jkmv-english-1784299234.jpg
Tuesday, 28 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

जयराम लामिछाने द्वारा आफ्नो प्यानल घोषणा ।

1645851286853-1645851418.jpg

नेपाली कांग्रेस मकवानपुर सभापतिमा उम्मेदवारी घोषणा गर्दै जयराम लामिछानेले आफ्नो प्यानल नै सार्वजनिक गरेका छन् ।उनले शुक्रबार साँझ हेटौंडामा पत्रकार सम्मेलन गर्दै पदाधिकारीसहित उम्मेदवारी घोषणा गरेका हुन् ।
लामिछाने समूहबाट उपसभापतिमा आनन्द कठायत र धर्म लामिछाने, सचिवमा भीमसेन महत, इश्वर पाठक, सहसचिवमा इन्दिरा न्यौपाने र रत्न बहादुर गोलेले उम्मेदवारी दिने भएका छन् । कांग्रेसको विधान अनुसार उपसभापति, सचिव र सहसचिव दुई/दुईजना हुने व्यवस्था रहेको छ ।
उनले सदस्य छनौट भूगोल र क्लस्टर अनुसार हुने भएकाले सोही अनुसार उम्मेदवारी चयन गर्न जिम्मेवारी प्रदान गरिएको बताए ।
प्यानल घोषणा गर्दै लामिछानेले विधि र विधानमा चल्नु पर्ने मान्यता राख्दछु भन्दै विजयी भएमा विजयी नहुने साथीहरूलाई सङ्गै लाने यदि पराजित भएको खण्डमा विजयी साथीहरू सङ्ग मिलेर पार्टीको काम कारवाहि गरिने प्रतिवद्दता व्यक्त गरेका थिए ।
स्थानीय तहका सबै वडाहरुमा जिताउने क्षमता रहेकाले आफ्नो उम्मेदवारी रहेको र मकवानपुर काङ्ग्रेसले अब जयराम लामिछानेको नेतृत्व आवश्यक रहेकाले मकवानपुर बासिले मेरो नेतृत्व खोजिरहेको बताए ।
गुटको राजनीति अन्त्य गर्नुछ र विचारको राजनीति आवश्यक रहेको उनी बताउँछन् । सबै उम्मेदवार आदरणिय व्यक्तित्व रहेकाले आफु सबै सङ्ग मिलेर काम गर्ने बताएका छन् ।
लामिछाने समुहले जिल्ला सदस्यहरुमा तारा राई कार्की, पूर्णप्रसाद पुडासैनी, गोपीराम बल, शिवप्रसाद खनाल, सुशीला न्यौपाने बुढाथोकीलगायत उम्मेदवार बनाउने तय गरेको छ ।

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...