pani-1786865868.jpg
Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

जसपा केन्द्रीय सदस्य तथा पुर्व माओवादी सांसद चौधरीसहित दुई दर्जन माओवादी केन्द्रमा समाहित

prachanda-2-1649814066.jpg

जनता समाजवादी पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष तथा पुर्व माओवादी सांसद  कृष्णकुमार चौधरी नेकपा माओवादी केन्द्रमा समाहित भएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा आयोजित एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उनीहरुलाई स्वागत गर्नुभएको हो ।

चौधरीसहित जसपा केन्द्रीय सदस्य पशुपति चौधरी, माया नेगी, केन्द्रीय परिषद सदस्य तथा सहिद परिवार गंगा चौधरी, युवा परिषद केन्द्रीय सदस्य करण साउद लगायतका नेता कार्यकर्ताहरु माओवादीमा समाहित भएका हुन् ।

एमाले छाडी माअवादीमा

त्यसैगरी सोही कार्यक्रममा सोलुखुम्बु सोताङका एमालेका युवा नेताहरु विश्वकिर्तिमानी तथा नेकपा एमाले सोताङ गाउँ पार्टी कमिटिका सदस्य, पुर्व सोलु काठमाडौं सम्पर्क समिति सचिवालय सदस्य बुद्धिराज नाछिरिङको नेतृत्वमा मदन नाछिरिङसहित एक दर्जन युवाहरु एमाले छाडी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । त्यसैगरी सोलुखुम्बुका पुराना कांग्रेस कार्यकर्ता दशबिर राईलगायतका युवाहरुपनि नेपाली कांग्रेस परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 

 

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दे अध्यक्ष प्रचण्डले यो प्रवेशको महत्व देशव्यपा िहुने र यसले अन्इ पार्टीमा छरिएर रहेका इमान्दार कार्यकर्ताहरु र माओवादी छाडेर बाटो विराएकाहरुलाई पनि एक ठाउँमा आउने सन्देश दिने बताउनुभयो ।

उहाँले कैलालीका कृष्ण चौधरीले माओवादी छाड्दा दुख लागेको र अहिले फर्केर आफ्नै घर आउँदा खुशी लागेको बताउँदै उचित जिम्मेवारी दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले नेताहरु पार्टीमा फर्किँदा सुदूरपश्चिममा प्रत्यक्ष प्रभाव पर्ने बताउनुभयो । विप्लवतिर गएका केही केन्द्रीय नेताहरु पनि आजै आउने जानकारी दिँदै प्रचण्डले भन्नुभयो, अब कैलालीमा २०६४ को नतिजा नजिक पुगिन्छ भन्नेमा विश्वस्त भएको छु ।

 

कृष्ण चौधरी ०४७ देखि नेकपा एमालेको राजनीतिमा सक्रिय रहेका र  ०५६ मा तत्कालीन नेकपा माओवादीमा प्रवेश गरेका थिए । ०५८ देखि माओवादीमा पूर्णकालीन बनेका उनी ०६४ सालको संविधानसभा निर्वाचनमा कैलालीबाट २१ हजार बढि मतका साथ प्रत्यक्षतर्फ निर्वाचित भएका थिए ।

 

चौधरी डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी हुँदै जसपाको केन्द्रीय सदस्य बनेका थिए ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg