Thursday, 27 Mar, 2025
chayerog-1733658794.png

राजनीति

जनताको घर घरमा पुग्ने अभियान जारी छ : माओवादी जिल्ला संयोजक घलान

1704292146146-1704292158.jpg

मकवानपुर । माओवादी केन्द्रको जनताको घरघरमा पुग्ने अभियान जारी रहेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का मकवानपुर जिल्ला संयोजक सर्केश घलानले बताएका छन् । बुधबार हेटौंडा–१३ नम्बर वडा कमिटिको दोस्रो वडा सम्मेलनमा बोल्दै बागमति गाउँपालिका अध्यक्ष समेत रहेका संयोजक घलानले सो कुरा बताएका हुन् । पार्टी केन्द्रले घोषणा गरिएको चार महिने अभियान अन्तिममा पुगे पनि जनताको घरदैलोमा नियमित पुग्ने अभियान निरन्तर रहने उनले उल्लेख गरेका हुन् । 

पार्टीले सञ्चालन गरिएको चार महिने अभियानपछि माओवादी केन्द्रप्रति जनताको थप आकर्षण बढेको उनले दावी गरे । अन्य शक्तिहरुले केहि समय भ्रमित पारे पनि सत्य तथ्यका बारेमा केन्द्रले अभियान मार्फत जनतामा सचेतना प्रदान गरिएपछि थप आकर्षण बढेको उनको कथन छ ।  

यस्तै, सम्मेलनमा बोल्दै माओवादी केन्द्र बागमति प्रदेश कमिटि सचिवालय सदस्य एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले पार्टी पङ्ती जनतासँग घनिभूत रुपमा जाोडिनुपर्ने बताएका छन् । गरिबका छोराछोरी उच्च तहमा पुगेको, गाउँ गाउँमा सरकारको उपस्थिति भएको परम्परागत शक्तिहरुले मन नपरेको र परिवर्तनको विरोध गरिरहेकोप्रति सचेत रहनुपर्ने उनले उल्लेख गरेका छन् ।  

यसअघि माओवादी नेतृत्वको सरकारले ऋण मिनाहा गरेको विषय पुनः स्मरण गराउँदै प्रमुख घलानले अबको लक्ष्य गरिबीको अन्त्य र आर्थिक समृद्धि भएको हुँदा त्यसैमा केन्द्रित भएर अघि बढ्नुपर्ने बताएका छन् । 

यसैगरि, सम्मेलनमा बोल्दै माओवादी केन्द्र हेटौंडा उपमहानगर कमिटिका उपाध्यक्ष प्रदिप अर्यालले माओवादी केन्द्रले आफ्नै चुनाव चिन्हमा निर्वाचन लडेर विजयी बनेको जनताले देख्न चाहेको बताएका छन् । उनले माओवादीको नेतृत्वमा व्यवस्था परिवर्तन भएको र क्षेत्रगत रुपमा विकास भइरहेकोमा आत्मसात गर्नुपर्ने पनि उल्लेख गरेका छन् । 

कार्यक्रममा माओवादी केन्द्रका हेटौंडा उपमहानगर कमिटि इन्चार्ज विवेक राई, अध्यक्ष तिर्थ थापा मगर, वाइसीएल हेटौंडा उपमहानगर कमिटि अध्यक्ष मदन उप्रेतीसहितको उपस्थिति थियो ।


world-link-1690434568.jpg
थाहामा मनाइयो राष्ट्रिय क्षयरोग दिवस
FB_IMG_1742818178407-1742818309.jpg

आज मार्च २४ तारिख । हरेक बर्ष आजकै दिन संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ...

वर्ल्डलिङ्कलाई २ विधामा ‘एसियन टेलिकम अवार्ड’
FB_IMG_1742812857323-1742812954.jpg

नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेसन्सले दुई विधामा एसियन टेलिकम अवार्ड २०२५...

थानकोट-चित्लाङ्ग सडकका लागि थप २५ करोडको ठेक्का आव्हान
FB_IMG_1742811785606-1742811879.jpg

काठमाडौं- हेटौंडा जोड्ने सबैभन्दा छोटो दूरिको बाटो थानकोट-चित्लाङ्ग सडक स्तरिकरणको लागी थप २५ करोडको ठेक्का...

संघीयता सवलीकरणमा प्रदेश तथा स्थानीय तहका सवालको छलफल
1742719654054-1742719725.jpg

मकवानपुर  । फेडरलिजम एण्ड लोकलाईजेशन सेन्टरको र बागमती प्रदेश सुशासन केन्द्रको सहकार्यमा ललितपुरमा आयोजना...

अभिनेत्री दिव्या रायमाझी बनिन् प्रोफाइल इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बासडर
1742719440163-1742719542.jpg

काठमाडौं । लोकप्रिय तथा चर्चित अभिनेत्री दिव्या रायमाझी प्रोफाइल इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड...

चन्द्रागिरी हिल्सको शुल्क विरुद्ध थाहा, चन्द्रागिरी र इन्द्रसरोवरका स्थानीयहरूको विरोध प्रदर्शन
FB_IMG_1742650792599-1742653335.jpg

चन्द्रागिरी हिल्सले पुरानो बाटो हुँदै भालेश्वर दर्शन गर्न जाने पैदलयात्रीहरूबाट १०० रुपैयाँ शुल्क असुल्ने...

हनुमानले संजिवनी बुटी झारेको स्थानको प्रचार गर्दै पालुङ जेसीज
1742652746249-1742652774.jpg

पालुङ जेसीजले थाहा नगरपालिका वडा न २ र ७ को सिमानामा रहेको अस्पताल डाँडामा पर्यटकीय सम्भावना,अवसर र चुनौती बिषयक...

बिजुलीको माग धान्न कुलेखानी चौबीसै घण्टा संचालनमा
FB_IMG_1742609790686-1742609868.jpg

भारतबाट दिनमा १२ घण्टा मात्रै बिजुली आयात हुन थालेपछि कुलेखानी जलविद्युत् आयोजनालाई चाप परेको छ ।...

थाहाको तसरमा वाइवाको घर जलेर नष्ट
FB_IMG_1742482076943-1742482498.jpg

थाहा नगरपालिका वडा नम्बर ५ तसरस्थित बासघारी टोलका जनकबहादुर वाइबाको घरमा आगलागी हुँदा घर पूर्ण रूपमा ध्वस्त...