pani-1786865868.jpg
Sunday, 25 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

नेकपा र माओवादी केन्द्र द्वारा जनयुद्ध दिवसमा दीप प्रज्वलन

1707840697065-1707840813.jpg

हेटौँडा १, फागुन। नेकपा (माओवादी केन्द्र)का भातृ संगठनहरु र नेकपा मकवानपुरले संयुक्त रुपमा २९ औं जनयुद्ध दिवसको अवसरमा दीप प्रज्वलन गरेकाछन ।


नेकपा माओबादी केन्द्रका भातृ संगठन अखिल क्रान्तिकारी, वाईसीएल नेपाल, प्रेस सेन्टर नेपाल, अखिल नेपाल किसान महासंघ र नेकपा मकवानपुर लगायतका संगठनहरुले संयुक्तरुपमा ¥याली सहित बुद्धचोकमा दीप प्रज्वलन गरेर ‘जनयुद्ध दिवस’ मनाएका हुन् । 


मंगलबार सिमाचोकबाट सुरु भएको र्याली सहित बुद्धचोकमा दीप प्रज्वलन सहित कोणसभामा परिणत भएको थियो ।


सरकारले जनयुद्ध दिवसमा दिएको बिदा सर्वोच्च अदालतले खारेज गर्नु दुखद भएको दीप प्रज्वलन कार्यक्रममा सहभागीहरुले बताए । सबै माओवादी घटकहरु एक हुनुको बिकल्प नभएको उनीहरुको भनाई छ । 


कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी छिन्तुले व्यवस्था परिवर्तनमा जनयुद्धको भुमिका महत्वपूर्ण रहेको बताउनुभयो । 


कार्यक्रममा नेकपाका मकवानपुर इन्चार्ज राम सि वाटर, माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य बीर बहादुर घलान ज्वाला, प्रेस सेन्टर मकवानपुर उपाध्यक्ष राजकुमार केसीले शुभकामना मन्तब्य राखेका थिए ।


अखिल क्रान्तिकारी मकवानपुरका कोषाध्यक्ष बुद्धराज अर्यालले संचालन गरेको कार्यक्रममा माओबादी केन्द्रका बागमति प्रदेश सदस्य ललित घलान, मकवानपुर जिल्ला संयोजक शर्केश घलान, सचिब भिम पाख्रीन, नेकपाका उत्तरी पश्चिमी इन्चर्ज सुर्य सि अधिकारी, माओबादी केन्द्र हेटौडा उपमहानगर अध्यक्ष तिर्थबहादुर थापा मगर, अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका मकवानपुर अध्यक्ष जयराम रायमाझी, अखिल क्रान्तिकारी केन्द्रीय सचिब रोशन मगर, प्रेस सेन्टर नेपालका केन्द्रिय नीति आयोगका सदस्य कृष्ण सारु मगर, प्रेस सेन्टर बागमती प्रदेश महासचिव ध्रुव अधिकारीलगायतको उपस्थिति थियो ।


२९ बर्ष अगाडि २०५२ साल फागुन १ गतेदेखि तत्कालिन नेकपा माओवादीले जनयुद्ध सुरु गरेको दिनको स्मरणमा जनयुद्ध दिवस मनाउदै आएको छ ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg