jkmv-english-1784299234.jpg
Sunday, 26 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

नेकपा एमालेको निर्वाचन परिचालन कमिटीको कार्यालय उद्घाटन

310727598_178632258505346-1665750598.jpg

 

थाहानगर/२८ असोज आशन्न निर्वाचनका लागि नेकपा एमालेका प्रतिनिधि सभा सदस्य महेश बर्तौलाले स्थानीय निर्वाचनका प्रत्यासी उमेदवारहरुलाई घोषणा पत्र सुरक्षित राख्न आग्रह गर्नु भएको छ । शुक्रबार मकवानपुर २ नम्बरको क अन्तर्गतको निर्वाचन परिचालन कमिटीको कार्यालय उद्घाटन कार्यक्रममा उमेदवार बर्तौलाले आउदो निर्वाचनमा एमालेको जित सुनिश्चित भएको भन्दै स्थानीय निर्वाचनमा पराजित भएका प्रत्यासीहरुले जनतासङ्ग बाचा गरेका कामहरु अब प्रदेश र संघीय सरकार मार्फत पूरा गरिने बताउनु भयो । बर्तौलाले आफू निर्वाचित भएपछि पनि भूगोलमै रहेर जनताका दु:ख सुखमा सधैं सामेल हुने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि एमाले केन्द्रीय सल्लाहकार तथा बागमती प्रदेशका प्रथम मूख्यमन्त्री डोरमणी पौडेलले ५० वर्षमा पनि कसैले गर्न नसकेका कामहरु एमालेले गरेको हुँदा कामहरुको फेहरिस्त लिएर जनताका बीचमा जान आगह गर्नुभयो । जिल्ला निर्वाचन परिचालन कमिटीका संयोजक अनन्त पौडेलले केन्द्रीय नीति अनुसार एक सदस्यले पाँच भोट सुरक्षित गरि २ मत बढाउने रणनीति अनुसार काम गर्न आग्रह गर्नुभयो । प्रदेश निर्वाचन कमिटी क का अध्यक्ष बलराम बलको सभाध्यक्षतामा भएको कार्यक्रमले विभिन्न कमिटीहरु गठन गरेको छ । कार्यक्रमले बिदुर हुमागाईको संयोजकत्वमा आर्थिक कमिटी, सुरेन्द्रमान प्रधानको संयोजकत्व प्रचार प्रसार कमिटी, बिजयश्याम अमात्यको संयोजकत्वमा निर्वाचन साँस्कृतिक कमिटी गठन गरेको छ । कार्यक्रमसहित भएको बैठकले तिहार अघिसम्मको कार्यतालिका पनि निर्माण गरेको प्रदेश क का सचिव पार्वती रानाले बताउनु भयो । 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...