jkmv-english-1784299234.jpg
Saturday, 25 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

जिर्खे खोलामा हेमपाईप हाल्दै राक्सिराङ्ग ५ को माओबादी बिशेष अभियान शुरु

abhiyan-1693660955.jpg

 नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको ३ महिने कार्यक्रम जनतासङ्ग माओबादी विशेष रुपान्तरण अभियान आजबाट शुरूवात भएकोछ । देशका ७ सय ५३ वटा स्थानिय तहका ६ हजार ७ सय ४३ वटा वडाबाट एकैसाथ विशेष रुपान्तरण कार्यक्रम शुरु भएकोछ । मकवानपुर जिल्लामा पनि विशेष अभियानले तिब्रता पाएकोछ ।

पार्टिको ३ महिने विशेष कार्यक्रम अन्तरगत पार्टीका केन्द्रिय नेता यतिखेर गाउँ/गाउँ , बस्ती बस्तिका स्थानिय नेता तथा कार्यकर्तासङ्ग भेटघाट अभियानमा लागि परिरहेकोछ । विशेष रुपान्तरण अभियान अन्तर्गत वडा कमिटीहरुले कतै सरसफाइ त कतै बाटो सुधार तथा मर्मत कार्य गर्दै अभियानलाई शुरु गरेको हो । राक्सिराङ्ग गाउँपालिका वडा नम्बर ५ कमिटिले भने अलि फरक तरिकाले अभियानको शुरुवात गरेको छ । नुवाकोट जिल्ला निर्बाचन क्षेत्र २ क का बागमती प्रदेश सभा सदस्य संसद तथा माओवादी केन्द्रका केन्द्रिय सदस्य राम प्रसाद ढुंगाना ( कपिल) को प्रमुख आतिथ्यता रहेको कार्यक्रममा मनहरी देखि राक्सिराङ्गको चैनपुर तथा अन्य क्षेत्रमा जाने बाटोलाई सदै दुख दिने जिर्खे खोलामा हेम पाईप हालेर बाटोलाई सहजता प्रदान दिने कार्य गरेकोछ । पार्टिका युवा नेता तथा कार्यकर्ताहरुको सक्रिय सहभागीतामा खोलामा हेम पाईप हाल्ने कार्य सम्पन्न भएको हो ।

अभियानलाई सम्बोधन गर्दै पार्टी केन्द्रिय सदस्य कपिलले अब जनताको हरेक समस्यासङ्ग नजिक रहेर जनतासङ्गै रहेर जनताको पार्टी बन्न यो अभियानले सहयोग पुर्याउनेमा बिश्वास ब्यक्त गरेका थिए । सामान्य पानी पर्दा समेत खोला बढी यातायातका साधन वारिको वारिनै र पारीको पारिनै रहने बाध्यताबाट राहात भएको माओवादी केन्द्र राक्सिराङ्ग गाउँ कमिटि सचिब चन्द्रमान प्रजाले बताउनुभयो । खोलामा पुल नभएकै कारणले उक्त रुट भई चल्ने यातायातका कैयौ साधनहरुको ईन्जिन बिग्रन पुगेको र माथिल्लो भेगका यात्रुहरुले दुख पाएको भन्दै यो बाटोले यात्रुलाई सहजता दिनेमा आशाबादी रहेको बताउछन स्थानिय अटो ब्यबसायी मेघनाथ वाईबा । बाटो निर्माण कार्यमा पार्टिका युवा नेता बिश्व राज थिङ्ग,५ नम्बर वडाका पार्टी ईन्चार्ज सुरेश घलान , पार्टी सचिब भीषण स्याङ्तान, भिम मुक्तान लगाएत सक्रिय नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

 

 

 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...