jkmv-english-1784299234.jpg
Thursday, 23 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

जसपा नेपाल मकवानपुरका सस्थापन पक्ष शुभरत्न गोलेको नेतृत्वमा माओबादी केन्द्रमा समायोजन

FB_IMG_1704448733716-1704448753.jpg

 

जनता समाजबादी पार्टी मकवानपुरको सस्थापन पार्टी नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रमा समायोजन भएकोछ ।

शुक्रबार हेटौंडाको रोयल पार्टी प्यालेशमा आयोजित पार्टी समायोजन कार्यक्रममा माओबादी केन्द्र पोलिट ब्युरो सदस्य तथा नेपाल सरकार बागमती प्रदेश सामाजिक बिकास मन्त्री कुमारी मुक्तानले खादा ओढाएर स्वागत गर्नुभएको थियो ।

गोलेको नेतृत्वमा १ सय २९ जना माओबादी केन्द्र मकवानपुरमा समायोजन भएको हो । गोलेले कार्यक्रममा मन्तब्य राख्ने क्रममा माओबादी केन्द्रनै वास्तविक उत्पिडन , पिछडिएका बर्गको नेतृत्व र वास्तविक घर भएको भन्दै माओबादी केन्द्रमा प्रबेश गरेको बताउनुभयो । गोलेले माओबादी केन्द्रमा समायोजन हुँदै गर्दा औपचारिक रुपमा प्रेश बिज्ञप्ति बाचन गरेर सुनाउनुभएको थियो ।

मन्त्री मुक्तानले यो समायोजन कार्यक्रमले सकारात्मक सन्देश दिनेछ भन्दै मकवानपुर जिल्लाको सन्दर्भमा पार्टीको ३ महिने अभियान संगसङ्गै समायोजन कार्यक्रमले झन पार्टी बलियो भएको बताउनुभयो ।

साथै रगतको बलिदानबाट प्राप्त उपलब्धी जोगाउने जिम्मा माओबादी केन्द्रको काधमा ठूलो जिम्मेवारी रहेको बताउनु भयो । संविधानको कार्यनयन गर्न दरिलो खम्बा भएर उभिनु माओबादीलाई चुनौती छ र त्यो कार्यभार पूरा गर्न हामी सबै एक जुट हुन जरुरी छ भन्नुभयो ।

समायोजन कार्यक्रममा बागमती प्रदेश सभा सदस्य तथा माओबादी केन्द्र बागमती प्रदेश कमिटी उपाध्यक्ष प्रेम बहादुर पुलामी , पार्टी प्रदेश कमिटी सचिवालय सदस्य तथा मकवानपुर जिल्ला समन्वय प्रमुख ललित घलान र बागमती प्रदेश कमिटी सदस्य प्रेम भुजेलले मन्तब्य ब्यक्त गरेका थिए ।

माओबादी केन्द्र पार्टी संसद संख्याको आधारमा तेश्रो भएता पनि बिचारको हिसाबले एक नम्बर भएको भन्दै सम्पुर्ण कम्युनिष्ट पार्टी एक हुन आवश्यक रहेको र २०६४ सालको जस्तो पार्टी निर्माणमा बनाउनुपर्नेमा जोड दिईएको थियो । माओबादी केन्द्र मकवानपुर जिल्ला समन्वय संयोजक एबम बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान ( मधु) को सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजिकरण माओबादी केन्द्र जिल्ला समन्वय कमिटी सचिब भिम पाख्रिनले गर्नुभएको थियो ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...