Thursday, 02 May, 2024
राजनीति

जनहित बिपरित कुनै काम गर्दिन:-मन्त्री कुमारी मोक्तान

371521468_299946766214466-1699184685.jpg

नेकपा (माओबादी केन्द्र) की केन्द्रिय सदस्य, मकवानपुर ईञ्चार्ज तथा बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानले आफुले जनहित बिपरित कुनै काम नगर्ने बताउनुभयो ।

उहाँले जनभावना अनुसार संस्थागत रुपमा योजना बनाई बिकासका योजना ल्याउन आग्रह गर्नुभयो । आईतबार थाहा नगरपालिकाको वडा न ५ मा सम्पन्न नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को वडा भेलामा मोक्तानले लामो संघर्षका कारण ब्यवस्था परिवर्तन भएको र अब अवस्था परिवर्तनको लागि टोल टोल बाट लाग्न आग्रह गर्दै सामाजिक विकास मन्त्री समेत रहेकी मोक्तानले यस क्षेत्रको बिकासको लागि आफु तत्पर भएको बताउनुभयो ।

यस क्षेत्रको बिकासको लागि गुरुयोजना बनाएर अगाडि बढ्नुपर्ने र त्यसको लागि स्थानीय पार्टी नेतृत्वले पहल गर्नुपर्ने बताउदै समग्र थाहाको समृद्धिको लागि आफुले सक्दो पहल र कार्य गरिएको बताउनुभयो।

माओवादी वडा न ५ का अध्यक्ष जगन्नाथ वाइवाको सभाध्यक्षतामा सम्पन्न भेलामा माओवादी केन्द्रका उपत्यका बिशेष कमिटीका उपाध्यक्ष तथा ३ महिने अभियान थाहाका कमान्डर प्रकाश चन्द्र पाण्डे प्रलोकको बिशेष आतिथ्यता रहेको थियो भने माओवादी केन्द्र बागमती प्रदेश सदस्य इन्द्र बहादुर श्रेष्ठ ,थाहा नगर अध्यक्ष बिनोद कुमार लामा ,अभियानका ५ न वडा कमान्डर अरुण रायमाझी ,सहकामान्डर दिपक सिंह लामा,वाइसीएल थाहाका अध्यक्ष मानसिंह दोङ लगायतका माओवादी नेता तथा कार्यकर्ता हरुको उपस्थिति रहेको थियो। वडा भेलाले निमेष महर्जनको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी समेत चयन गरेको छ। जनता संग माओवादी बिशेष रुपान्तरण अभियान अन्तर्गत भएको भेलाले उपाध्यक्षमा अजय गुरुङ,बिरमान थिङ,र रहर बहादुर घलान,सचिव श्रीकृष्ण लामा,सहसचिव विक्रम थिङ र कोषाध्यक्षमा रघुनाथ वाइबा रहेको २९ सदस्यीय वडा कमिटी चयन गरेको हो।

 

 


world-link-1690434568.jpg
ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...

पत्रकार शन्तराम बिडारीको ‘आमसञ्चारको परिचय’
Aamsancharko-Parichya-768-1714570744.jpg

शन्तराम बिडारी विगत एक दशकदेखि पत्रकारिता तथा आम सञ्चार विषय अध्यापन गर्दै आइरहेका छन् भने हाल त्रिभुवन...

जन्मदिनको अवसरमा सुशान्त गोपाली द्वारा घाटदेवीका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
1714493660372-1714493682.jpg

पालुङ जेसीज बर्ष २०२४ का जनसम्पर्क अधिकारी सुसान्त गोपालीले आफ्नो जन्मदिनको अवसर पारेर थाहा नगरपालिका वडा न २...

पालुङ क्याम्पसको वार्षिक नीति तथा कार्यक्रम ( पूरा विवरण )
1714471310281-1714471325.jpg

पृष्ठभूमि महाभारत पर्वतको काखमा रहेको स–सानो सुन्दर उपत्यका थाहा नगरपालिका अन्तर्गत वडा नं. ३ खेल्पुडाँडामा...

सहकारीका ब्यवस्थापकको क्षमता विकास तालिम सुरु
1714400700507-1714400829.jpg

हेटौंडा १७ बैशाख/राष्ट्रिय सहकारी बैंक लि. हेटौंडा शाखाको आयोजनामा मकवानपुरमा रहेका बैंकका सदस्य सहकारी संघ...

थाहामा बसाइँसराइ जाने बढ्दै,सबैभन्दा बढी वडा न २ बाट जाने बढे
DSCN4807-1714313841.JPG

  मकवानपुरको थाहा नगरपालिकाबाट बसाइसरी जाने नागरिकको तथ्याङ्क चुनौतिपूर्ण देखिएको छ । पर्यटकीय नगरीको रुपमा...

थाहा ३ का वडा सदस्य कार्की द्वारा पालुङ आँखा केन्द्रलाई वाटर डिस्पेन्सर सहयोग
IMG_20240428_131428_781-1714311559.jpg

थाहा नगरपालिका वडा न ३ का वडा सदस्य कृष्ण कुमार कार्कीले आफ्नो स्वर्गीय बुबा दल बहादुर कार्कीको सम्झनामा...

थाहा नगरपालिका द्वारा नगर मातहतका सहकारी अनुगमन तिव्र
IMG_20240428_133157_324-1714310957.jpg

थाहा नगरपालिकाको सहकारी शाखाले नगरपालिका स्थित सहकारी सङ्घसंस्थाको अनुगमन सुरु गरेको छ । नगरपालिका भित्रका...

पालुङ जेसीज बोर्ड अफ ट्रस्टिजको अध्यक्षमा पुनः गोपाली
FB_IMG_1714268978182-1714268995.jpg

पालुङ जेसीजको बोर्ड अफ ट्रस्टिजको साधारण सभा १५ बैशाखमा थाहा नगरपालिका–१ झम्केश्वरी माविको सभाहलमा सम्पन्न...