pani-1786865868.jpg
Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

जनतामा नैराश्यता आउनुमा राजनीतिक नेतृत्व नै दोषी : प्रचण्ड

download-(6)-1666616392.jpg

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हरेक १५ वर्षपछि जनतामा नैराश्यता आउनुमा राजनीतिक नेतृत्व नै दोषी रहेको बताउनुभएको छ । हरेक सफल क्रान्तिपछिका १०/१५ वर्षको बीचमा जनतामा नैराश्यता आउनुमा आर्थिक अवस्था र सुशासन दिन नसक्नु प्रमुख कारण रहेको बताउनुभएको हो । 

आज सोमवार गठबन्धनले आयोजना गरेको बाग्मती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राजनीतिक आन्दोलनले देशमा ठूला परिवर्तन ल्याएको भन्दै राजनीतिक दलहरूले जनताका एजेन्डालाई प्रमुख बनाउन नसक्दा सुशासन कायम हुन नसकेको बताउनुभयो । उहाँले ठूला परिवर्तन भएको १०/१५ वर्षपछि राजनीतिक परिवर्तन र राजनीतिक एजेन्डाहरू बिस्तारै कमजोर हुँदै जाने खतरा देखापर्दै आएको उल्लेख गर्नुभयो । 

 उहाँले भन्नुभयो, ‘राजनीतिक आन्दोलनले परिवर्तन ल्याएका पनि छन् । चाहे ७ सालको कुरा गरौँ, चाहे ४६ सालको कुरा गरौँ वा ३६ साल वा २०६२–०६३ सम्म आउँदाको क्रान्तिको कुरा गरौँ । यी सबै ठूला परिवर्तन सम्भव भए । तर ठूला परिवर्तन भएको १०/१५ वर्ष बितेपछि त्यो राजनीतिक परिवर्तन र राजनीतिक एजेन्डाहरू बिस्तारै कमजोर हुँदै जाने खतरा देखापर्दै आएको छ । राजनीतिक नेतृत्व क्रान्ति गर्न सिपालु तर जनतालाई त्यसमा समावेश गरी क्रान्तिलाई सफल बनाउने कुरामा कमजोर भएकै हो । हामीमा त्यो इच्छाशक्ति देखिन सकेन । त्यहाँ अन्तरविरोध भयो । त्यसकै कारणले जहिले पनि देश राजनीतिक अस्थिरतामा गयो ।’ 

अध्यक्ष प्रचण्डले अहिले पनि एकथरी मानिसहरू राजनीतिक दल र नेताहरूलाई गाली गर्दै आइरहेको भन्दै उनीहरू देशलाई पुनः अन्धकारको सुरुङतिर लैजान लागिपरेको दाबी गर्नुभयाे । उहाँले राजनीतिक परिवर्तनसँगै आर्थिक क्रान्ति, आर्थिक परिवर्तन एवम् सुशासनको प्रत्याभूति जनतालाई दिलाउन नसक्नुले देश अस्थिरतामा गइरहेको जिकिर गर्नुभयो ।

अध्यक्ष प्रचण्डले अहिलेको गठबन्धनले संविधानको रक्षा, स्थिरता र समृद्धि चाहेको उल्लेख गर्नुभयाे । उहाँले स्थिरता र समृद्धिविना संविधानको रक्षा हुन नसक्ने पनि जिकिर गर्नुभयो । उहाँले देशमा सुशासन कायम गर्न कर्मचारीतन्त्रमा सुधार गरी अघि बढ्न आवश्यक रहेको बताउनुभयो । 

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg