jkmv-english-1784299234.jpg
Friday, 24 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

पालुङ क्याम्पसमा अन्तरक्रिया :- विद्यार्थी संख्या वृद्धि र शैक्षिक गुणस्तरमा सरोकारवालाको चासो।

FB_IMG_1679147782936-1679147840.jpg

पालुङ बहुमुखी क्याम्पसले क्याम्पसका स्रोत मा.बि. र सहकारि सस्थाका अध्यक्षहरु बिच अन्तरक्रिया  कार्यक्रम सम्पन्न गरेको छ।४ चैतमा क्याम्पसमा भएको अन्तर्किया कार्यक्रम  क्याम्पस संचालक समितिकाअध्यक्ष तथा थाहा नगरपालिकाका प्रमुख बिष्णु बहादुर विष्ट आदर्शको शभाध्यक्षतामा सम्पन्न भएको हो।
क्याम्पस प्रमुख राजन मिश्रले तयार पार्नुभएको पालुङ बहुमुखी क्याम्पसको बिगत,बर्तमान र भाबि कार्यदिशा सहितको कार्यपत्र प्रस्तुत गर्दै शुरु भएको कार्यक्रममा विभिन्न संघसंस्थाका अध्यक्षहरुले आआफ्नो  राय सल्लाह सुक्षाव प्रस्तुत गर्नु भयो भने क्याम्पसका अध्यक्ष विष्णु बहादुर विष्ट,उपाध्यक्ष सुरेन्द्रमान प्रधान र कोषाध्यक्ष विमल कुमार ढकालले  कार्यक्रमको अौचित्य र महत्वको  बारेमा प्रष्ट पार्नु भयो। 
पालुङ बहुउदेश्यिय सहकारी सस्थाका अध्यक्ष उमेश ढकालले कार्यपत्रले २०६० साल भन्दा अगाडिको ईतिहास नसमेटेको गुनासो गर्दै  मकवानपुर बहुमुखी क्याम्पसको बिस्तारित कार्यक्रम मार्फत तत्कालीन दामन पालुङमा उच्च शिक्षा प्रतिको चाहना शुरु भएको र उक्त समयमा शिक्षा प्रति माया र पसिना बगाउने  ब्यक्तित्वहरुको स्मरण थाहा नगरको शैक्षिक सरोकार राख्नेहरुले भुल्न नहुने बताउदै दिग्जज व्यक्तिहरूलाई  कार्यपत्रमा जोडन सल्लाह दिनु भयो । नारायणी यातायात व्यावसायि संघको महासचिव तथा क्याम्पस सञ्चालक समितिका सदस्य सरोज कुमार खनालले पहिला जनकल्याण माविबाटै यस क्याम्पसको शुरुवात भएको र मुख्य स्रोत मा.वि. मा पनि विद्यार्थी सख्या बढि भएकोले  जन कल्याण माविले यस क्याम्पसको विद्यार्थी सख्या बढाउन महत्वपुर्ण भुमिका निर्वाह गर्नु पर्नेमा जोड दिनु भयो साथै अन्य स्रोत मावि हरु सग पनि सुमधुर सम्बन्ध स्थापना गर्दै अगाडि बढ्न सके क्याम्पस अाफैमा सक्षम हुने कुरामा जोड दिनुभयो। जनकल्याण मा.वि.का अध्यक्ष राजिब कुमार स्याङ्तानले विद्यार्थी भर्ना बढाउनका लागि प्रत्यक स्रोत माविमा बिबिध कार्यक्रम गर्दै क्याम्पसले अाफ्ना शैक्षिक गतिविधिको प्रचार प्रसार गर्नुपर्नेमा जोड दिनु भयो।
  सहयोगि बचत तथा ऋण सहकारि सस्थाका धर्म प्रधानले क्याम्पसको स्तर उन्नतिका निमित्त सहकारि मार्फत सामाजिक उत्तरदायित्व स्वरुप जे जति सहयोग गर्न पर्छ हिजोका दिनमा पनि गर्दै अाईरहेको र अागामि दिनमा पनि निरन्तरता दिने प्रतिबद्दता ब्यक्त गर्नु भयो। 
शिखर बचत तथा ऋण सहकारि संस्थाका अध्यक्ष मनोज रायमाझिले विद्यार्थी संख्या विद्यालय स्तरबाटै  बढाउन सके यस  क्याम्पस पढ्ने विद्यार्थी सख्या पनि बढ्ने भनाई राख्नु भयो भने  पाथिभरा बचत तथा ऋण सहकारि सस्थाका अध्यक्ष गोकर्ण बरुवाल,कुण्डलदेवि बहुउदेश्यिय सहकारिका अध्यक्ष शिवकुमार खत्रि र सहकारि सस्थाका अध्यक्ष नेमराज थिङले भौगौलिक बिकटताले विहान क्याम्पस अाउन यातायतको साधनको असुविधा भएको कारण विद्यार्थी बाध्य भएर काठमाडौ र हेटौडा जान परेकोले अब नगरका सबै शिक्षाप्रेमीहरुले सामुदायिक छात्रवासको अवधारणा बाट अघि बढ्न सके विद्यार्थी  सख्या बढ्ने विचार व्यक्त गर्नु भयो ।
 कार्यक्रमकै अवसर पारेर  क्याम्पसको बिधान बमोजिमको सहकारी संस्थाका अध्यक्षहरु मध्येबाट पालुङ बहुउदेश्यिय सहकारी सस्थाका अध्यक्ष उमेश ढकाल लाई क्याम्पस सञ्चालक समितिका पदेन सदस्य  र स्रोत मा.वि.का अध्यक्षहरु मध्येबाट जनकल्याण नमुना मा.विका अध्यक्ष राजिव कुमार स्याङ्तानलाई क्याम्पस सञ्चालक समितिका पदेन सदस्यमा चयन गरियको छ।हेर्नुस कार्यपत्र 

FB_IMG_1679147795876-1679147844.jpg
FB_IMG_1679147806412-1679147866.jpg
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...