pani-1786865868.jpg
Saturday, 24 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

थाक्रे गाउँपालिकाको सरकारी गाडी मिसन ग्रासरुटमा!

CamScanner-०३-२७-1679909181.jpg

धादिङको थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य हाल अमेरिका छन्। उनी चढ्ने बा.२झ ३६४१ नम्बरको पालिकाको गाडी उत्तरी धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा उनका छोरा रमेश आचार्यले नेकपा एमालेको मिसन ग्रासरुट : पार्टी सुदृढीकरण तथा विस्तार अभियानभरि प्रयोग गरे। गत शनिबार पनि पालिकाकै गाडी लिएर दिनभर उनी दौडधुपमा देखिए र आइतबार पनि उत्तरी धादिङमै व्यस्त रहे। 
यसबारे उनीसँग जिज्ञासा राख्दा उनले सरकारी गाडी दुरुपयोग नगरेकाे दाबी गर्दै भने, ‘मैले पालिकाको सरकारी गाडी चढेको छैन। मैले कहाँ पालिकाको गाडी चढ्नु।’ 
आफूले सरकारी गाडीको दुरुपयोग नगरेको दाबी गरिरहँदा सामाजिक सञ्जालमा उनले प्रयोग गरिरहेको पालिकाको गाडीको तस्बिर भाइरल भइसकेको थियो। ती तस्बिर के हुन् त ? भन्ने प्रश्नमा उनले भने, ‘नेकपा एमालेका केन्द्रीय सदस्य कैलाश ढुंगेललाई लिएर गएको हो। कार्यक्रममा सहभागी भए पनि मैले पालिकाको गाडी दुरुपयोग गरेको छैन।’ 
पालिकाको गाडी लिएर चैत १० गते नेत्रावती गएका चालक सीताराम सुवेदी १२ गते फर्किएको बताउँछन्। यसअघि पनि अध्यक्षका छोरा रमेश आचार्यले पटक–पटक पालिकाको गाडी लिएर पार्टीकाे काममा हिँड्ने गरेको स्थानीयले बताए।

पालिकाको गाडी कसले, कहिले र कहाँ लगेको आफूलाई कुनै जानकारी नभएको कार्यवाहक अध्यक्ष एवं थाक्रे गाउँपालिकाका उपाध्यक्ष यन्त्रबहादुर थापाले बताए। 
उनले भने, ‘पालिकामा आउँदा अफिसमा गाडी देखिनँ । गाडी नदेखेपछि चालकलाई फोन गरेँ, उत्तरतिर छु भन्यो । अध्यक्षज्यूले केही भन्नुभएन । दुई-तीन दिनदेखि गाडी छैन। अनुगमनमा जाँदासमेत म आफ्नै गाडी प्रयोग गर्छु । गाडी चाहिएरभन्दा पनि अफिसमा गाडी नदेखेर फोन गर्दा अरूले प्रयोग गरेको जानकारी पाएँ। के रहेछ बुझेर अगाडि बढ्छु।’ 
यसबारे प्रश्न गर्दा कार्यपालिकाको बैठक बसेर सरकारी सम्पत्तिको दुरुपयोग गर्नेलाई कारबाही गर्ने थाक्रे गाउँपालिकाका प्रवक्ता अमितकुमार घलेले बताए।

‘सरकारी गाडीमा पार्टीको झन्डा हालेर उत्तरी धादिङ नेत्रावती गएको रहेछ, पछि थाहा भयो। अध्यक्ष अमेरिका जानुभएको एक साताजति भयो । गाडी उता लगेको हामीलाई थाहै थिएन । अध्यक्षकै छोराले सरकारी गाडी लिएर पार्टीको कार्यक्रममा गएको मैले वडाध्यक्षहरू, पालिका उपाध्यक्षलाई जानकारी गराएँ । सामाजिक सञ्जालमा हालेको रहेछ,’  उनले भने, ‘अफिसको तलब खाने गरी प्राइभेट चालक राखेको छ । कतिखेर कहाँ लान्छ थाहै हुँदैन । किन, कसरी गयो, स्पष्टीकरण कसले दिने हो । चालकलाई कारबाही गर्नुपर्ने हो कि कसलाई गर्ने हो। प्रवक्ता म, उनीहरू भित्र के–के गर्छन् मलाई नै थाहा हुँदैन । तलब पालिकाको खाने, काम अन्यत्रै गरेको भेटियो । अध्यक्ष यहाँ हुनुहुन्न । यो कुरा आपत्तिजनक छ, हामी छानबिन गर्दै छौँ । तत्काल बैठक बसेर तत्कालै कारबाहीको माग राखेका छौँ । सरकारी गाडीको यसरी दुरुपयोग गर्नेलाई कारबाही हुन्छ।’ 
पालिकाका उपाध्यक्ष, प्रवक्तालाई मात्र होइन, पालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बराललाई पनि पालिकाको गाडी रमेश आचार्यले लिएर हिँडेको पत्तो छैन। उनले भने, ‘अध्यक्षज्यूले चढेर हिँड्नुहुन्थ्यो। अहिले उहाँ नेपाल हुनुहुन्न, कता दिएर जानुभयो। कसले प्रयोग गरेको छ? जानकारी भएन’ 

सार्वजनिक बिदाका दिन सरकारी गाडी प्रयोगमा कानुनले रोक लगाएको छ। कार्यालय प्रयोजनमा चलाउनैपर्दासमेत सम्बन्धित निकायबाट पास लिनुपर्छ । तर, बिदाको दिन गाडी चलाउने भनेर थाक्रे गाउँपालिकाबाट पासका लागि अनुमति नलिएको निमित्त प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए। नयाँपत्रीका बाट,

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg