jkmv-english-1784299234.jpg
Friday, 24 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

नैतिकताको प्रश्न के हुन्छ ?-प्रधानमन्त्री, म फेस गर्छु- रवि लामिछाने

328648536_337673000257365-1675243402.jpg

सांकेतिक तस्बिर

नैतिकताको प्रश्न के हुन्छ ?-प्रधानमन्त्री म फेस गर्छु- रवि लामिछाने एमाले अध्यक्ष केपी ओलीलाई समेत भन्न लगाएर गृहमन्त्रीमा दोहोरिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि लगातार दबाब बढाइरहेका रवि लामिछानेले हिजो बालुवाटारमा प्रधानमन्त्रीसँग 'झगडा' गरेको खुलेको छ । बिहान १०:२५ बजे प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका उनी 'मलाई जसरी पनि गृहमन्त्री चाहियो,अरु कुरा थाहा भएन' शैलीमा प्रचण्डसँग अस्वभाविक रुपमा प्रस्तुत भएको कुरा दिउँसो माओवादी केन्द्रको पदाधिकारी बैठकमा रिपोर्टिङ भएको हो । माओवादी केन्द्रको अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष र लामिछानेको भूमिकाप्रति असन्तुष्टि जनाउँदै बैठकमा उक्त विषय खुलस्त राखेको बताइएको छ । एक माओवादी नेताका अनुसार अदालतको फैसलाको पूर्णपाठ नआउँदासम्म धैर्य गर्न आग्रह गर्दा पनि लामिछानेले 'हुँदै हुँदैन,भरे नै शपथ गराउनुपर्छ' भनेर दबाब दिएको प्रधानमन्त्रीले बैठकमा सुनाउनुभयो । रविको अड्डीबारे प्रधानमन्त्रीले बैठकमा भनेको कुरा उधृत गर्दै ती नेताले भने, 'अदालतको फैसलाको पूर्णपाठ आइसकेको छैन,पासपोर्ट छानविनको कुरा पनि उठिरहेको छ । त्यसकारण केही दिन कुर्नुस् भन्दा उहाँले आजै चाहिन्छ,नत्र, सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्नुपर्ने हुनसक्छ भन्नुभयो । मैले साथीहरुसँग सल्लाह गर्नुपर्छ भनेको छु । तत्काल गृह कसैलाई दिने अवस्था छैन ।' रवि बालुवाटार पुग्नुअघि प्रधानमन्त्री प्रचण्डले अदालतको फैसला, राहदानी विवाद र गृहमन्त्री बनाउँदा आउनसक्ने सम्भावित कानुनी जटिलताका विषयमा महान्यायाधिवक्ता,कानुन सचिव र केही प्रहरी अधिकारीसँग सुझाव माग्नुभएको थियो । सबैतिरबाट तत्कालै उनलाई गृहमन्त्री बनाउन नमिल्ने सुझाव पाएपछि प्रधानमन्त्रीले लामिछानेलाई केही समय कुर्न आग्रह गर्नुभयो । 'अदालतको फैसलाको पूर्णपाठ हेरौँ, राहदानीसम्बन्धी विवाद के हुन्छ अनि निर्णय गरौँला,त्यतिञ्जेल चुप लागेर बस्नुस्', प्रधानमन्त्रीको यस्तो धारणा सुन्नेबित्तिक्कै बालुवाटारमा बुरुक्क उफ्रँदै रविले भनेका थिए, ‘अदालतलाई म मिलाउँछु । पासपोर्टको छानबिनमा पनि प्रहरीतिर मै मिलाउँछु,तपाईंले यसमा कुनै चिन्ता लिनुपर्दैन । तर मलाई आजै बेलुकासम्म गृहमन्त्रीको शपथ खुवाउन पर्यो ।' प्रधानमन्त्रीले नैतिकताको प्रश्न उठ्नेतर्फ सचेत गराउँदा पनि उनले 'जे परे पनि मै फेस गर्छु' भनेपछि प्रधानमन्त्रीले पनि 'साथीहरुसँग सल्लाह गरेर निर्णय गरौँला' भनेपछि लामिछाने बालुवाटारबाट ११ बजे रित्तो हात फर्किएका थिए । माओवादी बैठकमा गृहका लागि रविको अड्डीसँगै एमाले अध्यक्षको अस्वाभाविक दबाबवारे राजनीतिक कोणबाट विश्लेषण पनि भएको बताइएको छ । बताइएअनुसार आफू रविको पक्षमा उभिएको देखाएर रास्वपाका १९ सांसदलाई आफ्नो पकेटमा लिने र संवैधानिक परिषदमा आफू अनुकूल गराउने ओलीको प्रयास हुनसक्ने माओवादी नेताहरुको बुझाइ छ । राष्ट्रपति निर्वाचनपछि रास्वपा,राप्रपा,जसपा, जनमत,नागरिक उन्मुक्ति, लोसपालगायतका पार्टीलाई आफूतिर मिलाएर एमालेले नयाँ समिकरण बनाउन प्रयास गर्नसक्ने सम्भावनाबारे पनि माओवादी बैठकमा कुरा चलेको थियो । माओवादीको जारी स्थायी कमिटी बैठकमा राष्ट्रपतिको निर्वाचन र त्यसपछिको सम्भावित राजनीतिक परिस्थितिका विषयमा पनि छलफल भएको छ । राष्ट्रिय सहमतिका आधारमा साझा पात्रलाई भावी राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने प्रस्ताव गरेको माओवादी बैठकमा अधिकांश नेताहरुले प्रचण्डलाई खुट्टो नकमाउन सुझाएका छन् । सभामुख र राष्ट्रियसभाको अध्यक्ष एमालेबाट चुनिएको र राष्ट्रपति पनि उसैलाई दिँदा दुई वर्षपछि माओवादीको हातमा केही बाँकी नरहने र संवैधानिक परिषदमा ओलीको एकछत्र हुने अवस्थाप्रति अहिले नै सचेत हुनुपर्ने माओवादी नेताहरुको जोड छ । शक्ति सन्तुलनका हिसाबले पनि राष्ट्रपति र प्रधानमन्त्री दुवै यौटै पार्टीबाट हुने अवस्था आउन नदिने माओवादीका एक पदाधिकारीको दावी छ । एमालेको उम्मेदवार राष्ट्रपतिमा निर्वाचित भए दुई वर्षपछि प्रचण्डले ओलीलाई सरकारको नेतृत्व नदिने उनले प्रष्ट पारे । 'कि राष्ट्रपति हामीले भनेको जसरी राष्ट्रिय सहमतिका आधारमा हुनुपर्छ, हैन भने आलोपालो सहमति कार्यान्वयन हुँदैन',ती नेताले भने, 'प्रचण्ड पाँचै वर्ष प्रधानमन्त्री बन्नुहुन्छ ।' सरकारको नेतृत्व गरेको दलले अर्थ, गृह,परराष्ट्र,रक्षा,कानुनजस्ता महत्वपूर्ण मन्त्रालय नलिएकोमा माओवादी नेताहरुले प्रधानमन्त्री प्रचण्डको आलोचना गरेका छन् । स्थायी समिति बैठकमा गृह नछोड्न नेताहरुले दबाब दिएका छन् ।जनआस्था 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...