदलीय गठबन्धनको ११ सदस्यीय कार्यदलले सिट बाँडफाँडको आधार र मापदण्ड नै टुंग्याउन सकेको छैन । 

यसअघि ०७४ को निर्वाचनमा तत्कालीन एमाले र माओवादी केन्द्र एउटै घोषणापत्र लिएर निर्वाचनमा गएका थिए । जनताले अनुमोदन गरेको भन्दै निर्वाचनपछि दुई पार्टीबीच एकता भएको थियो । तर, तत्कालीन प्रधानमन्त्री केपी ओलीको कार्यशैलीलाई लिएर नेकपामा विवाद भएको थियो । 

सर्वोच्च अदालतले मागदाबी नै नभएको विषयमा फैसला गरेपछि दुई पार्टी अलग भएका थिए । एमालेबाट विद्रोह गरेर नेपालको नेतृत्वमा एकीकृत समाजवादी बनेको छ । प्रचण्ड र नेपाल समूह नेकपामा एउटै पक्षमा थियो । सर्वोच्चले दुई पार्टीलाई अलग गरेपछि सांगठनिक रूपमा प्रचण्ड र नेपाल फरक पार्टीमा छन् । दुवै दल पाँचदलीय गठबन्धनमा छन् ।

दुवै दलका घोषणापत्र मस्यौदा समिति
माओवादी र एकीकृत समाजवादीले छुट्टाछुट्टै घोषणापत्र मस्यौदा समिति गठन गरिसकेका छन् । दुवै समितिले आवश्यक गृहकार्य गरेर संयुक्त रूपमा घोषणापत्र तयार पार्ने नेताहरूले बताएका छन् ।

माओवादीले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, लीलामणि पोखरेल, गणेश साह, परशुराम रम्तेल, अमृता थापा, हरि रोका, जाकिर हुसेन, कृष्ण चौधरी, परशुराम तामाङ, भीमा ढुंगाना र जगत सिंखडा रहेको घोषणापत्र मस्यौदा समिति बनाएको छ । 

समाजवादीले उपमहासचिवत्रय डा. गंगालाल तुलाधर, डा. विजय पौडेल र प्रकाश ज्वाला सम्मिलित तीन सदस्यीय घोषणापत्र मस्यौदा समिति गठन गरेको छ । नयाँपत्रीका बाट,

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg