pani-1786865868.jpg
Saturday, 24 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

पालुङ क्याम्पसमा अन्तरक्रिया :- विद्यार्थी संख्या वृद्धि र शैक्षिक गुणस्तरमा सरोकारवालाको चासो।

FB_IMG_1679147782936-1679147840.jpg

पालुङ बहुमुखी क्याम्पसले क्याम्पसका स्रोत मा.बि. र सहकारि सस्थाका अध्यक्षहरु बिच अन्तरक्रिया  कार्यक्रम सम्पन्न गरेको छ।४ चैतमा क्याम्पसमा भएको अन्तर्किया कार्यक्रम  क्याम्पस संचालक समितिकाअध्यक्ष तथा थाहा नगरपालिकाका प्रमुख बिष्णु बहादुर विष्ट आदर्शको शभाध्यक्षतामा सम्पन्न भएको हो।
क्याम्पस प्रमुख राजन मिश्रले तयार पार्नुभएको पालुङ बहुमुखी क्याम्पसको बिगत,बर्तमान र भाबि कार्यदिशा सहितको कार्यपत्र प्रस्तुत गर्दै शुरु भएको कार्यक्रममा विभिन्न संघसंस्थाका अध्यक्षहरुले आआफ्नो  राय सल्लाह सुक्षाव प्रस्तुत गर्नु भयो भने क्याम्पसका अध्यक्ष विष्णु बहादुर विष्ट,उपाध्यक्ष सुरेन्द्रमान प्रधान र कोषाध्यक्ष विमल कुमार ढकालले  कार्यक्रमको अौचित्य र महत्वको  बारेमा प्रष्ट पार्नु भयो। 
पालुङ बहुउदेश्यिय सहकारी सस्थाका अध्यक्ष उमेश ढकालले कार्यपत्रले २०६० साल भन्दा अगाडिको ईतिहास नसमेटेको गुनासो गर्दै  मकवानपुर बहुमुखी क्याम्पसको बिस्तारित कार्यक्रम मार्फत तत्कालीन दामन पालुङमा उच्च शिक्षा प्रतिको चाहना शुरु भएको र उक्त समयमा शिक्षा प्रति माया र पसिना बगाउने  ब्यक्तित्वहरुको स्मरण थाहा नगरको शैक्षिक सरोकार राख्नेहरुले भुल्न नहुने बताउदै दिग्जज व्यक्तिहरूलाई  कार्यपत्रमा जोडन सल्लाह दिनु भयो । नारायणी यातायात व्यावसायि संघको महासचिव तथा क्याम्पस सञ्चालक समितिका सदस्य सरोज कुमार खनालले पहिला जनकल्याण माविबाटै यस क्याम्पसको शुरुवात भएको र मुख्य स्रोत मा.वि. मा पनि विद्यार्थी सख्या बढि भएकोले  जन कल्याण माविले यस क्याम्पसको विद्यार्थी सख्या बढाउन महत्वपुर्ण भुमिका निर्वाह गर्नु पर्नेमा जोड दिनु भयो साथै अन्य स्रोत मावि हरु सग पनि सुमधुर सम्बन्ध स्थापना गर्दै अगाडि बढ्न सके क्याम्पस अाफैमा सक्षम हुने कुरामा जोड दिनुभयो। जनकल्याण मा.वि.का अध्यक्ष राजिब कुमार स्याङ्तानले विद्यार्थी भर्ना बढाउनका लागि प्रत्यक स्रोत माविमा बिबिध कार्यक्रम गर्दै क्याम्पसले अाफ्ना शैक्षिक गतिविधिको प्रचार प्रसार गर्नुपर्नेमा जोड दिनु भयो।
  सहयोगि बचत तथा ऋण सहकारि सस्थाका धर्म प्रधानले क्याम्पसको स्तर उन्नतिका निमित्त सहकारि मार्फत सामाजिक उत्तरदायित्व स्वरुप जे जति सहयोग गर्न पर्छ हिजोका दिनमा पनि गर्दै अाईरहेको र अागामि दिनमा पनि निरन्तरता दिने प्रतिबद्दता ब्यक्त गर्नु भयो। 
शिखर बचत तथा ऋण सहकारि संस्थाका अध्यक्ष मनोज रायमाझिले विद्यार्थी संख्या विद्यालय स्तरबाटै  बढाउन सके यस  क्याम्पस पढ्ने विद्यार्थी सख्या पनि बढ्ने भनाई राख्नु भयो भने  पाथिभरा बचत तथा ऋण सहकारि सस्थाका अध्यक्ष गोकर्ण बरुवाल,कुण्डलदेवि बहुउदेश्यिय सहकारिका अध्यक्ष शिवकुमार खत्रि र सहकारि सस्थाका अध्यक्ष नेमराज थिङले भौगौलिक बिकटताले विहान क्याम्पस अाउन यातायतको साधनको असुविधा भएको कारण विद्यार्थी बाध्य भएर काठमाडौ र हेटौडा जान परेकोले अब नगरका सबै शिक्षाप्रेमीहरुले सामुदायिक छात्रवासको अवधारणा बाट अघि बढ्न सके विद्यार्थी  सख्या बढ्ने विचार व्यक्त गर्नु भयो ।
 कार्यक्रमकै अवसर पारेर  क्याम्पसको बिधान बमोजिमको सहकारी संस्थाका अध्यक्षहरु मध्येबाट पालुङ बहुउदेश्यिय सहकारी सस्थाका अध्यक्ष उमेश ढकाल लाई क्याम्पस सञ्चालक समितिका पदेन सदस्य  र स्रोत मा.वि.का अध्यक्षहरु मध्येबाट जनकल्याण नमुना मा.विका अध्यक्ष राजिव कुमार स्याङ्तानलाई क्याम्पस सञ्चालक समितिका पदेन सदस्यमा चयन गरियको छ।हेर्नुस कार्यपत्र 

FB_IMG_1679147795876-1679147844.jpg
FB_IMG_1679147806412-1679147866.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg