pani-1786865868.jpg
Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

तीन तहमै चुनावी गठबन्धनमा देउवाको जोड, विपक्षमा नबोल्न निर्देशन

Sher-bahadur-Dauba-1646911345.jpg

प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन तीनै तहको निर्वाचनमा मिलेर जानुपर्ने बताएका छन् । नेपाली काँग्रेस पर्साको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई प्रमाणपत्र वितरण समारोहमा देउवाले गठबन्धन अहिलेको आवश्यकता भएको बताएका छन् । 

करिब ७ मिनेट भाषण गरेका प्रधानमन्त्री देउवाले अधिकांश समय गठबन्धनको आवश्यकता औंल्याए । काँग्रेसमा शेखर कोइराला पक्षले चुनावी गठबन्धनको विपक्षमा अभिव्यक्ति दिरहेका बेला देउवाको यस्तो अभिव्यक्ति आएको हो ।

महामन्त्री गगन थापा, उपसभापति धनराज गुरुङ र शेखर कोइराला लगायतले गठबन्धन गर्न नहुने बताइरहँदा पहिलो पटक सर्वाजनिक अभिव्यक्ति रुपमा यस्तो निर्देशन पनि दिएका छन् । एक महिने चुनावी अभियानका ७७ वटा जिल्लामा प्रतिनिधिका रुपमा खटाइएका केन्द्रीय सदस्यलाई प्रशिक्षण दिँदा पनि देउवाले गठबन्धनका नेताको मनमा चिसो पस्ने गरी अभिव्यक्ति नदिन निर्देशन दिएका थिए । 

देउवाले सार्वजनिक कार्यक्रमबाटै पार्टीभित्रका चुनावी गठबन्धन विरोधी अभिव्यक्ति नदिन आग्रह गरेका हुन् । ‘हाम्रा साथीहरुको बोलीले गठबन्धनका साथीहरुलाई चिसो पस्ने कुरा गर्नु हुँदैन । गठबन्धनका साथीहरुलाई बेवास्ता गर्ने कुरा छैन ।’

 ०७४ को आम चुनावको परिणाम स्मरण गराउँदै देउवाले गठबन्धन मिलेर जानुपर्ने बताए । ‘हामीले सबैको सहयोग लिएर जानुपर्छ । ७४ को चुनावमा हाम्रो हालत के थियो रु हामी सबै ठाउँमा चुनाव हारेका थियौं ।’

सत्ता गठबन्धन मिलेर जाँदा स्थानीय तह, प्रदेश र केन्द्रमा फेरि सरकार बनाउन सकिने देउवाको भनाइ थियो । ‘अहिले गठबन्धनको सरकार छ । यो गठबन्धन मिलेर चुनाव लड्दा स्थानीय तहदेखि प्रदेश र केन्द्रमा पनि फेरि हाम्रो सरकार बनाउन सक्छौं ।’

अहिलेको संविधान अनुसार कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने उनको बुझाइ छ । ‘कसै न कसै पार्टीसँग मिल्नुपर्ने आवश्यकता छ । त्यसैले गठबन्धनका साथीहरुको सहयोगले सरकारमा बसेको हो । प्रधानमन्त्री भएको छु,’ देउवाले भने, ‘गाउँमा जिल्ला केही समस्या होलान् । त्यसलाई कुरा गरेर मिलाउनुपर्छ ।’

यो कुरा काँग्रेसका नेताहरुले बुझ्नुपर्ने प्रधानमन्त्रीले बताए । उनले भने, ‘नेताहरु सबै बुझ्ने हुनुहुन्छ । सबै नेताले बुझ्नुपर्छ । गठबन्धनलाई हामीले एक साथ लागौं ।’द मुलुक, प्रजातन्त्र र काँग्रेसका लागि पनि गठबन्धन आवश्यक रहेको देउवाको दाबी छ । ‘त्यस कारण हाम्रा बोली भाषाले गठबन्धनका साथीहरुलाई चिड्याउने काम छैन ।’

देउवाले एमाले विभाजन भएपनि सशक्त नै रहेको पनि पार्टीका नेताहरुलाई स्मरण गराए । उनले भने, ‘अर्कोतिर विपक्षी ओलीको एमाले पार्टी छ । उ सिद्धिएको छैन, उ सशक्तै छ ।’ 

त्यसैले गठबन्धनका सम्बद्ध दलका नेता कार्यकर्तालाई सशंकित बनाउने भन्दा मिलेर जाने कुरामा लाग्न प्रधानमन्त्री देउवाले निर्देशन दिए । ‘स्थानीय चुनाव आएको छ । कहाँ कहाँ सकिन्छ रु कहाँ कहाँ सकिँदैन रु मिलाउनुपर्छ । तर गठबन्धनका साथीहरुलाई सशंकित पारेर काम छैन ।’ सबै पार्टीको सहयोगले एमसीसी पास भएको देउवाले बताए ।
 

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg