pani-1786865868.jpg
Saturday, 24 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

छ हजार वडामा पुग्यो माओवादी अभियान

Untitled-1-1694398264.jpg

२५ भदौ २०८०, सोमबार

काठमाडौँ, भदौ २५ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले सुरु गरेको अभियान क्रममा हालसम्म करिब छ हजारभन्दा बढी वडामा माओवादी नेता कार्यकर्ता पुगेका छन्। तीन महिनासम्म चल्ने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ क्रममा देशभरका छ हजार ७४३ मध्ये छ हजार ३४२ वडामा अहिले माओवादीको अभियान चलिरहेको छ। ४०१ वडामा भने अभियान सुरु हुन सकेको छैन । 

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत भदौ १६ गते छ हजार ७४३ वडाको एकै पटक उद्घाटन गर्नुभएको थियो। अभियान उद्घाटनपछि ७५३ स्थानीय तहका सबै वडाले आ–आफ्नो अनुकूलमा अभियान सुरु गर्ने कार्यतालिका बनाएका थिए। कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका ४०१ वडामा अभियान उद्घाटन हुन नसकेको नेताहरूले बताउनुभएको छ।

‘जन जनमा माओवादी, घर घरमा माओवादी’ भन्ने मूल नारासाथ माओवादी केन्द्रले ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ सञ्चालन गरेको हो। कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङले एक हजार १५७ वडामध्ये एक सय वडामा अभियान उद्घाटन गर्न नसकिएको बताउनुभयो। ती वडामा पार्टी सङ्गठन भए पनि कार्यक्रम भव्य र व्यवस्थित बनाउन लागिएकाले उद्घाटन गर्न ढिला भएको दाबी गर्नुभयो। 

यस्तै मधेश प्रदेशका इन्चार्ज लीलामणि पोखरेलका अनुसार मधेशमा ११० वडामा अभियान सुरु हुन बाँकी छ। कार्यक्रम बनाएर त्यहाँका वडामा पुगिने उहाँले बताउनुभयो। बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेलका अनुसार एक हजार १२१ वडामध्ये एक हजार ३२ वडामा मात्रै अभियान सञ्चालन भइरहेको छ। ८९ वडामा अझै अभियान उद्घाटन हुन सकेको छैन। पौडेलले भन्नुभयो, “हामीले बैठक बसेर अभियान सञ्चालन नभएका वडामा तत्काल उद्घाटन गरेर सुचारु गर्न सर्कुलरमार्फत निर्देशन दिएका छौँ।” 

माओवादी गण्डकी प्रदेशका इन्चार्ज एवं पार्टी सचिव देवेन्द्र पौडेलले आफ्नो प्रदेशका सबै वडामा अभियान उद्घाटन गरिसकेको बताउनुभयो। “हामीले गण्डकी प्रदेशका सबै वडामा अभियान उद्घाटन गरेर कार्यक्रम जारी राखेका छौँ। गत भदौ १६ गते उद्घाटन हुन नसकेको वडामा भोलिपल्ट र पर्सिपल्ट उद्घाटन गरियो,” पौडेलले भन्नुभयो, “पहिलो पटक माओवादी मनाङ र मुस्ताङका सबै वडामा पुगेर अभियान उद्घाटन गर्‍यो।” 

कर्णाली प्रदेशकी अध्यक्ष बिमला केसीले कर्णालीका ७१८ वडामध्ये १९ वडा मात्रै उद्घाटन गर्न बाँकी रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “हामीले पार्टीको अभियान पालिका केन्द्रित गरेर उद्घाटन गरियो। त्यसपछि कतिपय वडा छुट्न पुगेका छन्। अब ती सबै वडामा तत्काल अभियान उद्घाटन गरेर कार्यक्रम बनाउने छौँ।” 

सुदूरपश्चिम प्रदेशका अध्यक्ष हरिप्रसाद चौधरीले प्रदेशका सबै वडामा अभियान उद्घाटन भई कार्यक्रम जारी रहेको बताउनुभयो। प्रदेशका सबै पालिका र वडालाई समेट्ने गरी कार्यक्रम बनाएकाले सबै वडा समेटेको चौधरीले प्रस्ट पार्नुभयो। तर पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले सबै वडाको अभियान केन्द्रबाट उद्घाटन भइसकेकाले बाँकी भएका वडाले आफ्नो अनुकूलमा अभियान चलाउने बताउनुभयो।   गोरखापत्र अनलाइन 

Untitled-1-1694398265.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg