pani-1786865868.jpg
Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

जनताको सेवा गर्न अमुल्य मत दिनोस्ः मोक्तान

310411970_817381582817326-1668439234.jpg

 

मकवानपुर क्षेत्र नम्बर २ ‘क’ की लोकतान्त्रिक बाम गठबन्धनकी साझा प्रदेश सभा सदस्य उम्मेदवार एवं नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य कुमारी मोक्तानले आफुलाई जनताको सेवा गर्न अमुल्य मत दिन आग्रह गर्नुभएको छ । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा लोकतान्त्रिक बाम गठबन्धनको चुनाबी कोणसभा र घरदैलो अभियानमा उहाँले आफुले पाएको मतको उच्च सम्मान गर्दै जनताकै सेवामा समर्पित हुनेमा ढुक्क हुन अनुरोध गर्नुभयो ।
‘यसअघि पाएको मतको कदर गर्दै तपाईहरुको गाउँटोलमा सक्दो धेरै विकास, निर्माणको काममा बजेट ल्याएकै थिए,’ उहाँले भन्नुभयो, ‘मलाई फेरी अमुल्य मत दिनुस्, अझै धेरै विकास निर्माणको लागि बजेट ल्याउन र स्थानीय समस्या समाधान गर्न भुमिका खेल्नेछु ।’
चुनावका बेला भोट पाउँन झुटो कुरा र आश्वासन दिने धेरै रहेकाले सचेत रहनुपर्ने भन्दै विकास, समृद्धी र सुशासनका लागि लोकतान्त्रिक बाम गठबन्धनलाई जिताउँनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य तथा मकवानपुर क्षेत्र नम्बर २ निर्वाचन परिचालन संयोजक लवशेर विष्ट, नेकपा एकीकृत समाजवादीका नेता ईश्वरलाल रुम्बा, नेपाली काँग्रेस थाहा नगर सभापती प्रमोद जोशी लगायतले लोकतान्त्रिक बाम गठबन्धनको विकास, निर्माण तथा लोकप्रियता र जित निश्चित भएपछि अन्य पार्टी र उम्मेदवारले भ्रम फैलाउँन थालेकाले जनता सचेत भएर गठबन्धनलाई जिताउँनुपर्ने बताए ।
सोमबार थाहा नगरपालिका वडा नम्बर १ को खानीगाउँमा चुनाबी कोणसभा तथा थाहा ११ को क्यान्टिन डाँडा, भन्ज्याङडाँडा, मलागिरी, ठाडे, जाग दह, डाडीघाट र थाहा १२ को जगडाँडा, आदमारा लिति, नौखण्डे, दोबान खोला÷गैरीगाउँमा घरदैलो गरिएको थियो । घरदैलोको क्रममा स्थानीयवासीले स्वच्छ खानेपानी, पक्की सडक लगायतको भौतिक पूर्वाधारको माग गरेको नेकपा माओवादी केन्द्र थाहा नगरका सचिव लक्ष्मण विष्टले बताउँनुभयो ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg