pani-1786865868.jpg
Saturday, 24 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

ताप्लेजुङमा एमालेका योगेश भट्टराई भन्दा माओवादीका बुढाक्षेत्री अगाडि

taplejung-1665884996.jpg

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पाँच दलीय गठबन्धनको तर्फबाट ताप्लेजुङबाट प्रतिनिधिसभाका उम्मेदवार छन्- माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्री (पराग) । नेकपा एमालेले यो क्षेत्रबाट पार्टी सचिव योगेश भट्टराईलाई प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ ।

भट्टराई २०७४ को प्रतिनिधिसभा चुनावमा ताप्लेजुङबाट विजयी भएका थिए । तर, अहिले परिस्थिति फेरिएको छ । त्यसबेला नेकपा एमाले विभाजित भएको थिएन भने माओवादी केन्द्र पनि एमालेसँगको गठबन्धनमा थियो । अहिले भने एमाले फुटेर बनेको एकीकृत समाजवादी र माओवादी दुवै पाँच दलीय गठबन्धनमा छन् । सोही कारण नेपाली कांग्रेस, एकीकृत समाजवादीलगायत दलको समर्थन पाएका माओवादीका उम्मेदवार बुढाक्षेत्रीलाई पन्छाएर जित निकाल्नु भट्टराईका लागि सहज छैन । बरु बुढाक्षेत्री भट्टराईभन्दा तुलनात्मक रूपमा बलिया प्रतिस्पर्धी बनेका छन् ।

को हुन् बुढाक्षेत्री ?

बुढाक्षेत्री माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् । उनी पहिलोपटक प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार बनेका हुन् । पहिलो पटकमा निर्वाचित हुँदै सांसद बन्ने उनको प्रयासलाई गठबन्धनले सघाएको छ ।

तीन दशकभन्दा बढी समय कम्युनिस्ट आन्दोलनमा बिताएका बुढाक्षेत्री पूर्णकालीन राजनीतिमै सक्रिय भएको पनि दुई दशकभन्दा बढी भइसक्यो ।

उनी जिल्लाको राजनीतिमा स्थापित नेता हुन् । 'पूर्णकालीन राजनीतिक कार्यकर्ता भएर मैले ताप्लेजुङमै कार्यक्षेत्र बनाएर करिब २ दशक बिताएको छु,' बुढाक्षेत्री भन्छन्, 'यहाँका हरेक समस्यासँग परिचित छु । सम्भावनाबारे जानकार छु । जनताका पीर मर्का नजिकबाट नियालेको छु ।'

ताप्लेजुङलाई विकासको बाटोमा द्रूततर गतिमा अघि बढाउन आफू प्रत्यक्षमा उम्मेदवार बनेको उनी बताउँछन् । शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, सिँचाइ, जडिबुटीलगायतको विकास गर्ने तथा सार्वजनिक सेवा सुविधा सुधार गर्ने आफ्नो योजना रहेको बुढाक्षेत्री बताउँछन् ।

'म आफैँ कृषक हुँ । ताप्लेजुङमा किबी फलको खेती भित्र्याउने मै हुँ । यहाँको कृषि क्षेत्रको हरेक समस्या मलाई जानकारी छ,' बुढाक्षेत्री भन्छन्, 'यहाँका थुप्रै भूमिमा सिँचाइको सुविधा पुगेको छैन । किसानहरू समस्यामा छन् । त्यसको पनि समाधान गर्नुपर्ने छ ।' कृषिको उत्पादन बढाएर प्रशोधन र बजारीकरणको उपयुक्त व्यवस्था मिलाउने आफ्नो एजेन्डा रहेको उनी बताउँछन् ।

त्यसो त ताप्लेजुङ जलस्रोतमा धनी जिल्ला हो । हाइड्रोसम्बन्धी कतिपय योजनाहरू सम्पन्न भएका छन्, कति निर्माणाधीन छन् त कति बन्ने चरणमा छन् । जलस्रोतको विकासका लागि उपयुक्त वातावरण तयार पार्ने आफ्नो एजेन्डा रहेको उनी बताउँछन् ।

त्यस्तै ताप्लेजुङका पर्यटकीय गन्तव्यको विकास गर्ने कुरालाई पनि बुढाक्षेत्रीले प्रमुखताका साथ अगाडि सारेका छन् । 'यहाँका महत्त्वपूर्ण पर्यटकीय गन्तव्यको विकास गर्नुपर्नेछ । म सांसद बनेपछि त्यसलाई व्यवस्थित रूपमा अघि बढाउन पहल गर्छु,' उनी भन्छन् ।

सरकारी सेवासुविधामा सुधार गर्नुपर्ने धेरै पक्ष रहेको उनी बताउँछन् । 'यहाँ कर कार्यालय छैन । कर तिर्न पाँचथर पुग्नुपर्ने बाध्यता छ,' बुढाक्षेत्री भन्छन्, 'कर तिर्न जाँदा-आउँदा मात्रै धेरै पैसा खर्च हुने गरेको छ । म निर्वाचित भएपछि ताप्लेजुङमा कर कार्यालय खोल्न पहल गर्छु ।'

शिक्षाको विकासलाई पनि उनले आफ्नो एजेन्डा बनाएका छन् । जिल्लामा बहुप्राविधिक शिक्षालय खोल्ने, विज्ञान विषयको अध्ययन/अध्यापनको व्यवस्था मिलाउनेदेखि विद्यालयहरूलाई स्रोतसाधन उपलब्ध गराउने उनको योजना छ । '२१औँ शताब्दीमा शिक्षाको ठूलो महत्त्व छ । हामी प्राविधिक शिक्षामा अलि पछाडि छौँ । अब त्यस्तो हुनुहुँदैन । हाम्रा सन्ततीले पनि प्राविधिक शिक्षा पढ्ने अवसर पाउनुपर्छ । त्यसको व्यवस्था मिलाउँछु,' उनी भन्छन् ।

