jkmv-english-1784299234.jpg
Monday, 27 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

ताप्लेजुङमा एमालेका योगेश भट्टराई भन्दा माओवादीका बुढाक्षेत्री अगाडि

taplejung-1665884996.jpg

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पाँच दलीय गठबन्धनको तर्फबाट ताप्लेजुङबाट प्रतिनिधिसभाका उम्मेदवार छन्- माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्री (पराग) । नेकपा एमालेले यो क्षेत्रबाट पार्टी सचिव योगेश भट्टराईलाई प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ ।

भट्टराई २०७४ को प्रतिनिधिसभा चुनावमा ताप्लेजुङबाट विजयी भएका थिए । तर, अहिले परिस्थिति फेरिएको छ । त्यसबेला नेकपा एमाले विभाजित भएको थिएन भने माओवादी केन्द्र पनि एमालेसँगको गठबन्धनमा थियो । अहिले भने एमाले फुटेर बनेको एकीकृत समाजवादी र माओवादी दुवै पाँच दलीय गठबन्धनमा छन् । सोही कारण नेपाली कांग्रेस, एकीकृत समाजवादीलगायत दलको समर्थन पाएका माओवादीका उम्मेदवार बुढाक्षेत्रीलाई पन्छाएर जित निकाल्नु भट्टराईका लागि सहज छैन । बरु बुढाक्षेत्री भट्टराईभन्दा तुलनात्मक रूपमा बलिया प्रतिस्पर्धी बनेका छन् ।

को हुन् बुढाक्षेत्री ?

बुढाक्षेत्री माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् । उनी पहिलोपटक प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार बनेका हुन् । पहिलो पटकमा निर्वाचित हुँदै सांसद बन्ने उनको प्रयासलाई गठबन्धनले सघाएको छ ।

तीन दशकभन्दा बढी समय कम्युनिस्ट आन्दोलनमा बिताएका बुढाक्षेत्री पूर्णकालीन राजनीतिमै सक्रिय भएको पनि दुई दशकभन्दा बढी भइसक्यो ।

उनी जिल्लाको राजनीतिमा स्थापित नेता हुन् । 'पूर्णकालीन राजनीतिक कार्यकर्ता भएर मैले ताप्लेजुङमै कार्यक्षेत्र बनाएर करिब २ दशक बिताएको छु,बुढाक्षेत्री भन्छन्'यहाँका हरेक समस्यासँग परिचित छु । सम्भावनाबारे जानकार छु । जनताका पीर मर्का नजिकबाट नियालेको छु ।'

ताप्लेजुङलाई विकासको बाटोमा द्रूततर गतिमा अघि बढाउन आफू प्रत्यक्षमा उम्मेदवार बनेको उनी बताउँछन् । शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, सिँचाइ, जडिबुटीलगायतको विकास गर्ने तथा सार्वजनिक सेवा सुविधा सुधार गर्ने आफ्नो योजना रहेको बुढाक्षेत्री बताउँछन् ।

'म आफैँ कृषक हुँ । ताप्लेजुङमा किबी फलको खेती भित्र्याउने मै हुँ । यहाँको कृषि क्षेत्रको हरेक समस्या मलाई जानकारी छ,बुढाक्षेत्री भन्छन्, 'यहाँका थुप्रै भूमिमा सिँचाइको सुविधा पुगेको छैन । किसानहरू समस्यामा छन् । त्यसको पनि समाधान गर्नुपर्ने छ ।' कृषिको उत्पादन बढाएर प्रशोधन र बजारीकरणको उपयुक्त व्यवस्था मिलाउने आफ्नो एजेन्डा रहेको उनी बताउँछन् ।

त्यसो त ताप्लेजुङ जलस्रोतमा धनी जिल्ला हो । हाइड्रोसम्बन्धी कतिपय योजनाहरू सम्पन्न भएका छन्, कति निर्माणाधीन छन् त कति बन्ने चरणमा छन् । जलस्रोतको विकासका लागि उपयुक्त वातावरण तयार पार्ने आफ्नो एजेन्डा रहेको उनी बताउँछन् ।

त्यस्तै ताप्लेजुङका पर्यटकीय गन्तव्यको विकास गर्ने कुरालाई पनि बुढाक्षेत्रीले प्रमुखताका साथ अगाडि सारेका छन् । 'यहाँका महत्त्वपूर्ण पर्यटकीय गन्तव्यको विकास गर्नुपर्नेछ । म सांसद बनेपछि त्यसलाई व्यवस्थित रूपमा अघि बढाउन पहल गर्छु,' उनी भन्छन् ।

सरकारी सेवासुविधामा सुधार गर्नुपर्ने धेरै पक्ष रहेको उनी बताउँछन् । 'यहाँ कर कार्यालय छैन । कर तिर्न पाँचथर पुग्नुपर्ने बाध्यता छ,बुढाक्षेत्री भन्छन्'कर तिर्न जाँदा-आउँदा मात्रै धेरै पैसा खर्च हुने गरेको छ । म निर्वाचित भएपछि ताप्लेजुङमा कर कार्यालय खोल्न पहल गर्छु ।'

शिक्षाको विकासलाई पनि उनले आफ्नो एजेन्डा बनाएका छन् । जिल्लामा बहुप्राविधिक शिक्षालय खोल्ने, विज्ञान विषयको अध्ययन/अध्यापनको व्यवस्था मिलाउनेदेखि विद्यालयहरूलाई स्रोतसाधन उपलब्ध गराउने उनको योजना छ । '२१औँ शताब्दीमा शिक्षाको ठूलो महत्त्व छ । हामी प्राविधिक शिक्षामा अलि पछाडि छौँ । अब त्यस्तो हुनुहुँदैन । हाम्रा सन्ततीले पनि प्राविधिक शिक्षा पढ्ने अवसर पाउनुपर्छ । त्यसको व्यवस्था मिलाउँछु,उनी भन्छन् ।

