pani-1786865868.jpg
Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

ठिंगन, ललितपुर र काभ्रे जोड्ने बाटो निर्माण र स्तरीकरण गर्ने जिम्मा गठबन्धनको हो : छिन्तु

c2-1667726624.jpg

 बकैया । नेकपा माओवादी केन्द्र बागमती प्रदेश उपाध्यक्ष एवं मकवानपुर क्षेत्र नम्बर १ प्रदेशसभा ‘क’ का लोकतान्त्रिक बाम गठबन्धन उम्मेदवार प्रेम बहादुर पुलामी ‘छिन्तु’ ले ठिंगन, ललितपुर र काभ्रे जोड्ने बाटो निमार्ण र स्तरीकरण गर्ने जिम्मा गठबन्धनको भएको बताउनुभएको छ । आइतबार बकैया गाउँपालिका वडा नम्बर १२ स्थित ठिंगनमा निर्वाचन प्रचारप्रसार कार्यालय उद्धघाटन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उम्मेदवार पुलामी ले यहाँको जनताको आवश्यकतालाई मध्यनजर गर्दै शिक्षा, स्वास्थ्य ,स्वरोजगार, कृषि तथा पशुपालन लगायत जनताको जिविकोपार्जन सहज बनाउने काममा आफ्नोतर्फबाट सक्दो सहयोग गरिने बताउनुभयो । उहाँले यसअघि प्रदेशसभामा रहदाँ पनि ठिंगनको विकासमा लागिपरेको जनाउनुभयो । उम्मेदवार पुलामीले हामीले ल्याएको परिवर्तनलाई कुल्चन प्रतिगामीहरु सल्बलाई रहेको जिकिर गर्नुभयो । एमालेको सूर्य चिन्ह किनेर जनआन्दोलनका बिरोधी, संघियता बिरोधीहरु तपाईहरुको घरघरमा विभिन्न प्रलोभन देखाएर आएको भन्दै पुलामीले त्यस्ता व्यक्तिबाट सचेत रहन आग्रह गर्नुभयो । यो देशको परिवर्तन र जनताको आवश्यकता र समस्या बुझ्ने भनेकै गठबन्धन भएकाले ढुक्कले रुख र गोलाकारभित्रको हँसिया हथौडामा मतदान दिई बिजयी गराउन ठिंगनका जनतासंग अपिल गर्नुभयो । कार्यक्रममा माओवादी केन्द्रिय सदस्य बिजय गौतमले अब बन्ने लोकतान्त्रिक गठबन्धन सरकारले देशलाई समृद्धीतर्फ लैजाने दाबी गर्नुभयो । उहाँले देशमा केपी ओली र त्यसका प्रवृत्ति रहेसम्म विकासले गति लिन नसक्ने पनि बताउनुभयो । त्यसका लागि गठबन्धनको जित सुनिश्चित गर्नुपर्ने तपाईहरुको जिम्मेवारी भएको भन्दै गौतमले त्यहाँका मतदातासंग भोट दिन आग्रह गर्नुभयो । लोकतान्त्रिक बामगठबन्धन निर्वाचन परिचालन समिति बकैया वडा नम्बर १२ का संयोजक संजय डिम्डुङको अध्यक्षतामा कार्यक्रम भएको हो ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg