jkmv-english-1784299234.jpg
Friday, 24 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

नेकपा र माओवादी केन्द्र द्वारा जनयुद्ध दिवसमा दीप प्रज्वलन

1707840697065-1707840813.jpg

हेटौँडा १, फागुन। नेकपा (माओवादी केन्द्र)का भातृ संगठनहरु र नेकपा मकवानपुरले संयुक्त रुपमा २९ औं जनयुद्ध दिवसको अवसरमा दीप प्रज्वलन गरेकाछन ।


नेकपा माओबादी केन्द्रका भातृ संगठन अखिल क्रान्तिकारी, वाईसीएल नेपाल, प्रेस सेन्टर नेपाल, अखिल नेपाल किसान महासंघ र नेकपा मकवानपुर लगायतका संगठनहरुले संयुक्तरुपमा ¥याली सहित बुद्धचोकमा दीप प्रज्वलन गरेर ‘जनयुद्ध दिवस’ मनाएका हुन् । 


मंगलबार सिमाचोकबाट सुरु भएको र्याली सहित बुद्धचोकमा दीप प्रज्वलन सहित कोणसभामा परिणत भएको थियो ।


सरकारले जनयुद्ध दिवसमा दिएको बिदा सर्वोच्च अदालतले खारेज गर्नु दुखद भएको दीप प्रज्वलन कार्यक्रममा सहभागीहरुले बताए । सबै माओवादी घटकहरु एक हुनुको बिकल्प नभएको उनीहरुको भनाई छ । 


कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी छिन्तुले व्यवस्था परिवर्तनमा जनयुद्धको भुमिका महत्वपूर्ण रहेको बताउनुभयो । 


कार्यक्रममा नेकपाका मकवानपुर इन्चार्ज राम सि वाटर, माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य बीर बहादुर घलान ज्वाला, प्रेस सेन्टर मकवानपुर उपाध्यक्ष राजकुमार केसीले शुभकामना मन्तब्य राखेका थिए ।


अखिल क्रान्तिकारी मकवानपुरका कोषाध्यक्ष बुद्धराज अर्यालले संचालन गरेको कार्यक्रममा माओबादी केन्द्रका बागमति प्रदेश सदस्य ललित घलान, मकवानपुर जिल्ला संयोजक शर्केश घलान, सचिब भिम पाख्रीन, नेकपाका उत्तरी पश्चिमी इन्चर्ज सुर्य सि अधिकारी, माओबादी केन्द्र हेटौडा उपमहानगर अध्यक्ष तिर्थबहादुर थापा मगर, अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका मकवानपुर अध्यक्ष जयराम रायमाझी, अखिल क्रान्तिकारी केन्द्रीय सचिब रोशन मगर, प्रेस सेन्टर नेपालका केन्द्रिय नीति आयोगका सदस्य कृष्ण सारु मगर, प्रेस सेन्टर बागमती प्रदेश महासचिव ध्रुव अधिकारीलगायतको उपस्थिति थियो ।


२९ बर्ष अगाडि २०५२ साल फागुन १ गतेदेखि तत्कालिन नेकपा माओवादीले जनयुद्ध सुरु गरेको दिनको स्मरणमा जनयुद्ध दिवस मनाउदै आएको छ ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...