Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

पुराना तिता कुरा बिर्सिएर गठबन्धनमा मतदान गर्नुस् : डिना

dina-1667316884.jpg

हेटौंडा । मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ की प्रतिनिधी सभा सदस्य उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’ले पुराना तिता कुरा बिर्सिएर प्रतिनिधि सभामा चुनाव चिन्ह रूख र प्रदेश सभामा गोलाकार भित्रको हँसिया हथौडामा मतदान गर्न आग्रह गर्नुभएको छ । लोकतान्त्रिक बाम गठबन्धनद्वारा पूर्वी मकवानपुरको बकैया गाउँपालिका ७, हात्तिखोलामा प्रचारप्रसार कार्यालय उद्धघाटन कार्यक्रममा बोल्दै नेपाली कांग्रेसकी सहमहामन्त्री समेत रहनु भएकी डिनाले हरेक तह तप्कामा शक्ति बाँडिएको भन्दै सीमान्तकृत, आदिवासी जनजाति, महिलाको पूर्ण अधिकारका लागि जनताको घर दैलो गरेर मत जोगाउन जरुरी रहेकोमा जोड दिनुभयो । ‘यातायातको क्षेत्रमा हेटांैडा नगरमा रिङरोड, शिक्षामा महिला छात्रावास, सम्पूर्ण वडालाई जोड्ने पक्की सडक पूर्वाधार र सुविधा सम्पन्न स्वास्थ्य सेवा पु¥याउने प्रतिवद्धता व्यक्त गर्दछु,’ उहाँले भन्नुभयो । मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ (क) प्रदेश सभा उम्मेदवार एवं नेकपा माओवादी केन्द्रका बागमती प्रदेश उपाध्यक्ष प्रेमबहादुर पुलामी ‘छिन्तु’ले लिलामीमा सूर्य लिएर कमल थापा मकवानपुरमा आएको बताउँदै जनआन्दोलनको दोषीलाई परास्त गरी गठबन्धन जिताउनुपर्नेमा जोड दिनुभयो ।   नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य घनप्रसाद गौतमले गठबन्धन फटाहाहरुले भनेजस्तो नभएको जिकिर गर्दै कमल थापाले किनेर चुनाव चिन्ह लिए जस्तो नभएको बताउँनुभयो । ‘गफले मुलुक नचल्ने रहेछ, हिजो गणतन्त्रलाई बुटले हान्नेहरु आज एमालेको टिकट लिएर आएका छन् ।,’ उहाँले भन्नुभयो, ‘यो भष्ट्राचार गर्ने र नगर्ने बिचको लडाइँ हो, जनताले दुई तिहाई दिएर पठाएका ओलीले आफ्नो वरीपरी भष्ट्राचारी मात्रै भेला गराएर मुलुक नै डुबाएको छन् ।’   नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु विजय गौतम, प्रमिला पुलामी लामा, बागमती प्रदेश सदस्य जीवन गोले, नेपाली काँग्रेसका लोकतान्त्रिक बाम गठबन्धन निर्वाचन परिचालन समिति मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ का संयोजक दामोदर खनाल लगायतको आतिथ्य रहेको कार्यक्रम लोकतान्त्रिक बाम गठबन्धन बकैया गाउँपालिका ७ नम्बर वडा प्रचार प्रसार संयोजक भोजराज लामिछानेको अध्यक्षतामा भएको थियो ।

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg