jkmv-english-1784299234.jpg
Sunday, 26 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

नेपाली काङ्ग्रेस मकवानपुर अधिबेशन -: अन्तिम मत परिणाम ।

1646376374982-1646376554.jpg

नेपाली कांग्रेस मकवानपुरको १५ गतेबाट सुरु भएको जिल्ला अधिवेशनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । बिहीबार अन्तिम मत परिणाम सार्वजनिक भएको हो । यसअघि सभापति र पदाधिकारीको मत परिणाम सार्वजनिक भएपनि जिल्ला सदस्यहरुको भने बाँकी रहेको थियो ।
आदिवासी जनजाति खुलातर्फ जिल्ला सदस्यमा ईश्वरकुमार रुम्बा (७९४ मत), कालु घलान (९२७ मत), गोपीराम बल (६६७ मत), विरोध मोक्तान (६३७ मत), राजकुमार गोले (८२३ मत) र राजकुमार वाइबा (७५६ मत) विजयी भए । आदिवासी जनजाति खुलातर्फका उम्मेदवारहरु ईश्वरलाल श्रेष्ठ (५५७ मत), दीपककुमार नगरकोटी (४७३), फुलमान श्रेष्ठ (४९१), मणिकलाल मोक्तान (६२१), योगेन्द्रमान श्रेष्ठ (५३३) र राजकुमार बलामी (५४५) पराजित भए ।
खसआर्य महिलातर्फ प्रमिला खतिवडा (७५३), संजिता सिग्देल ‘ममता’ (७४१) विजयी हुँदा देवकुमारी बस्नेत (६६९) र राजुमैयाा कार्की (४९२) पराजित भए । खसआर्य खुलातर्फ इन्द्रकुमार बर्तौला (४९८) र होमनाथ गौतम (५१४) विजयी हुादा आलोकराज पौडेल (२३६), विष्णुप्रसाद ढुंगाना (३४९), यादवराज उप्रेती (२९२), शिवप्रसाद खनाल (४४६), शिवबहादुर थापा (४४७) पराजित भए । आदिवासी जनजाति महिलातर्फ कृति ग्यालन (८९१), गीता राई (७०६), निर्मला गोले (७५८), सर्मिला श्रेष्ठ (७८५) र सञ्जु थापा मगर (७१४) विजयी भएका थिए भने भवानी प्रधान (४८८), मन्जुमाया भुलुन (६२०), शान्तिमाया थिङ (६६८) पराजित भए ।
हेटौंडा उपमहानगरपालिकाको खुलातर्फ ईश्वर पण्डित (५५२), धीरेन्द्र लामा (४८९), शैलेन्द्रराज बानियाा (६३९) विजयी भए । उपमहानगरतर्फका उम्मेदवारहरु कपिल अर्याल (२९९), गणेशहरि उप्रेती (२८३), गोपालप्रसाद दुलाल (३२६), चुडाप्रसाद उप्रेती (४१२), पूर्णप्रसाद पुडासैनी (२१०), बिष्णुबहादुर दाहाल (२६०), रामप्रसाद अधिकारी (१९७) र सुनिल अधिकारी (३८०) पराजित भए । हेटौंडा उपमहानगरपालिका महिलातर्फ जिल्ला सदस्यमा ताराकुमारी राई कार्की (१०३१), सोममाया मोक्तान (७१३) विजयी हुादा रीताकुमार घिमिरे (५६३) र सुशीला न्यौपाने (४२६) पराजित भइन् ।
थाहा नगरपालिका महिलातर्फ सुनमाया भोम्जन निर्विरोध भएकी थिइन् । थाहा नगरकै खुलातर्फ नवराज लामा (८८१) र भीमबहादुर भोम्जन (७७४) विजयी हुँदा नविन अधिकारी (३६०), पदमसिंह खड्का (२९१) र राजभाई गोपाली (५३३) पराजित भए । कैलाश गाउापालिका महिलातर्फ मीना गुरुङ (६५२) विजयी भएकी थिइन् भने लालिमाया योञ्जन (६३२) पराजित भइन् । कैलाश गाउँपालिकाकै खुलातर्फ उदासकुमार भ्लोन (७७६) निर्वाचित हुँदा बुद्धिबहादुर घलान (६१५) पराजित भए । राक्सिराङ गाउँपालिकाको महिलातर्फ बच्चीमाया नेगी सर्वसम्मत भएकी थिइन् भने खुलातर्फ जयबहादुर तितुङ (५९२) विजयी हुादा अशोक घलान (५०४) र छत्रबहादुर तामाङ (३४१) पराजित भए ।
मनहरी गाउँपालिकाको महिलातर्फ अम्बिकाकुमारी घिमिरे अधिकारी (७०७) निर्वाचित हुँदा कमला मैनाली (६१५) पराजित भइन् । खुलातर्फ भने चन्द्रबहादुर न्यौपाने (६८३) विजयी हुादा रामचन्द्र कालाखेती (६८८) पराजित भए । बागमती गाउँपालिका महिलातर्फ जिल्ला सदस्यमा सुनिता राई (७८३) विजयी हुँदा मनमाया नेपाली (७१७) पराजित भइन् । बागमतीकै खुलातर्फ शेरबहादुर राना मगर ‘क्षितिज’ निर्विरोध चयन भएका थिए । बकैया गाउँपालिकाको महिलातर्फ चमेली लामा डिम्डुङ (९१९) विजयी हुँदा डम्बरीकुमारी गिरी (४६०) पराजित भइन् । खुलातर्फ भने सेतेमान बल निर्विरोध भएका थिए ।
मकवानपुरगढी गाउँपालिका महिलातर्फ भीमकुमारी न्यौपाने निर्विरोध चयन भएकी थिइन् । खुलातर्फ माधवप्रसाद न्यौपाने (८२५) विजयी हुँदा रामजीप्रसाद न्यौपाने (६०९) पराजित भए । भीमफेदी गाउँपालिका महिलातर्फ संगिता राना मगर (९३०) विजयी हुँदा निर्मला श्रेष्ठ (४५४) पराजित भइन् । खुलातर्फ अर्जुनप्रसाद पुडासैनी (७६४) विजयी भएका थिए भने नमराज बर्तौला (६१५) पराजित भएका थिए । ईन्द्रसरोवर गाउँपालिका महिलातर्फ निर्मला रुम्बा र खुलातर्फ बिष्णुकुमार कार्की निर्विरोध चयन भएका थिए ।
कांग्रेसको सभापति पदमा बुद्ध लामा, उपसभापतिमा धर्म लामिछाने र आनन्द कठायत, सचिवमा भीमसेन महत र ईश्वरकुमार पाठक तथा सहसचिवमा ईन्दिरा न्यौपाने र ताराचन्द्र बजगाईं निशान विजयी भएका थिए ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...