Friday, 24 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

राजनीति

जनताको सेवा गर्न अमुल्य मत दिनोस्ः मोक्तान

310411970_817381582817326-1668439234.jpg

 

मकवानपुर क्षेत्र नम्बर २ ‘क’ की लोकतान्त्रिक बाम गठबन्धनकी साझा प्रदेश सभा सदस्य उम्मेदवार एवं नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य कुमारी मोक्तानले आफुलाई जनताको सेवा गर्न अमुल्य मत दिन आग्रह गर्नुभएको छ । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा लोकतान्त्रिक बाम गठबन्धनको चुनाबी कोणसभा र घरदैलो अभियानमा उहाँले आफुले पाएको मतको उच्च सम्मान गर्दै जनताकै सेवामा समर्पित हुनेमा ढुक्क हुन अनुरोध गर्नुभयो ।
‘यसअघि पाएको मतको कदर गर्दै तपाईहरुको गाउँटोलमा सक्दो धेरै विकास, निर्माणको काममा बजेट ल्याएकै थिए,’ उहाँले भन्नुभयो, ‘मलाई फेरी अमुल्य मत दिनुस्, अझै धेरै विकास निर्माणको लागि बजेट ल्याउन र स्थानीय समस्या समाधान गर्न भुमिका खेल्नेछु ।’
चुनावका बेला भोट पाउँन झुटो कुरा र आश्वासन दिने धेरै रहेकाले सचेत रहनुपर्ने भन्दै विकास, समृद्धी र सुशासनका लागि लोकतान्त्रिक बाम गठबन्धनलाई जिताउँनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य तथा मकवानपुर क्षेत्र नम्बर २ निर्वाचन परिचालन संयोजक लवशेर विष्ट, नेकपा एकीकृत समाजवादीका नेता ईश्वरलाल रुम्बा, नेपाली काँग्रेस थाहा नगर सभापती प्रमोद जोशी लगायतले लोकतान्त्रिक बाम गठबन्धनको विकास, निर्माण तथा लोकप्रियता र जित निश्चित भएपछि अन्य पार्टी र उम्मेदवारले भ्रम फैलाउँन थालेकाले जनता सचेत भएर गठबन्धनलाई जिताउँनुपर्ने बताए ।
सोमबार थाहा नगरपालिका वडा नम्बर १ को खानीगाउँमा चुनाबी कोणसभा तथा थाहा ११ को क्यान्टिन डाँडा, भन्ज्याङडाँडा, मलागिरी, ठाडे, जाग दह, डाडीघाट र थाहा १२ को जगडाँडा, आदमारा लिति, नौखण्डे, दोबान खोला÷गैरीगाउँमा घरदैलो गरिएको थियो । घरदैलोको क्रममा स्थानीयवासीले स्वच्छ खानेपानी, पक्की सडक लगायतको भौतिक पूर्वाधारको माग गरेको नेकपा माओवादी केन्द्र थाहा नगरका सचिव लक्ष्मण विष्टले बताउँनुभयो ।


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सुमो र स्कारपियो ठोक्किँदा ९ जना घाइते
FB_IMG_1776523640535-1776526469.jpg

मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो र भारतीय स्कारपियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्...

दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

khane-1774766593.png