केहो जित्ने आधार ? (जहिले पनि जनतासँगै छु)

बुढाक्षेत्री आफूलाई जनताको उम्मेदवार भन्न रूचाउँछन् । उनी जनतासँगको सम्बन्धलाई नै आफ्नो जित्ने आधार रहेको दाबी गर्छन् ।

'म ताप्लेजुङमै जन्मिएँ, ताप्लेजुङमै हुर्किएँ, जीवनको धेरै लामो समय यहीँ बिताएँ । जनतालाई समस्या पर्दा म उहाँहरूसँगै थिएँ, छु र हुनेछु,' उनी भन्छन्, 'यहाँका जनतासँग मेरो आत्मीय सम्बन्ध छ । उहाँहरूले पनि मलाई माया गर्नुहुन्छ । म जितेपछि पनि ताप्लेजुङकै जनताको सेवामा हुनेछु ।'

अघिल्लो पटक चुनाव जितिसकेका एमालेका 'हेभिवेट' उम्मेदवार योगेश भट्टराईसँगको प्रतिस्पर्धा सहज होला र ? भन्ने प्रश्नमा उनी भन्छन्, 'योगेशजीलाई जिताउन हामी पनि लागेका थियौँ । तर, अहिले परिस्थिति पहिलेको जस्तो छैन । उहाँ (भट्टराई) ले पाँच वर्षमा गरेका राम्रा र नराम्रा कामको हिसाब जनतासँग छ ।'

जनताले 'फ्रेस' मान्छे खोजेको बुढाक्षेत्रीको तर्क छ । यसैलाई उनले आफ्नो जित्ने आधारका रूपमा प्रस्तुत गरेका छन् । 'फ्रेस जनतप्रतिनिधि चुन्ने ट्रेन्ड छ । जनताले फ्रेस मान्छे खोजेका छन्,' बुढाक्षेत्री भन्छन्, 'म फ्रेस मान्छे हो । निर्वाचित भएँ भने पूरा समय जनताको काम गरेर बिताउँछु ।'

तर, गठबन्धनमा असन्तुष्टि पनि होला त्यसले तपाईंलाई असर गर्दैन ? भन्ने प्रश्नमा बुढाक्षेत्री भन्छन्, 'यहाँ गठबन्धनमा कुनै समस्या छैन । गठबन्धनमा एकदमै राम्रो अन्डरस्ट्यान्डिङ छ । ताप्लेजुङको गठबन्धनमा कुनै विवाद छैन ।'

स्थानीय निर्वाचनको परिणाम पनि बुढाक्षेत्रीको पक्षमा

गत स्थानीय निर्वाचनको परिणामले पनि ताप्लेजुङमा गठबन्धनको अवस्था बलियो रहेको देखाउँछ । जिल्लाका ९ वटा स्थानीय तहमध्ये गठबन्धनले ६ वटा पालिकाको प्रमुख जितेको छ भने एमालेले ३ पालिकाको प्रमुख जितेको छ ।

फक्ताङलुङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका राजन लिम्बु निर्वाचित भएका थिए भने उपाध्यक्षमा नेपाली कांग्रेसका रबिन साम्रा लिम्बु निर्वाचित भएका थिए ।

मिक्वाखोला गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका भक्तबहादुर कार्की र उपाध्यक्षमा माओवादी केन्द्रका डण्डु शेर्पा लामा निर्वाचित भएका थिए ।

त्यस्तै मेरिङदेख गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका युक हां विर हांगाम र उपाध्यक्षमा एकीकृत समाजवादीका दुर्गा प्रसाद श्रेङ चङ्वाङ निर्वाचित भएका थिए ।

त्यस्तै ताप्लेजुङको मैवाखोला गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका विजय प्रकाश वनेम र उपाध्यक्षमा नेपाली कांग्रेसकी कमल कुमारी लिम्बु निर्वाचित भएका थिए ।

त्यस्तै सिरीजङ्घ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका लाल कृष्ण चौहान र उपाध्यक्षमा माओवादी केन्द्रका चित्रकुमार लिम्बु निर्वाचित भएका थिए ।

ताप्लेजुङको एक मात्र नगरपालिका फुङलिङ नगरपालिकाको मेयरमा पनि कांग्रेसका अमिर मादेन निर्वाचित भएका थिए । यो नगरपालिकाको उपमेयरमा भने एमालेकी भीमादेवी ओझा निर्वाचित भएकी थिइन् ।

त्यस्तै आठराई त्रिवेणी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमाले निर्वाचित भएको थियो । यो गाउँपालिकाको अध्यक्षमा एमालेका दिपेन्द्र पोमुख र उपाध्यक्षमा शान्ता कुमारी आङबुहाङ निर्वाचित भएका थिए ।

त्यस्तै पाथीभरा याङवरक गाउँपालिको अध्यक्ष र उपाध्यक्ष पनि एमालेले जितेको छ । यो गाउँपालिकाको अध्यक्षमा एमालेका केशर सुब्बा र उपाध्यक्षमा रनमाया गुरुङ निर्वाचित भएका थिए ।

त्यस्तै सिदिङ्वा गाउँपालिकामा एमालेले अध्यक्षमा जितेको थियो भने उपाध्यक्षमा माओवादी केन्द्र विजयी भएको थियो । अध्यक्षमा एमालेका मानबहादुर राई र उपाध्यक्षमा माओवादी केन्द्रकी कृष्ण कुमारी कडरिया निर्वाचित भएका थिए ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg