himalen-2083-1778725505.jpg
Saturday, 30 May, 2026
jkmv2083-1778723862.jpg

राजनीति

थाहामा जनतासंग माओवादी बिशेष रुपान्तरण अभियान"को लागि जिम्मेवारी तोकियो(कुन नेता कुन वडामा?)

FB_IMG_1693408223506-1693408247.jpg

थाहा नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको तीन महिने अभियानको पहिलो चरणको लागि बिस्तारित बैठक सम्पन्न भएको छ ।

“जनतासँग माओवादी विशेष रुपान्तरण अभियान” को तयारीका लागि आज (बुधबार) थाहा नगर बिस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । नेकपा माओवादी केन्द्रको विशेष रुपान्तरण अभियान कार्यक्रम भाद्र १६ गतेबाट एक साथ देशभरी सुरु गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रका केन्द्रिय उपमहासचिव गिरिराजमणि पोखरेलले जानकारी दिनुभएको छ ।

थाहा नगरपालिकाको बिस्तारित बैठकको प्रशिक्षणलाई सम्बोधन गर्दै प्रमुख अतिथी पोखरेलले माओवादी पाटीलाई देश र जनताको पक्षमा बनाउन तीन महिने अभियानले सहयोग पुग्ने बताउदै तोकिएको जिम्मेवारी पुरा गर्न नेताहरुलाई आग्रह गर्नुभएको थियो । उहाँले सरकारले गरेका राम्रा कामलाई प्रचार गर्न जनताको घरघरमा पुग्न नेताहरुलाई आग्रह गर्नुभएको थियो । नेता पोखरेलले केन्द्रिय समितिले निर्देशन गरेको परिपत्रलाई कार्यान्वयन गर्न पालिका र वडा कमिटीलाई आग्रह गर्नुभयो ।

थाहा नगरमा अभियानको पहिलो चरणका कार्यक्रमहरु तयारी बैठक, भेटघाट लाई तिब्र पारिएको उपत्यका बिशेष प्रदेश उपाध्यक्ष तथा अभियानका थाहा इन्चार्ज प्रकाश चन्द्र पाण्डेले जानकारी दिनुभयो । “घर–घरमा माओवादी, जन–जनमा माओवादी” भन्ने नारा दिएर पार्टी नेताहरुलाई अन्तर वडाहरुमा पठाएको छ । पार्टीलाई नविकरण र विस्तारको माध्यमबाट पार्टी सदस्यता संख्या बढाउन सबै जन वर्गिय संगठन तथा मोर्चाका नेताहरुलाई वडा तथा टोल–टोलमा खटाईएको थाहा नगर अध्यक्ष बिनोद लामाले बताउनुभयो । 

तेसै गरि थाहा नगरपालिका बाट जिल्लामा प्रतिनिधित्व गर्ने नेताहरुलाइ थाहाको १२ वटै वडामा जिम्मेवारी तोकिएको छ। तोकिएको जिम्मेवारी पाउने हरुमा वडा न १ मा जिल्ला समन्वय समिती सदस्य जयराम रायमाझी ,वडा न २ मा बिष्णु बिष्ट आदर्श,वडा न ३ मा तारा सिन्तान,वडा न ४ मा अरुण रायमाझी ,वडा न ५ मा सुवर्ण गोपाली,वडा न ६ मा कृष्ण कार्की ,वडा न ७ मा सनम सिं मोक्तान,वडा न ८ मा विनायक गोले,वडा न ९ मा प्रलोक पाण्डे ,वडा न १० मा लक्ष्मण बिष्ट ,वडा न ११ मा बिनोद लामा ,र वडा न १२ मा मंगल बहादुर तामाङ लाई जिम्मेवारी तोकिएको छ भने पार्टीका जबज मोर्चा र वाइसीएल लाई तेहि अनुरुपको जिम्मेवारी तोकिएको छ। माओवादी थाहाले वडा कमिटीमा रहनुभएका नेता तथा कार्यकतालाई अभियानमा हुने बैठक, भेला, प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सहभागि हुन अनुरोध समेत गरेको छ।

https://youtu.be/IHmGPHrbr8s?si=uajESlmUadAycoCm


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

थाक्रे–७को ढुङ्गा खानीमा मृत्यु प्रकरणले त्रिभुवन राजमार्ग अवरुद्ध,आशिका तामाङ पनि पुगिन
InShot_20260523_135114427-1779523599.jpg

धादिङ,९ जेठ – धादिङको थाक्रे गाउँपालिका वडा नं. ७ स्थित बज्रकाली रोडा ढुङ्गा उद्योगमा त्रासमय घटना भएको छ।...

रास्वापा थाहा नगर वडाः ४ को नयाँ कमिटी गठन:-हेर्नुस को को छन?
FB_IMG_1779522224539-1779522388.jpg

थाहा नगरपालिका,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) को ४ न वडा अधिवेशन सम्पन्न भएको छ। थाहा नगर सभापति श्री...

संसद् पुग्यो थाहा नगरमा फलेको आलुको भाउ, सांसद् उप्रेती भन्छन्-‘आलुकै भात, आलुकै तरकारी’
InShot_20260519_151146898-1779182836.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रशान्त उप्रेतीले मकवानपुरका सडकको अवस्था खराब रहेको बताएका छन्...

khane-1774766593.png