jkmv-english-1784299234.jpg
Friday, 24 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

नयाँ जनवादी मोर्चाका संयोजक शम्भु कट्टेल पार्टीबाट निष्कासित

1700580198667-1700580248.jpg

काठमाडौं । करिव २ महिना अघि मोहन वैद्य नेतृत्वको पार्टीबाट अलग्गिएर बनेको  नयाँ जनवादी मोर्चाको दोस्रो बैठकले संयोजक शम्भु कट्टेललाई पार्टीको नीति बिपरित गतिविधि गरेको भन्दै कारवाही स्वरुप संयोजकबाट हटाएको छ । 
मंगलबार जारी एक बिज्ञप्ति जारी गर्दै काट्टेलले संगठनको विचार, नीति, उदेश्य, विधान र संगठनात्मक पद्धतिको विरुद्ध काम गरेको र आन्तरिक गोपनियता विरोधि शक्तिहरुकोमा पु¥याउने गरेको तथ्य र प्रमाण प्राप्त भएको पारतीको संयोजक पदबाट हटाइएको दावी गरिएको छ । 

मंसिर ३ र ४ गते चितवनमा सम्पन्न दोस्रो बैठकले संयोजक कट्टेललाई मंसिर ४ गतेदेखि लागू हुनेगरी सम्पूर्ण जिम्मेवारी सहित संगठनवाट निष्कासन गर्ने निर्णय गर्दै  संयोजकमा अशोक शर्मा र प्रवक्तामा केन्द्रीय सदस्य दिनेश बर्ताैलालाई चयन गरेको छ । 
शर्मा यस अघि उक्त मोर्चाको प्रवक्ता र बतौला बागमती प्रदेश इन्चार्जका रुपमा क्रियाशिल थिए । 

कट्टेललाई अमेरिकी पिआर नत्यागेको, मालेमावाद विरोधी दृष्टिकोण अवलम्वन गरेको र अमेरिकी साम्राज्यवाद पस्त चिन्तन अघि आरोप आरोप लगाइएको छ ।

संयोजक अशोक शर्माद्वारा जारी विज्ञप्तीमा भनिएको छ–‘विगत केही दिन यता संयोजक शम्भु कट्टेलले  अमेरिकी साम्राज्यवादलाई, साम्राज्यवाद भन्न नहुने तर्क सहित उक्त देशलाई सार्वजनिक रुपमा जनवादी व्यवस्थाको रुपमा प्रचार गर्नुको साथै, अमेरिकी कठपुतली इजरायलको सार्वभौमिकताको लागि सार्वजनिक अपिल गर्दै नेपाललाई पश्चिम युरोपियन जीवनशैली र संस्कृतितिर लैजाने गरि विचार संप्रेषण गर्दै आउनु भएको थियो । उहाँको यसप्रकारको अमेरिकी साम्राज्यवादपरस्त चिन्तन पार्टी संगठनको विचार र दृष्टिकोण विपरित भएको ठहर गर्दै स्पष्टीकरणको माग गर्दा समेत उहाँ यसप्रकारका  मालेमावाद विरोधी गलत दृष्टिकोणवाट आत्मसमिक्षा गर्न तयार हुनुभएन  । उहाँसंग रहेको अमेरिकी पिआर ( जसलाई उहाँले छिपाएर राख्नु भएको थियोे ) संगठनात्मक पद्धति विपरित भएको हुँदा त्यसलाई परित्याग गर्न संगठनले दिएको  निर्देशन अस्वीकार गर्नुको साथै अमेरिकी पिआर परित्याग गर्नुभन्दा बरु संगठनमै बस्न नसक्ने बताउदै संगठन विरोधि क्रियाकलापमा लगातार संलग्न हुन थाल्नुभयो । यसको अतिरिक्त अन्य कतिपय संगठनहरुमा समेत उहाँको संलग्नता र आबद्धता रहेको रहस्य खुलेपछि नयाँ जनवादी मोर्चा, नेपाल बहेकका राजनीतिक संगठनसंगको उहाँको आबद्धता परित्याग गर्न दिएको संगठनको निर्देशनलाई समेत उहाँले अस्वीकार गर्दै पार्टी काममा व्यवधान खडा गर्ने, संगठनको राजनीतिक प्रतिवेदन र विधानको  सार्वजनिक विरोध गर्ने, संगठनको गोपनियता विरोधीहरुमाझ सार्वजनिक गर्ने, संगठन भित्रका सहयात्रीहरुको पिठ्युँ पछाडि  कुरा काट्ने, उनीहरुको सार्वजनिक चरित्र हत्या गर्ने जस्ता उहाँका शंकास्पद गतिविधिहरु सतहमा देखा पर्न थाले।’
विज्ञप्तीमा भनिएको छ, ‘यसप्रकारका संगठनात्मक अनुशासन विपरितका प्रायोजित गतिविधिहरुको वारेमा बैठकका एजेन्डा बन्ने थाहा पाएपछि आफ्नै सहमतिमा आयोजना गरिएको बैठकलाई समेत बहिस्कार गरि स्वेच्छाचारी तथा चरम व्यक्तिवादी ढंगले विधान र बैधानिक प्रक्रिया विपरित वक्तव्यबाजि गर्दै हिड्न थाल्नु भयो। संगठनको बैठकले संयोजक स्वयंले यसरी संगठनको बैठक बहिस्कार गर्नु तथा  संगठनको हितविपरित गतिविधिमा संलग्न हुनु संगठन विरोधी गतिविधि भएको ठहर गरेको छ ।’
बैठकले संगठनको विधानको धारा ३ को ’ङ’ र ’छ’ अनुरुप सदस्यको जिम्मेवारी र दायित्व पूरा नगरेको तथा संगठन विरोधी गतिविधि र क्रियाकलापमा संलग्न भएको  आरोप लगाएको छ । 
प्रवक्त बर्तौलाका अनुसार विधानको धारा ६ को ’छ’ अनुसार पछाडि कुरा काट्ने तथा कुरा चुहाउने( गोपनियता भंग गर्ने) प्रवृत्तिलाई निषेध गर्नपर्ने बैधानिक व्यवस्था भएको हुदा  विधानको धारा ७ को ’ च’ ले व्यवस्था गरेको  वैधानिक प्रावधान प्रयोग गरि नयाँ जनवादी मोर्चा, नेपालका संयोजक शम्भु कट्टेललाई मिति २०८० मंसिर ४ गतेवाट लागू हुनेगरी सम्पूर्ण जिम्मेवार सहित संगठनवाट निष्कासन गर्ने निर्णय गरिएको हो   । 
५१ सदस्यीय केन्द्रीय समितिमा दुई तिहाई भन्दा बढि सदस्यको उपस्थितिमा कट्टेललाई निष्कासन गर्ने  सर्वसम्मत निर्णय गरेको बताइएको छ । 

यता कट्टेलले भने मंसिर २ गते नै मोर्चाका गतिविधि विपरित काम गरेकाले संयोजकको हैसियतले आफुले शर्मा र बर्तौलालाई कारवाही गरिसकेको र उक्त बैठक अवैधानिक भएको दावी गरेका छन् ।

1700580202967-1700580248.jpg
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...