pani-1786865868.jpg
Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थानकोट–चित्लाङ सडक चाडै निर्माण सम्पन्न गर्न ध्यानाकर्षण
अर्थ र भौतिक योजना मन्त्रालय सकारात्मक

थानकोट चित्लाङ सडक गणेशमान सिङ राजमार्ग  लाई प्रयाप्त बजेट विनियोजन गरि निर्माण सम्पन्न गराउन अर्थ तथा भौतिक योजना मन्त्रालयले  सकारात्मक तत्परता देखाएका छन । 
थानकोट चित्लाङ सडक गणेशमान सिङ राजमार्ग  लाई सम्पन्न गर्नको निम्ति थाहा नगरपालिका र चन्द्रागीरी नगरपालिकाले भौतिक पुर्वाधार तथा बिकास मन्त्रालय र अर्थ मन्त्रालय पुगि सडक निर्माण छिटो सम्पन्न गर्न अनुरोध गरे पछि दुबै मन्त्रालयले बजेट विनियोजन गर्ने बताएका हुनु । 
श्रावण १७ गते मन्त्रालय पुगेका थाहा नगर प्रमुख बिष्णु बिष्ट तथा चन्द्रागिरी नगर प्रमुख घनश्याम गिरीको संयुक्त टोलिले आ–आफ््नो पालिकाको तर्फबाट अनुरोध गर्दै दुवै पालिका प्रमुखले भौतिक पुर्वाधार बिकास मन्त्री मोहम्मद इस्तियाक राई तथा अर्थ मन्त्री जनार्दन शर्मा सहित मन्त्रालयका उच्च अधिकारी समक्ष सडक निर्माण तत्काल थाल्न अनुरोध गरे का हुन ।


थानकोट चित्लाङ गणेशमान मार्ग निर्माण थालनी भएको ५०औं बर्ष बितिसक्दा पनि पुर्णता नपाउदा स्थानीयले यथोचित लाभ प्राप्त गर्न नसकेको तथा मकवानपुरको भिमफेदी बाट मानिसले मोटर बोकेर काठमाडौ ल्याउने ऐतिहासिक बाटो अहिले सम्म निर्माण कार्य सम्पन्न नहुनु बिडम्बना भएको चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले बताए, गिरीले २०७२ सालमा बिस्तृत परियोजना प्रतिबेदन तयारपारी छुट्टै परियोजना कार्यालय स्थापना गरेर राजमार्गको मापदण्ड अनुसार निर्माण थालनी गरियतापनि डिपिआर अनुसार १५ महिनामा सक्नुपर्ने काम ७ बर्ष सम्म नसकिदा दुख लागेको बताउदै डिपिआरको पुनरावलोकन गरि लागत स्टमेट तयार पारी बजेट प्रबन्ध गरेर तत्काल निर्माण सम्पन्न गर्न अनुरोध गरेका थिए । 
त्यसैगरी थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले सरकारले ५० औ बर्ष देखि गरेको लगानिको प्रतिफल आउने अबस्था निर्माण भएको हुँदा यस्लाइ तत्काल निर्माण सम्पन्न गरेर संघिय राजधानी देखि प्रदेश राजधानी हेटौंडा सम्मको यात्रा दुरी छोट्याइ राजधानी काठमाडौ लाई दैनिक रुपमा आबश्यक पर्ने करिब ४० प्रतिशत ताजा तरकारी आपूर्ति गर्ने क्षेत्र थाहा नगर,इन्द्रसरोवर,भिमफेदी,कैलाश बाट दुरि घट्न गै उत्पादन र उपभोक्ता दुबै लाभान्वित हुने तथा इन्धन बचत बाट राष्ट्रनै लाभान्वित हुने हुदा उक्त सडकको चाडै निर्माण सम्पन्न गर्न दुबै मन्त्रीको ध्यानाकर्षण गराएको बताए । 


चन्द्रागिरी नगरपालिका र थाहा नगरपालिकाको संयुक्त बैठकले यो परियोजना यसै आर्थिक बर्षमा सम्पन्न गर्न आबश्यक सबै प्रकारको प्रयास र सहयोग गर्न अर्थ मन्त्री जनार्दन शर्मा सङ्गपनि भेटघाट गरेका छन् । 
भेटमा चित्लाङ थानकोट सडक लाई बजेट बिनियोजन गर्न अर्थ मन्त्री शर्मा सकारात्मक रहेको भेटघाटमा सहभागी नेकपा माओवादी केन्द्रका बाग्मती प्रदेश सदस्य इन्द्र श्रेष्ठले थाहापाटी लाई जानकारी दिए । 
नेता श्रेष्ठका अनुसार थानकोट चित्लाङ गणेशमान मार्ग को डिपिआर पुनारोवलोकन गर्न तथा डिपिआर अनुसार बजेट स्टमेट गर्न दुबै मन्त्रालयका मन्त्री हरु तथा उच्च अधिकारीहरु सकारात्मक रहेको जानकारी दिए । 
भेटघाटमा अर्थ मन्त्री जनार्दन शर्मा ,भौतिक पुर्वाधार मन्त्री मोहम्मद इस्तियाक राई ,काठमाडौ १० का सांसद राजन केसि ,सांसद कृष्ण गोपाल श्रेष्ठ ,राष्ट्रिय सभाका निवर्तमान सदस्य तथा माओवादी नेता रामनारायण बिडारी,भौतिक पुर्वाधार बिकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल,सडक बिभागका महानिर्देशक अर्जुन जंग थापा,नेपाली काङ्ग्रेसका नेता जयराम लामिछाने ,नेकपा माओवादी केन्द्रका बागमती प्रदेश सदस्य ईन्द्र बहादुर श्रेष्ठ ,माओवादी नेता बिष्णु हरी ढकाल जंगली ,थाहा ९ का वडा अध्यक्ष राजकुमार बलामी र थाहा ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझीको उपस्थिति रहेको थियो । 

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...