pani-1786865868.jpg
Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरकमिटिले ग¥र्यो तीन नेतालाई कारबाही

1645719568961_1-1654517522.jpg

हेटौंडा÷नेकपा (माओवादी केन्द्र) हेटौंडा उपमहानगरपालिका समितिले तीन जना नगर सचिलाय सदस्यलाई कारबाही गरेको छ । 
यही जेठ २० र २१ गते बसेको बैठकले पार्टीको बिधान बिपरित दोस्रो स्थानीय तह निर्वाचनमा गतिबिधि गरेको भन्दै नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरकमिटि सचिवालय सदस्य तथा हेटौंडा वडा नम्बर १७ वडा समितिका इन्चार्ज शंकर बहादुर राउत र सचिवालय सदस्य तथा वडा नम्बर १० समितिका इन्चार्ज सन्तोष न्यौपानेलाई पार्टीको सबै जिम्मेवारीबाट मुक्त गर्दै साधरण सदस्य नरहनेगरी कारबाही गरेको हो । 
साथै नगर सचिवालय सदस्य गिता कार्कील पार्टी परित्याग गरेकोले साधरण सदस्य नरहनेगरी हटाइएको नगर कमिटि अध्यक्ष तिर्थ थापा मगरले बताए । बैठकले नगर समिति सचिवालय सदस्य तीन जना, नगर सदस्य कमरेड दुई जना र वडा समितिका अध्यक्ष एकजनालाई लिखित तथा मौखिक स्पष्टिकरण सोध्ने निर्णय गरेको उनले जानकारी दिए । 
हेटौंडा १७ नम्बर वडा समितिको इन्चार्ज प्रदिप अर्याल र १० नम्बर वडा समितिको इन्चार्जमा ज्ञानेन्द्र बहादुर कार्कीलाई जिम्मेवारी दिइएको मगरले बताए । बैठकमा स्थानीय तह दोस्रो निर्वाचन सम्बन्धि समिक्षा गरिएको थियो  । नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगर समितिका सदस्यहरु, वडा समितिका इन्चार्ज, सह इन्चार्ज, वडा अध्यक्ष तथा सचिवहरुले २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह दोस्रो निर्वाचनमा नगर भित्रको अ–आफ्नो कार्यक्षेत्रको संगठनात्मक गतिबिधि, चुनावी गतिबिधि, गठबन्धनको नीति, समस्या, चुनौती लगायत सवल र दुर्वल पक्षको विषयमा समिक्षात्मक रिपोर्ट प्रस्तुत गरेका थिए । बैठकले सबै वडा समितिको समिक्षात्मक बैठक मिति २०७९ जेठ २७ गतेसम्म बसिसक्ने निर्णय गरेको छ । स्थानीय तह दोस्रो निर्वाचन हेटौंडा उपमहानगरपालिकामा गठबन्धनबाट निर्वाचित प्रमुख, उपप्रमुख, वडा अध्यक्ष लगायत सम्पूर्ण जनप्रतिनिधिहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना समेत गरिएको नगर अध्यक्ष मगरले बताए । 
नगर समितिका अध्यक्ष मगरको अध्यक्षता तथा नेपाल कम्युनिष्ट पाटी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य  प्रमिला पुलामीको प्रमुख आतिथ्यतामा बैठक बसेको हो । बैठकमा जिल्ला समन्वय समितिका संयोजक सर्केस घलान (मधु), सचिव भीम पाख्रिन, हेटौंडा उपमहानगरपालिका इन्चार्ज विवके राई, जिल्ला समन्वय समितिका सदस्यहरु लगायतको उपस्थिती रहेको थियो ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg