pani-1786865868.jpg
Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

थाहा र आसपासका पालिकाहरुको साझा उमेदवार बन्न चाहन्छु :- बिष्णु प्रसाद ढकाल,

312116786_429991145955078-1666439738.jpg

नेकपा एमाले मकवानपुर प्रदेश २ क को उमेदवार बिष्णु प्रसाद ढकालले अरु दलको पाहुना उमेदवार भएको कारण थाहा नगरको र प्रदेश २ क को लागि आफू साझा उमेदवार भएको बताउनुभयो । आज थाहा नगरपालिकाको विभिन्न वडामा भएको कार्यकर्ता भेटघाट तथा घर दैलो कार्यक्रम लाई सम्बोधन गर्ने क्रममा ढकालले उक्त कुरा बताएका हुन । ढकालले प्रदेश सरकार मार्फत युवा रोजगार तथा सामाजिक सुरक्षाका कार्यक्रमहरुलाई महत्व दिएर काम गर्ने बताउनु भएको छ । साथै वहाँले राष्ट्रियता बचाउनको निम्ति पनि एमालेको जितको आवश्यकता रहेको औल्याउनु भयो। एमाले थाहा ३,८,९,र १० न वडा कमिटीको आयोजनामा शनिबार भएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उमेदवार ढकालले बेरोजगारी नै मूख्य समस्या रहेकोले प्रदेश सरकारले युवा लक्षित कार्यक्रमहरु तयार गरि गाउँगाउँमा पुर्‍याउने वचन दिए । आफू यहि क्षेत्रको भएकोले साना साना आवश्यकताहरुको पहिचान गरि कार्यान्वयनमा जोड दिने बताउनु भयो । ढकालले प्रतिनिधि सभा सदस्यमा एमालेका युवा उमेदवार महेश बर्तौला र आफू मिलेर क्षेत्रको विकास गर्ने बताउनु भयो ।वडा कमिटीका अध्यक्ष हरुको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सदस्य श्यामभक्त श्रेष्ठ,वरिना बल, जिल्ला सदस्य तथा थाहानगर सह-इञ्चार्ज सुरेन्द्रमान प्रधान, प्रदेश पर्यटन विभाग सदस्य बिमलकुमार ढकाल, पार्टी जिल्ला सदस्य शिवराम थापा, नगर अध्यक्ष अचुतम प्रसाद ढकाललगायतको सहभागिता थियो । 

查看照片

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg