pani-1786865868.jpg
Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

नेपाली काङ्ग्रेस थाहा नगरको क्रियाशील सदस्य भेलामा गठबन्धन उमेदवारको संवोधन

kangres2-1667745175.jpg

 नेपाली काङ्ग्रेस थाहा नगर कार्य समिति द्वारा आयोजना गरिएको शुभेच्छुक ,भातृसंगठन,क्रियाशील सदस्य तथा कार्यकर्ता भेटघाट कार्यक्रममा मकवानपुर क्षेत्र न.२ का वाम-लोकतान्त्रिक गठवन्धनका उमेदवार हरुले संवोधन गरेका छन।भेलालाई संवोधन गर्दै गठबन्धन दलका साझा उमेदवार प्रतिनिधि सभा क्षेत्र न.२ का उमेदवार पुर्व स्वास्थ मन्त्री तथा नेकपा एकीकृत समाजवादी स्थायी समिती सदस्य विरोध खतिवडाले भेलामा आफ्नो प्रतिबद्धता जनाउदै विकास निर्माणका काममा निर्वाचन पछि साझा अवधारणा बनाएर जाने प्रतिबद्धता व्यक्त गरेका छन।उनले भने "गठबन्धन बिजयी भएको खण्डमा विकास निर्माणका काममा दलगत पुर्वाग्रह नराखिने वचन बद्द्ता व्यक्त गर्दै गठबन्धनको विजयी भएको खण्डमा आफ्नो क्षेत्रमा चारगुणा बढी विकास गर्ने बताए" साथै उनले यो गठबन्धन प्रक्रियावादी सक्तिहरुलाइ निर्वाचन बाट परास्त गर्नको निम्ति भएकोले नअलमलिन आग्रह गरे । भेलालाई संवोधन गर्दै नेपाली काङ्ग्रेस वागमती प्रदेश सभापति तथा मकवानपुर प्रदेश सभा २ ख का साझा उमेदवार इन्द्रबहादुर बानियाँले नेपाली काङ्ग्रेस हावादारी कुरा गर्ने पार्टी नभएको बताउदै इन्तु,किन्तु,परन्तु केही नभनी गठबन्धनका उमेदवारलाई मतदान गर्न कार्यकर्तालाई आग्रह गरे उनले भने काङ्ग्रेस ३ बर्ष धैर्यताका साथ सांसद अवरुद्ध नगरी प्रतिपक्षमा बसेको स्मरण गराउदै अवको पाँच बर्ष एमालेलाई प्रतिपक्षमा राखेर देखाउने ठोकुवा गर्नुभयो। तेसै गरि अर्का उमेदवार प्रदेश २ क का कुमारी मोक्तानले संविधानको कार्यान्वयन ,तिनै तहका सरकार संचालन गर्दै जनताको अवस्था परिवर्तन गर्नको लागि गठबन्धन आबश्यक रहेको बताउदै,पुराना तिता कुरा बिर्सिएर मत हाल्न आग्रह गर्दै आफू काङ्ग्रेस ,माओवादी ,समाजवादी,र जनमोर्चा समेतको उमेदवार भएकोले गठबन्धनकै जिम्मेवारी बोकेर हिड्ने प्रतिबद्धता व्यक्त गर्दै शंका नगरिदिन आग्रह गरे। काङ्ग्रेस थाहा नगर सभापति प्रमोदकृष्ण जोशीको अध्यक्षतामा सम्पन्न भेलामा नेपाली काङ्ग्रेस मकवानपुर जिल्ला सभापति बुद्ध लामा,काङ्ग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ,महासमिती सदस्य जयराम लामिछाने ,क्षेत्रीय सभापति खड्गबहादुर गोपाली,गठबन्धन निर्वाचन अनुगमन समिती मकवानपुर संयोजक माइकल रामचन्द्र अर्याल,उमेदवार द्वय विरोध खतिवडा ,कुमारी मोक्तान ,लगायत नेपाली काङ्ग्रेस थाहा नगरका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागीता रहेको थियो

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg