jkmv-english-1784299234.jpg
Sunday, 26 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

जसपा केन्द्रीय सदस्य तथा पुर्व माओवादी सांसद चौधरीसहित दुई दर्जन माओवादी केन्द्रमा समाहित

prachanda-2-1649814066.jpg

जनता समाजवादी पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष तथा पुर्व माओवादी सांसद  कृष्णकुमार चौधरी नेकपा माओवादी केन्द्रमा समाहित भएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा आयोजित एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उनीहरुलाई स्वागत गर्नुभएको हो ।

चौधरीसहित जसपा केन्द्रीय सदस्य पशुपति चौधरीमाया नेगीकेन्द्रीय परिषद सदस्य तथा सहिद परिवार गंगा चौधरीयुवा परिषद केन्द्रीय सदस्य करण साउद लगायतका नेता कार्यकर्ताहरु माओवादीमा समाहित भएका हुन् ।

एमाले छाडी माअवादीमा

त्यसैगरी सोही कार्यक्रममा सोलुखुम्बु सोताङका एमालेका युवा नेताहरु विश्वकिर्तिमानी तथा नेकपा एमाले सोताङ गाउँ पार्टी कमिटिका सदस्य, पुर्व सोलु काठमाडौं सम्पर्क समिति सचिवालय सदस्य बुद्धिराज नाछिरिङको नेतृत्वमा मदन नाछिरिङसहित एक दर्जन युवाहरु एमाले छाडी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । त्यसैगरी सोलुखुम्बुका पुराना कांग्रेस कार्यकर्ता दशबिर राईलगायतका युवाहरुपनि नेपाली कांग्रेस परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 

 

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दे अध्यक्ष प्रचण्डले यो प्रवेशको महत्व देशव्यपा िहुने र यसले अन्इ पार्टीमा छरिएर रहेका इमान्दार कार्यकर्ताहरु र माओवादी छाडेर बाटो विराएकाहरुलाई पनि एक ठाउँमा आउने सन्देश दिने बताउनुभयो ।

उहाँले कैलालीका कृष्ण चौधरीले माओवादी छाड्दा दुख लागेको र अहिले फर्केर आफ्नै घर आउँदा खुशी लागेको बताउँदै उचित जिम्मेवारी दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले नेताहरु पार्टीमा फर्किँदा सुदूरपश्चिममा प्रत्यक्ष प्रभाव पर्ने बताउनुभयो । विप्लवतिर गएका केही केन्द्रीय नेताहरु पनि आजै आउने जानकारी दिँदै प्रचण्डले भन्नुभयोअब कैलालीमा २०६४ को नतिजा नजिक पुगिन्छ भन्नेमा विश्वस्त भएको छु ।

 

कृष्ण चौधरी ०४७ देखि नेकपा एमालेको राजनीतिमा सक्रिय रहेका र  ०५६ मा तत्कालीन नेकपा माओवादीमा प्रवेश गरेका थिए । ०५८ देखि माओवादीमा पूर्णकालीन बनेका उनी ०६४ सालको संविधानसभा निर्वाचनमा कैलालीबाट २१ हजार बढि मतका साथ प्रत्यक्षतर्फ निर्वाचित भएका थिए ।

 

चौधरी डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी हुँदै जसपाको केन्द्रीय सदस्य बनेका थिए ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...