jkmv-english-1784299234.jpg
Monday, 27 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

तीन तहमै चुनावी गठबन्धनमा देउवाको जोड, विपक्षमा नबोल्न निर्देशन

Sher-bahadur-Dauba-1646911345.jpg

प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन तीनै तहको निर्वाचनमा मिलेर जानुपर्ने बताएका छन् । नेपाली काँग्रेस पर्साको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई प्रमाणपत्र वितरण समारोहमा देउवाले गठबन्धन अहिलेको आवश्यकता भएको बताएका छन् । 

करिब ७ मिनेट भाषण गरेका प्रधानमन्त्री देउवाले अधिकांश समय गठबन्धनको आवश्यकता औंल्याए । काँग्रेसमा शेखर कोइराला पक्षले चुनावी गठबन्धनको विपक्षमा अभिव्यक्ति दिरहेका बेला देउवाको यस्तो अभिव्यक्ति आएको हो ।

महामन्त्री गगन थापा, उपसभापति धनराज गुरुङ र शेखर कोइराला लगायतले गठबन्धन गर्न नहुने बताइरहँदा पहिलो पटक सर्वाजनिक अभिव्यक्ति रुपमा यस्तो निर्देशन पनि दिएका छन् । एक महिने चुनावी अभियानका ७७ वटा जिल्लामा प्रतिनिधिका रुपमा खटाइएका केन्द्रीय सदस्यलाई प्रशिक्षण दिँदा पनि देउवाले गठबन्धनका नेताको मनमा चिसो पस्ने गरी अभिव्यक्ति नदिन निर्देशन दिएका थिए । 

देउवाले सार्वजनिक कार्यक्रमबाटै पार्टीभित्रका चुनावी गठबन्धन विरोधी अभिव्यक्ति नदिन आग्रह गरेका हुन् । ‘हाम्रा साथीहरुको बोलीले गठबन्धनका साथीहरुलाई चिसो पस्ने कुरा गर्नु हुँदैन । गठबन्धनका साथीहरुलाई बेवास्ता गर्ने कुरा छैन ।’

 ०७४ को आम चुनावको परिणाम स्मरण गराउँदै देउवाले गठबन्धन मिलेर जानुपर्ने बताए । ‘हामीले सबैको सहयोग लिएर जानुपर्छ । ७४ को चुनावमा हाम्रो हालत के थियो रु हामी सबै ठाउँमा चुनाव हारेका थियौं ।’

सत्ता गठबन्धन मिलेर जाँदा स्थानीय तह, प्रदेश र केन्द्रमा फेरि सरकार बनाउन सकिने देउवाको भनाइ थियो । ‘अहिले गठबन्धनको सरकार छ । यो गठबन्धन मिलेर चुनाव लड्दा स्थानीय तहदेखि प्रदेश र केन्द्रमा पनि फेरि हाम्रो सरकार बनाउन सक्छौं ।’

अहिलेको संविधान अनुसार कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने उनको बुझाइ छ । ‘कसै न कसै पार्टीसँग मिल्नुपर्ने आवश्यकता छ । त्यसैले गठबन्धनका साथीहरुको सहयोगले सरकारमा बसेको हो । प्रधानमन्त्री भएको छु,’ देउवाले भने, ‘गाउँमा जिल्ला केही समस्या होलान् । त्यसलाई कुरा गरेर मिलाउनुपर्छ ।’

यो कुरा काँग्रेसका नेताहरुले बुझ्नुपर्ने प्रधानमन्त्रीले बताए । उनले भने, ‘नेताहरु सबै बुझ्ने हुनुहुन्छ । सबै नेताले बुझ्नुपर्छ । गठबन्धनलाई हामीले एक साथ लागौं ।’द मुलुक, प्रजातन्त्र र काँग्रेसका लागि पनि गठबन्धन आवश्यक रहेको देउवाको दाबी छ । ‘त्यस कारण हाम्रा बोली भाषाले गठबन्धनका साथीहरुलाई चिड्याउने काम छैन ।’

देउवाले एमाले विभाजन भएपनि सशक्त नै रहेको पनि पार्टीका नेताहरुलाई स्मरण गराए । उनले भने, ‘अर्कोतिर विपक्षी ओलीको एमाले पार्टी छ । उ सिद्धिएको छैन, उ सशक्तै छ ।’ 

त्यसैले गठबन्धनका सम्बद्ध दलका नेता कार्यकर्तालाई सशंकित बनाउने भन्दा मिलेर जाने कुरामा लाग्न प्रधानमन्त्री देउवाले निर्देशन दिए । ‘स्थानीय चुनाव आएको छ । कहाँ कहाँ सकिन्छ रु कहाँ कहाँ सकिँदैन रु मिलाउनुपर्छ । तर गठबन्धनका साथीहरुलाई सशंकित पारेर काम छैन ।’ सबै पार्टीको सहयोगले एमसीसी पास भएको देउवाले बताए ।
 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...