gumba-1715660528.jpg
Sunday, 19 May, 2024
राजनीति

जिर्खे खोलामा हेमपाईप हाल्दै राक्सिराङ्ग ५ को माओबादी बिशेष अभियान शुरु

abhiyan-1693660955.jpg

 नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको ३ महिने कार्यक्रम जनतासङ्ग माओबादी विशेष रुपान्तरण अभियान आजबाट शुरूवात भएकोछ । देशका ७ सय ५३ वटा स्थानिय तहका ६ हजार ७ सय ४३ वटा वडाबाट एकैसाथ विशेष रुपान्तरण कार्यक्रम शुरु भएकोछ । मकवानपुर जिल्लामा पनि विशेष अभियानले तिब्रता पाएकोछ ।

पार्टिको ३ महिने विशेष कार्यक्रम अन्तरगत पार्टीका केन्द्रिय नेता यतिखेर गाउँ/गाउँ , बस्ती बस्तिका स्थानिय नेता तथा कार्यकर्तासङ्ग भेटघाट अभियानमा लागि परिरहेकोछ । विशेष रुपान्तरण अभियान अन्तर्गत वडा कमिटीहरुले कतै सरसफाइ त कतै बाटो सुधार तथा मर्मत कार्य गर्दै अभियानलाई शुरु गरेको हो । राक्सिराङ्ग गाउँपालिका वडा नम्बर ५ कमिटिले भने अलि फरक तरिकाले अभियानको शुरुवात गरेको छ । नुवाकोट जिल्ला निर्बाचन क्षेत्र २ क का बागमती प्रदेश सभा सदस्य संसद तथा माओवादी केन्द्रका केन्द्रिय सदस्य राम प्रसाद ढुंगाना ( कपिल) को प्रमुख आतिथ्यता रहेको कार्यक्रममा मनहरी देखि राक्सिराङ्गको चैनपुर तथा अन्य क्षेत्रमा जाने बाटोलाई सदै दुख दिने जिर्खे खोलामा हेम पाईप हालेर बाटोलाई सहजता प्रदान दिने कार्य गरेकोछ । पार्टिका युवा नेता तथा कार्यकर्ताहरुको सक्रिय सहभागीतामा खोलामा हेम पाईप हाल्ने कार्य सम्पन्न भएको हो ।

अभियानलाई सम्बोधन गर्दै पार्टी केन्द्रिय सदस्य कपिलले अब जनताको हरेक समस्यासङ्ग नजिक रहेर जनतासङ्गै रहेर जनताको पार्टी बन्न यो अभियानले सहयोग पुर्याउनेमा बिश्वास ब्यक्त गरेका थिए । सामान्य पानी पर्दा समेत खोला बढी यातायातका साधन वारिको वारिनै र पारीको पारिनै रहने बाध्यताबाट राहात भएको माओवादी केन्द्र राक्सिराङ्ग गाउँ कमिटि सचिब चन्द्रमान प्रजाले बताउनुभयो । खोलामा पुल नभएकै कारणले उक्त रुट भई चल्ने यातायातका कैयौ साधनहरुको ईन्जिन बिग्रन पुगेको र माथिल्लो भेगका यात्रुहरुले दुख पाएको भन्दै यो बाटोले यात्रुलाई सहजता दिनेमा आशाबादी रहेको बताउछन स्थानिय अटो ब्यबसायी मेघनाथ वाईबा । बाटो निर्माण कार्यमा पार्टिका युवा नेता बिश्व राज थिङ्ग,५ नम्बर वडाका पार्टी ईन्चार्ज सुरेश घलान , पार्टी सचिब भीषण स्याङ्तान, भिम मुक्तान लगाएत सक्रिय नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

 

 

 


world-link-1690434568.jpg
एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...

पेट्रोलमा ७ रुपैयाँ र डिजलमा ५ रुपैयाँ घट्यो
FB_IMG_1715786394301_1-1715786460.jpg

पेट्रोल‚ डिजेल र मट्टीतेलको भाउ घटेको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७...