jkmv-english-1784299234.jpg
Saturday, 25 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

निर्वाचनमा अन्तरघात गर्नेलाई क्षमा हुदैन:-केन्द्रिय सदस्य सन्तोष बिष्ट

IMG_20220723_123841_859-1658584992.jpg

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य सन्तोष बिष्टले स्थानीय निर्वाचनमा थाहा नगरमा पार्टीका उमेदवार लाई घात अन्तर्घात गर्नेहरूलाई क्षमादान दिन कुनै हालतमा नसकिने बताउनुभएको छ।आज बिकास घर शिखरकोटमा आयोजित नेकपा माओवादी थाहा नगर कमिटीको चुनावी समिक्षा बैठकलाई सम्बोधन गर्दै बिष्टले उक्त भनाइ राख्नु भएको हो।
      बिष्टले चुनाबमा पार्टीको केन्द्रिय नीति तथा बिधान बिपरित जाने जो कोहिलाइ नछाड्ने बताउदै थाहा नगरमा पनि सोही नियम लागुहुने बताए।बिष्टले समाजबादको यात्रा चुनाव नभएको बताउदै चुनावलाई समाजबाद सम्म पुग्ने प्रक्रियाको रुपमा लिन आग्रह गरे साथै वहाँले माओवादीको नीति बिस्तारै अरु दलले आत्मसात गर्दै आफ्नो पार्टीको मुल नारा बनाइ राजनीतिमा अगाडि बढेको र तेस्को उदाहरण राप्रपा र रबि लामिछानेको स्वतन्त्र दलले पुर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख आफ्नो दलको नारा बनाउनु रहेको बताउदै उक्त एजेन्डा माओवादीले अहिलेसम्म नछाडेको बताउनुभयो।
बैठकमा १२ वटै वडा हरुले आआफ्नो वडाको चुनावी समिक्षा सहित लिखित प्रतिबेदन पेश गरेका थिय।
प्रतिबेदन बुझ्दै नगर अध्यक्ष बिनोद कुमार लामाले प्राप्त प्रतिबेदन माथी गम्भीर रुपमा छलफल तथा अध्ययन हुने बताउदै प्रतिबेदन अध्ययन गर्न प्रदेश सदस्य ज्योति रायमाझीको संयोजकत्वमा छानबिन समिती गठन गरिएको बताए,छानबिन समितिमा थाहा इन्चार्ज बिष्णु बिष्ट आदर्श ,जिल्ला समन्वय समिति सदस्य अरुण रायमाझी ,नगर अध्यक्ष बिनोद कुमार लामा रहेका छन।
समितिले प्राप्त प्रतिबेदन माथी छानबिन गरि चुनावमा अन्तर्घात गर्नेहरुलाइ कारबाहीको सिफारिस गर्नेछ।
लामो समय देखि माओवादी नगर कमिटीले पूर्णता पाउन सकेको छैन।पधाधिकारी चयन गर्न सकेको छैन भने आजको बैठक पनि समिक्षामा नै सिमित भयो।अर्को बैठक साउन २१ गते शनिबार बस्ने तथा तेहि बैठकले पधाधिकारी लगायत अन्य निर्णय गर्न सक्ने एक नेताले बताए।
माओवादी थाहा नगर अध्यक्ष बिनोद कुमार लामाको अध्यक्षतामा सम्पन्न बैठकमा थाहा नगर इन्चार्ज तथा प्रदेश सचिवालय सदस्य बिष्णु बिष्ट आदर्श ,प्रदेश सदस्यद्वय ज्योति रायमाझी ,इन्द्र बहादुर श्रेष्ठ ,जिल्ला समन्वय समितिका सदस्यहरु,पुर्व जनमुक्ति सेना,सहिद परिवार,जेष्ठ कम्युनिस्ट ,जनबर्गिय संघसंगठनका प्रमुख तथा नगर सदस्य र वडा कमिटीका पदाधिकारीको उपस्थिति रहेको थियो।

IMG_20220723_123952_981-1658584996.jpg
IMG_20220723_124712_699-1658585189.jpg
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...