केहो जित्ने आधार ? (जहिले पनि जनतासँगै छु)

बुढाक्षेत्री आफूलाई जनताको उम्मेदवार भन्न रूचाउँछन् । उनी जनतासँगको सम्बन्धलाई नै आफ्नो जित्ने आधार रहेको दाबी गर्छन् ।

'म ताप्लेजुङमै जन्मिएँ, ताप्लेजुङमै हुर्किएँ, जीवनको धेरै लामो समय यहीँ बिताएँ । जनतालाई समस्या पर्दा म उहाँहरूसँगै थिएँ, छु र हुनेछु,उनी भन्छन्, 'यहाँका जनतासँग मेरो आत्मीय सम्बन्ध छ । उहाँहरूले पनि मलाई माया गर्नुहुन्छ । म जितेपछि पनि ताप्लेजुङकै जनताको सेवामा हुनेछु ।'

अघिल्लो पटक चुनाव जितिसकेका एमालेका 'हेभिवेट' उम्मेदवार योगेश भट्टराईसँगको प्रतिस्पर्धा सहज होला र ? भन्ने प्रश्नमा उनी भन्छन्'योगेशजीलाई जिताउन हामी पनि लागेका थियौँ । तर, अहिले परिस्थिति पहिलेको जस्तो छैन । उहाँ (भट्टराई) ले पाँच वर्षमा गरेका राम्रा र नराम्रा कामको हिसाब जनतासँग छ ।'

जनताले 'फ्रेस' मान्छे खोजेको बुढाक्षेत्रीको तर्क छ । यसैलाई उनले आफ्नो जित्ने आधारका रूपमा प्रस्तुत गरेका छन् । 'फ्रेस जनतप्रतिनिधि चुन्ने ट्रेन्ड छ । जनताले फ्रेस मान्छे खोजेका छन्,बुढाक्षेत्री भन्छन्'म फ्रेस मान्छे हो । निर्वाचित भएँ भने पूरा समय जनताको काम गरेर बिताउँछु ।'

तर, गठबन्धनमा असन्तुष्टि पनि होला त्यसले तपाईंलाई असर गर्दैन भन्ने प्रश्नमा बुढाक्षेत्री भन्छन्'यहाँ गठबन्धनमा कुनै समस्या छैन । गठबन्धनमा एकदमै राम्रो अन्डरस्ट्यान्डिङ छ । ताप्लेजुङको गठबन्धनमा कुनै विवाद छैन ।'

स्थानीय निर्वाचनको परिणाम पनि बुढाक्षेत्रीको पक्षमा

गत स्थानीय निर्वाचनको परिणामले पनि ताप्लेजुङमा गठबन्धनको अवस्था बलियो रहेको देखाउँछ । जिल्लाका ९ वटा स्थानीय तहमध्ये गठबन्धनले ६ वटा पालिकाको प्रमुख जितेको छ भने एमालेले ३ पालिकाको प्रमुख जितेको छ ।

फक्ताङलुङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका राजन लिम्बु निर्वाचित भएका थिए भने उपाध्यक्षमा नेपाली कांग्रेसका रबिन साम्रा लिम्बु निर्वाचित भएका थिए ।

मिक्वाखोला गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका भक्तबहादुर कार्की र उपाध्यक्षमा माओवादी केन्द्रका डण्डु शेर्पा लामा निर्वाचित भएका थिए ।

त्यस्तै मेरिङदेख गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका युक हां विर हांगाम र उपाध्यक्षमा एकीकृत समाजवादीका दुर्गा प्रसाद श्रेङ चङ्वाङ निर्वाचित भएका थिए ।

त्यस्तै ताप्लेजुङको मैवाखोला गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका विजय प्रकाश वनेम र उपाध्यक्षमा नेपाली कांग्रेसकी कमल कुमारी लिम्बु निर्वाचित भएका थिए ।

त्यस्तै सिरीजङ्घ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका लाल कृष्ण चौहान र उपाध्यक्षमा माओवादी केन्द्रका चित्रकुमार लिम्बु निर्वाचित भएका थिए ।

ताप्लेजुङको एक मात्र नगरपालिका फुङलिङ नगरपालिकाको मेयरमा पनि कांग्रेसका अमिर मादेन निर्वाचित भएका थिए । यो नगरपालिकाको उपमेयरमा भने एमालेकी भीमादेवी ओझा निर्वाचित भएकी थिइन् ।

त्यस्तै आठराई त्रिवेणी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमाले निर्वाचित भएको थियो । यो गाउँपालिकाको अध्यक्षमा एमालेका दिपेन्द्र पोमुख र उपाध्यक्षमा शान्ता कुमारी आङबुहाङ निर्वाचित भएका थिए ।

त्यस्तै पाथीभरा याङवरक गाउँपालिको अध्यक्ष र उपाध्यक्ष पनि एमालेले जितेको छ । यो गाउँपालिकाको अध्यक्षमा एमालेका केशर सुब्बा र उपाध्यक्षमा रनमाया गुरुङ निर्वाचित भएका थिए ।

त्यस्तै सिदिङ्वा गाउँपालिकामा एमालेले अध्यक्षमा जितेको थियो भने उपाध्यक्षमा माओवादी केन्द्र विजयी भएको थियो । अध्यक्षमा एमालेका मानबहादुर राई र उपाध्यक्षमा माओवादी केन्द्रकी कृष्ण कुमारी कडरिया निर्वाचित भएका थिए ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...