pani-1786865868.jpg
Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

निर्वाचनमा अन्तरघात गर्नेलाई क्षमा हुदैन:-केन्द्रिय सदस्य सन्तोष बिष्ट

IMG_20220723_123841_859-1658584992.jpg

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य सन्तोष बिष्टले स्थानीय निर्वाचनमा थाहा नगरमा पार्टीका उमेदवार लाई घात अन्तर्घात गर्नेहरूलाई क्षमादान दिन कुनै हालतमा नसकिने बताउनुभएको छ।आज बिकास घर शिखरकोटमा आयोजित नेकपा माओवादी थाहा नगर कमिटीको चुनावी समिक्षा बैठकलाई सम्बोधन गर्दै बिष्टले उक्त भनाइ राख्नु भएको हो।
      बिष्टले चुनाबमा पार्टीको केन्द्रिय नीति तथा बिधान बिपरित जाने जो कोहिलाइ नछाड्ने बताउदै थाहा नगरमा पनि सोही नियम लागुहुने बताए।बिष्टले समाजबादको यात्रा चुनाव नभएको बताउदै चुनावलाई समाजबाद सम्म पुग्ने प्रक्रियाको रुपमा लिन आग्रह गरे साथै वहाँले माओवादीको नीति बिस्तारै अरु दलले आत्मसात गर्दै आफ्नो पार्टीको मुल नारा बनाइ राजनीतिमा अगाडि बढेको र तेस्को उदाहरण राप्रपा र रबि लामिछानेको स्वतन्त्र दलले पुर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख आफ्नो दलको नारा बनाउनु रहेको बताउदै उक्त एजेन्डा माओवादीले अहिलेसम्म नछाडेको बताउनुभयो।
बैठकमा १२ वटै वडा हरुले आआफ्नो वडाको चुनावी समिक्षा सहित लिखित प्रतिबेदन पेश गरेका थिय।
प्रतिबेदन बुझ्दै नगर अध्यक्ष बिनोद कुमार लामाले प्राप्त प्रतिबेदन माथी गम्भीर रुपमा छलफल तथा अध्ययन हुने बताउदै प्रतिबेदन अध्ययन गर्न प्रदेश सदस्य ज्योति रायमाझीको संयोजकत्वमा छानबिन समिती गठन गरिएको बताए,छानबिन समितिमा थाहा इन्चार्ज बिष्णु बिष्ट आदर्श ,जिल्ला समन्वय समिति सदस्य अरुण रायमाझी ,नगर अध्यक्ष बिनोद कुमार लामा रहेका छन।
समितिले प्राप्त प्रतिबेदन माथी छानबिन गरि चुनावमा अन्तर्घात गर्नेहरुलाइ कारबाहीको सिफारिस गर्नेछ।
लामो समय देखि माओवादी नगर कमिटीले पूर्णता पाउन सकेको छैन।पधाधिकारी चयन गर्न सकेको छैन भने आजको बैठक पनि समिक्षामा नै सिमित भयो।अर्को बैठक साउन २१ गते शनिबार बस्ने तथा तेहि बैठकले पधाधिकारी लगायत अन्य निर्णय गर्न सक्ने एक नेताले बताए।
माओवादी थाहा नगर अध्यक्ष बिनोद कुमार लामाको अध्यक्षतामा सम्पन्न बैठकमा थाहा नगर इन्चार्ज तथा प्रदेश सचिवालय सदस्य बिष्णु बिष्ट आदर्श ,प्रदेश सदस्यद्वय ज्योति रायमाझी ,इन्द्र बहादुर श्रेष्ठ ,जिल्ला समन्वय समितिका सदस्यहरु,पुर्व जनमुक्ति सेना,सहिद परिवार,जेष्ठ कम्युनिस्ट ,जनबर्गिय संघसंगठनका प्रमुख तथा नगर सदस्य र वडा कमिटीका पदाधिकारीको उपस्थिति रहेको थियो।

IMG_20220723_123952_981-1658584996.jpg
IMG_20220723_124712_699-1658585189.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg