jkmv-english-1784299234.jpg
Saturday, 25 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

जितेको पहिलो बर्षभित्रै हातहातमा लालपुर्जा दिलाउँछौ : डिना

315921747_801489001148761-1668692451.jpg

 बागमती । लोकतान्त्रिक बाम गठबन्धनतर्फका क्षेत्र नम्बर १ उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना) ले जितेको पहिलो बर्षभित्रै हात–हातमा लालपुर्जा दिलाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बागमती गाउँपालिकाको वडा नम्बर ६, ७ र ८ को संयुक्त चुनाबीसभामा बोल्दै उपाध्यायले आफ्नो बिजयी पश्चात् पहिलो प्राथमिकतामा लालपुर्जा वितरणको काम रहने जिकिर गर्नुभयो । उम्मेदवार उपाध्यायले यस क्षेत्रमा राष्ट्रिय गौरबका आयोजनाका काम ल्याउने पनि बताउनुभयो । उहाँले आफु यहि जनताकै लागि आएको र जनताकैबीचमा रहेर काम गर्ने दाबी गर्नुभयो । यस क्षेत्रमा अधुरा र अपुरा रहेका विकास निमार्णलाई समेत पूर्णता दिन आफ्नोतर्फबाट सक्दो प्रयास रहने उहाँको भनाई छ । उम्मेदवार उपाध्यायले देश र जनताको समृद्ध र विकास चाहने भनेकै गठबन्धन सरकारले रहेको बताउनुभयो । उहाँले देशलाई नयाँ दिशामा पु¥याई आर्थिक समृद्ध हासिल गर्न गठबन्धनलाई जिताउनुपर्ने उहाँको भनाई छ । 

जनता माविलाई क्याम्पस बनाउन पहल गर्छौ : छिन्तु बागमती । नेकपा माओवादी केन्द्रका बागमती प्रदेश उपाध्यक्ष एवं मकवानपुर क्षेत्र नम्बर १ प्रदेशसभा (क) उम्मेदवार प्रेम बहादुर पुलामी (छिन्तु) ले फापरबारीमा रहेको जनता माविलाई क्याम्पस बनाउन प्रदेश सरकारबाट पहल गरिने बताउँनुभयो । बिहिवार बागमती गाउँपालिकाको फापरबारीमा आयोजित चुनाबी सभालाई सम्बोधन गर्दै उहाँले अघिल्लो कार्यकालमा यस विद्यालयलाई प्राविधिक शिक्षामा विकास गरेको बताउँदै अबको कार्यकालमा बामगती र आसपास जिल्लाबाट आउने विद्यार्थीलाई उच्च शिक्षा हासिल गराउन सक्ने गरी क्याम्पस सञ्चालनमा पहल गरिने दाबी गर्नुभयो । बागमतीका धेरै युवाहरु खेल क्षेत्रप्रति आर्कषित भएको बताउँदै उम्मेदवार छिन्तुले गाउँपालिका स्तरीय खेलकुद ग्राम निमार्ण गरिने प्रतिबद्धता समेत जनाउनुभयो । त्यसका लागि प्रदेश सरकारले आवश्यक सहयोग गरिने उहाँले बताउँनुभयो । छिन्तुले राष्ट्रिय –अन्तर्राष्ट्रियस्तरको खेलकुद प्रतियोगितामा बागमतीका युवाहरु सहभागी हुनेगरी खेलकुद क्षेत्रको विकास गरिने पनि बताउँनुभयो । उम्मेदवार छिन्तुले अधुरो रहेको बागमती गाउँपालिका वडा नम्बर ६ र ८ ( शान्तिपुर र फापरबारी ) जोड्ने पक्की पुल अबको प्रदेश सरकारले सम्पन्न गराएरै छाड्ने बताउनुभयो । उहाँले आफुले यसअघि गरेका कार्यहरु धेरै अधुरो बसेकाले त्यसलाई पूर्णता दिन पनि फेरी उम्मेदवार बनेको बताउनुभयो । छिन्तुले अघिल्लो पटकको निर्वाचनमा जस्तै यसपटक पनि जनताले भोट दिएर जिताउने आशा लिएको बताउनुभयो । साथै उहाँले नापी भएका जग्गाको लालपुर्जा वितरण प्रक्रियालाई अगाढी बढाईने र बाँकी भएका जग्गाको नापी गराइने समेत बताउनुभयो । कार्यक्रममा नेकपा एमाले गाउँ कमिटि सदस्य सञ्जय राई माओवादीमा प्रवेश गर्नुभएको छ । उहाँलाई प्रदेशसभा सदस्य उम्मेदवार छिन्तुले स्वागत गर्नुभयो । नेकपा माओवादी बागमती गाउँपालिका अध्यक्ष अरुण बलको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रिय सदस्य प्रल्हाद लामिछाने र प्रमिला पुलामी, माओवादीका समानुपातिक उम्मेदवार लक्ष्मी पाख्रिन , नेकपा माओवादी बागमती प्रदेश सदस्य जिवन गोले र क्षेत्र नम्बर १ गठबन्धनका प्रचारप्रसार संयोजक दामोदर खनाल लगायतको सहभागिता रहेको थियो ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...