jkmv-english-1784299234.jpg
Saturday, 25 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

नेपाली काङ्ग्रेसको प्रदेश २ क र थाहा नगर सम्मेलन सम्पन्न

FB_IMG_1685635406728-1685635468.jpg

नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ क प्रदेश र थाहा नगरको संयुक्त सम्मेलन बिहीबार पालुङमा भएको छ ।

कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ क का सभापति खड्ग गोपालीको सभाध्यक्षता, कांग्रेसकी केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यता तथा कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको विशिष्ट आतिथ्यतामा संयुक्त सम्मेलन भएको हो ।

नेपाली कांग्रेसको वडा, गाउँपालिका, क्षेत्र, संघीय, जिल्ला र प्रदेशको सम्मेलन गर्ने केन्द्रीय परिपत्र बमोजिम नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ क र थाहानगरको संयुक्त सम्मेलन आयोजना गरिएको हो ।

सम्मेलनमा नेताद्वय उपाध्याय र बानियाँले स्थानीय नेता कार्यकर्ता पंक्तिबाट उठेको जिज्ञासाको जवाफ दिदैं पार्टीको भावी रणनीतिको बारेमा बोलेका थिए ।

कार्यक्रममा कांग्रेस जिल्ला सभापति बुद्ध लामा, पूर्व जिल्ला सभापति रघुरमण न्यौपाने, जिल्ला उपसभापति आनन्द कठायत, सचिव ईश्वर पाठक, जिल्ला सदस्य आनन्दराम पराजुली, कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ का संघीय सभापति लोक मुक्तान, मकवानपुर क्षेत्र नम्बर २ ख का प्रदेश सभापति रञ्जन कालाखेती, हेटौंडा उपमहानगर सभापति उत्सव ईटेनी, थाहा नगर सभापति प्रमोदकृष्ण जोशी, भीमफेदी गाउँपालिका सभापति सञ्जिव श्रेष्ठ, थाहा नगरका उपमेयर भरत गोपाली, कांग्रेस नेताहरु भीम लामा, यतिराज सापकोटा, भीमफेदी ६ का सभापति सोमबहादुर घलान, मकवानपुर गढी ७ का सभापति सुर्यबहादुर रुम्बालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...