Saturday, 18 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

अपडेट

पर्यटकीय नगरी थाहामा पनि नेपाली टोपी दिवस मनाइने

विगत ५ बर्ष देखि जनवरी १ का दिन पारेर मनाउँदै आएको नेपाली टोपी दिवस यो बर्ष पनि मनाउने तयारी भैरहेको छ । विगतमा काठमाडौ लगायतका क्षेत्रहरुमा विभिन्न कार्यक्रमहरु आयोजना गरि मनाउँदै आएको यो दिवस यो बर्ष पर्यटकीय नगरी थाहामा पनि भव्यताका साथ मनाइने भएको छ । विभिन्न सामाजिक कार्य र अभियानहरु संचालन गर्दै आइरहेको लियो क्लब अफ पिस थाहाले पौष १७ गते पाँचौ नेपाली टोपी दिवस मनाउने तयारी गरिरहेको लियो क्लब अफ पिस थाहाका अध्यक्ष अनित बिष्टले जानकारी दिनुभयो । ' नेपाली टोपी , नेपालीको पहिचान ' भन्ने मुल नाराका साथ पाँचौ नेपाली टोपी दिवस मनाउन लागिएको बिष्टले बताउनुभयो ।

२०६३/६३ को जनआन्दोलन पछी बनेको सरकारले दौरासुरुवाल , टोपी र गुन्युचोलोलाई राष्ट्रिय पोशाकबाट हटाए पछि हालसम्म देश राष्ट्रिय पोसाक बिहिन रहेको अवस्थामा पुनः यसको पहिचान स्थापना र संरक्षण गर्न विगत ५ बर्ष देखी यो दिवस मनाउँदै आईएको छ । थाहामा पाँचौ नेपाली टोपी दिवस प्रभातफेरी सहित मनाउने कार्यक्रम रहेको छ । लियो क्लब अफ पिस थाहाले , थाहामा सकृय रहेका विभिन्न संघसंस्थाको सहयोगमा कार्यक्रम आयोजना गर्न लागेको क्लबका सचिब गणेश खत्रीले जानकारी दिनुभयो ।

सचिब खत्रीले पौष १७ गते बिहान ७:३० बजे शिखरकोटबाट प्रभातफेरि सुरुहुने जानकारी गराउँदै उक्त कार्यक्रममा उपस्थितिको लागी सम्पुर्णमा अनुरोध समेत गर्नु भएको छ ।


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

मकवानपुरमा एसइई :-७ हजार १ सय ९२ परीक्षार्थी सहभागी
FB_IMG_1775138700363-1775139023.jpg

  आज बाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मकपानपुरका ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी हुँदै छन् ।...

मकवानपुरमा एसइई परीक्षा:- ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी
FB_IMG_1775138700363-1775138735.jpg

आज बाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मकपानपुरका ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी हुँदै छन् । जसमा...

khane-1774766593.png