jkmv-english-1784299234.jpg
Sunday, 26 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

परेवा भिरमा बाटो बन्दैन भन्नेहरु नै सरर गाडीमा हुइकिदै भोट मागिरहेको भन्दै एमालेलाई खतिवडाको कटाक्ष

311942734_665213001666397-1666269583.jpg

 मकवानपुर जिल्ला प्रतिनिधि सभा २ का गठबन्धनका उम्मेदवार विरोध खतिवडाले नेकपा एमाले तथा उक्त पार्टीका उम्मेदवारलाई कटाक्ष गर्नुभएको छ ।

बुधबार क्वीक ट्वान्टी होटलमा भएको गठबन्धन पार्टीको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै खतिवडाले आफ्नो पहल कदमीमा बनेको परेवा भिरको बाटोमा बाटो बन्दैन भन्ने पार्टीका नेता तथा कार्यकर्ताहरु सरर बाटोमा हिंडेको भन्दै कटाक्ष गर्नुभएको हो ।

परेवा भिरको बाटो बन्दैन, सम्भव छैन भन्नेहरु नै सोही बाटो हुँदै सरर गाडीमा गुडेर भोट माग्न हिँडेको भन्दै नेकपा एमाले लाज पचाउने पार्टी भएको बताउनुभयो ।

त्यस्तै कार्यकर्ता भेलालाई सम्बोधन गर्दै खतिवडाले आफ्नै पहलमा चेपाङलाई उज्यालो कार्यक्रम सञ्चालन गरेको तर आफुले कहिले पनि प्रचार–प्रसार भने नगरेको बताउनुभयो । साथै थाहा नगरपालिका चितलाङमा छात्रबास सहितको सिभिल इन्जिनियरिङ कलेज स्थापना गरेको बताउनुयो ।

त्यस्तै प्रदेश सभा २ बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार कुमारी मोक्तानले हालको गठबन्धन संविधानको रक्षाको लागि निर्माण भएको भन्दै संविधानको रक्षाकै लागि अझै लामो समयसम्म गठबन्धन हुन जरुरी रहेको बताउनुभयो ।

त्यस्तै प्रदेश सभा २ बाट नेपाली काङ्ग्रेसका उम्मेदवार इन्द्र बानिँयाले गठबन्धनको यात्रा जनयुद्ध पछि भएको शान्ती सम्झौता पश्चात बनेको सम्बन्ध हालसम्म आइपुग्दा सबै शक्तिहरु एकै ठाउँमा भएको बताउनुभयो ।

संविधानको रक्षार्थ र संविधान कार्यान्वयनका निम्ति यो गठबन्धन अझै अगाडी बढ्ने बताउनुभयो । कार्यकर्ता भेलामा गठबन्धनका अगुवा नेता तथा कार्यकर्ताहरु उपस्थित रहेको थियो । नेकपा (एकीकृत) समाजवादीका केन्द्रीय उपाध्यक्ष डा. केदार न्यौपानेको प्रमुख आतिथ्यतामा भएको हो ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...