jkmv-english-1784299234.jpg
Saturday, 25 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

प्रचण्डकै सल्लाहमा फाइल खोलेँ, दोषी पार्टीकै भएपनि छाडिन्न :- नारायणकाजी श्रेष्ठ

FB_IMG_1691046930633-1691046948.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अहिले पार्टी रूपान्तरणको अवसर भएको बताएका छन्।

बुधवारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा सरकारले अहिले गरिरहेको राम्रो कामको बलमा नै पार्टीलाई रूपान्तरण गरेर अघि बढ्नुपर्ने बताए।

उपप्रधान तथा गृहमन्त्री समेत रहेको श्रेष्ठले सरकारको राम्रो कामका बलमा एकता, रूपान्तरण गरेर पार्टी पुनर्निर्माण गर्नुपर्ने बताए।

यस्तै, सरकारले भ्रष्टाचारको फाइल खोलेका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै सल्लाहमा फाइल खोलेको बताए। छानबिनको क्रममा पार्टीभित्रकै दोषी देखिए कसैलाई नजोगाउने बताए।

सरकारले अहिले भ्रष्टाचार विरोधी अभियान चलाइरहेको छ। पछिल्लो समय सुन प्रकरणमा माओवादीकै नेताहरूको नाम जोडिएको छ।

माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराका बाबुछोरा, उपमहासचिव वर्षमान पुनको पनि सुन प्रकरणमा जोडिएको छ। तर, उनीहरूले आफू संलग्न नभएको प्रष्टीकरण दिइसकेका छन्। यद्यपि, सरकारले छानबिन गरिरहेको छ।

प्रज्ञा भवन कमलादीमा जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक र संगठनात्मक प्रतिवेदनमाथि नेताहरूले आआफ्नो धारणा राख्ने क्रममा जारी छ। बुधवारको बैठकमा १८ जना बोलेका थिए।

नेताहरूले पार्टी पार्टी शुद्धीकरण तथा सुदृढीकरण गर्दै वामपन्थी एकतामा जोड दिएका थिए। भने सरकारले चालेको भ्रष्टाचार विरोधी अभियानमा छानबिनको सुइँ जहाँसम्म गए पनि छाड्न नहुने र नेताहरूको पनि सम्पत्ति छानबिन गर्नुपर्ने कुरा उठाएका छन्। नेपाल प्रेस बाट

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...