pani-1786865868.jpg
Saturday, 24 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

थाहामा जनतासंग माओवादी बिशेष रुपान्तरण अभियान"को लागि जिम्मेवारी तोकियो(कुन नेता कुन वडामा?)

FB_IMG_1693408223506-1693408247.jpg

थाहा नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको तीन महिने अभियानको पहिलो चरणको लागि बिस्तारित बैठक सम्पन्न भएको छ ।

“जनतासँग माओवादी विशेष रुपान्तरण अभियान” को तयारीका लागि आज (बुधबार) थाहा नगर बिस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । नेकपा माओवादी केन्द्रको विशेष रुपान्तरण अभियान कार्यक्रम भाद्र १६ गतेबाट एक साथ देशभरी सुरु गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रका केन्द्रिय उपमहासचिव गिरिराजमणि पोखरेलले जानकारी दिनुभएको छ ।

थाहा नगरपालिकाको बिस्तारित बैठकको प्रशिक्षणलाई सम्बोधन गर्दै प्रमुख अतिथी पोखरेलले माओवादी पाटीलाई देश र जनताको पक्षमा बनाउन तीन महिने अभियानले सहयोग पुग्ने बताउदै तोकिएको जिम्मेवारी पुरा गर्न नेताहरुलाई आग्रह गर्नुभएको थियो । उहाँले सरकारले गरेका राम्रा कामलाई प्रचार गर्न जनताको घरघरमा पुग्न नेताहरुलाई आग्रह गर्नुभएको थियो । नेता पोखरेलले केन्द्रिय समितिले निर्देशन गरेको परिपत्रलाई कार्यान्वयन गर्न पालिका र वडा कमिटीलाई आग्रह गर्नुभयो ।

थाहा नगरमा अभियानको पहिलो चरणका कार्यक्रमहरु तयारी बैठक, भेटघाट लाई तिब्र पारिएको उपत्यका बिशेष प्रदेश उपाध्यक्ष तथा अभियानका थाहा इन्चार्ज प्रकाश चन्द्र पाण्डेले जानकारी दिनुभयो । “घर–घरमा माओवादी, जन–जनमा माओवादी” भन्ने नारा दिएर पार्टी नेताहरुलाई अन्तर वडाहरुमा पठाएको छ । पार्टीलाई नविकरण र विस्तारको माध्यमबाट पार्टी सदस्यता संख्या बढाउन सबै जन वर्गिय संगठन तथा मोर्चाका नेताहरुलाई वडा तथा टोल–टोलमा खटाईएको थाहा नगर अध्यक्ष बिनोद लामाले बताउनुभयो । 

तेसै गरि थाहा नगरपालिका बाट जिल्लामा प्रतिनिधित्व गर्ने नेताहरुलाइ थाहाको १२ वटै वडामा जिम्मेवारी तोकिएको छ। तोकिएको जिम्मेवारी पाउने हरुमा वडा न १ मा जिल्ला समन्वय समिती सदस्य जयराम रायमाझी ,वडा न २ मा बिष्णु बिष्ट आदर्श,वडा न ३ मा तारा सिन्तान,वडा न ४ मा अरुण रायमाझी ,वडा न ५ मा सुवर्ण गोपाली,वडा न ६ मा कृष्ण कार्की ,वडा न ७ मा सनम सिं मोक्तान,वडा न ८ मा विनायक गोले,वडा न ९ मा प्रलोक पाण्डे ,वडा न १० मा लक्ष्मण बिष्ट ,वडा न ११ मा बिनोद लामा ,र वडा न १२ मा मंगल बहादुर तामाङ लाई जिम्मेवारी तोकिएको छ भने पार्टीका जबज मोर्चा र वाइसीएल लाई तेहि अनुरुपको जिम्मेवारी तोकिएको छ। माओवादी थाहाले वडा कमिटीमा रहनुभएका नेता तथा कार्यकतालाई अभियानमा हुने बैठक, भेला, प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सहभागि हुन अनुरोध समेत गरेको छ।

https://youtu.be/IHmGPHrbr8s?si=uajESlmUadAycoCm

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg