jkmv-english-1784299234.jpg
Saturday, 25 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरकमिटिले ग¥र्यो तीन नेतालाई कारबाही

1645719568961_1-1654517522.jpg

हेटौंडा÷नेकपा (माओवादी केन्द्र) हेटौंडा उपमहानगरपालिका समितिले तीन जना नगर सचिलाय सदस्यलाई कारबाही गरेको छ । 
यही जेठ २० र २१ गते बसेको बैठकले पार्टीको बिधान बिपरित दोस्रो स्थानीय तह निर्वाचनमा गतिबिधि गरेको भन्दै नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरकमिटि सचिवालय सदस्य तथा हेटौंडा वडा नम्बर १७ वडा समितिका इन्चार्ज शंकर बहादुर राउत र सचिवालय सदस्य तथा वडा नम्बर १० समितिका इन्चार्ज सन्तोष न्यौपानेलाई पार्टीको सबै जिम्मेवारीबाट मुक्त गर्दै साधरण सदस्य नरहनेगरी कारबाही गरेको हो । 
साथै नगर सचिवालय सदस्य गिता कार्कील पार्टी परित्याग गरेकोले साधरण सदस्य नरहनेगरी हटाइएको नगर कमिटि अध्यक्ष तिर्थ थापा मगरले बताए । बैठकले नगर समिति सचिवालय सदस्य तीन जना, नगर सदस्य कमरेड दुई जना र वडा समितिका अध्यक्ष एकजनालाई लिखित तथा मौखिक स्पष्टिकरण सोध्ने निर्णय गरेको उनले जानकारी दिए । 
हेटौंडा १७ नम्बर वडा समितिको इन्चार्ज प्रदिप अर्याल र १० नम्बर वडा समितिको इन्चार्जमा ज्ञानेन्द्र बहादुर कार्कीलाई जिम्मेवारी दिइएको मगरले बताए । बैठकमा स्थानीय तह दोस्रो निर्वाचन सम्बन्धि समिक्षा गरिएको थियो  । नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगर समितिका सदस्यहरु, वडा समितिका इन्चार्ज, सह इन्चार्ज, वडा अध्यक्ष तथा सचिवहरुले २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह दोस्रो निर्वाचनमा नगर भित्रको अ–आफ्नो कार्यक्षेत्रको संगठनात्मक गतिबिधि, चुनावी गतिबिधि, गठबन्धनको नीति, समस्या, चुनौती लगायत सवल र दुर्वल पक्षको विषयमा समिक्षात्मक रिपोर्ट प्रस्तुत गरेका थिए । बैठकले सबै वडा समितिको समिक्षात्मक बैठक मिति २०७९ जेठ २७ गतेसम्म बसिसक्ने निर्णय गरेको छ । स्थानीय तह दोस्रो निर्वाचन हेटौंडा उपमहानगरपालिकामा गठबन्धनबाट निर्वाचित प्रमुख, उपप्रमुख, वडा अध्यक्ष लगायत सम्पूर्ण जनप्रतिनिधिहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना समेत गरिएको नगर अध्यक्ष मगरले बताए । 
नगर समितिका अध्यक्ष मगरको अध्यक्षता तथा नेपाल कम्युनिष्ट पाटी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य  प्रमिला पुलामीको प्रमुख आतिथ्यतामा बैठक बसेको हो । बैठकमा जिल्ला समन्वय समितिका संयोजक सर्केस घलान (मधु), सचिव भीम पाख्रिन, हेटौंडा उपमहानगरपालिका इन्चार्ज विवके राई, जिल्ला समन्वय समितिका सदस्यहरु लगायतको उपस्थिती रहेको थियो ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...