jkmv-english-1784299234.jpg
Friday, 24 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

पुराना तिता कुरा बिर्सिएर गठबन्धनमा मतदान गर्नुस् : डिना

dina-1667316884.jpg

हेटौंडा । मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ की प्रतिनिधी सभा सदस्य उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’ले पुराना तिता कुरा बिर्सिएर प्रतिनिधि सभामा चुनाव चिन्ह रूख र प्रदेश सभामा गोलाकार भित्रको हँसिया हथौडामा मतदान गर्न आग्रह गर्नुभएको छ । लोकतान्त्रिक बाम गठबन्धनद्वारा पूर्वी मकवानपुरको बकैया गाउँपालिका ७, हात्तिखोलामा प्रचारप्रसार कार्यालय उद्धघाटन कार्यक्रममा बोल्दै नेपाली कांग्रेसकी सहमहामन्त्री समेत रहनु भएकी डिनाले हरेक तह तप्कामा शक्ति बाँडिएको भन्दै सीमान्तकृत, आदिवासी जनजाति, महिलाको पूर्ण अधिकारका लागि जनताको घर दैलो गरेर मत जोगाउन जरुरी रहेकोमा जोड दिनुभयो । ‘यातायातको क्षेत्रमा हेटांैडा नगरमा रिङरोड, शिक्षामा महिला छात्रावास, सम्पूर्ण वडालाई जोड्ने पक्की सडक पूर्वाधार र सुविधा सम्पन्न स्वास्थ्य सेवा पु¥याउने प्रतिवद्धता व्यक्त गर्दछु,’ उहाँले भन्नुभयो । मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ (क) प्रदेश सभा उम्मेदवार एवं नेकपा माओवादी केन्द्रका बागमती प्रदेश उपाध्यक्ष प्रेमबहादुर पुलामी ‘छिन्तु’ले लिलामीमा सूर्य लिएर कमल थापा मकवानपुरमा आएको बताउँदै जनआन्दोलनको दोषीलाई परास्त गरी गठबन्धन जिताउनुपर्नेमा जोड दिनुभयो ।   नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य घनप्रसाद गौतमले गठबन्धन फटाहाहरुले भनेजस्तो नभएको जिकिर गर्दै कमल थापाले किनेर चुनाव चिन्ह लिए जस्तो नभएको बताउँनुभयो । ‘गफले मुलुक नचल्ने रहेछ, हिजो गणतन्त्रलाई बुटले हान्नेहरु आज एमालेको टिकट लिएर आएका छन् ।,’ उहाँले भन्नुभयो, ‘यो भष्ट्राचार गर्ने र नगर्ने बिचको लडाइँ हो, जनताले दुई तिहाई दिएर पठाएका ओलीले आफ्नो वरीपरी भष्ट्राचारी मात्रै भेला गराएर मुलुक नै डुबाएको छन् ।’   नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु विजय गौतम, प्रमिला पुलामी लामा, बागमती प्रदेश सदस्य जीवन गोले, नेपाली काँग्रेसका लोकतान्त्रिक बाम गठबन्धन निर्वाचन परिचालन समिति मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ का संयोजक दामोदर खनाल लगायतको आतिथ्य रहेको कार्यक्रम लोकतान्त्रिक बाम गठबन्धन बकैया गाउँपालिका ७ नम्बर वडा प्रचार प्रसार संयोजक भोजराज लामिछानेको अध्यक्षतामा भएको थियो ।

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...