Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

चार मन्त्रीले हारे चुनाव

2279296895667025348-1669467281.jpg

 

प्रधानमन्त्रीसहित १४ मन्त्री चुनावी प्रतिस्पर्धामा रहेकोमा प्रधानमन्त्रीसहित पाँचजना निर्वाचित भएका छन् । चारजना पराजित भएका छन् । तीनजनाले अग्रता कायम गरेका छन् भने दुईजना पछाडि छन् । प्रधानमन्त्री देउवासहित उद्योगमन्त्री दिलेन्द्र बडू, शिक्षामन्त्री देवेन्द्र पौडेल, सहरी विकासमन्त्री मेटमणि चौधरी र श्रममन्त्री शेरबहादुर कुँवर विजयी भएका छन् । गृहमन्त्री बालकृष्ण खाण, अर्थमन्त्री जनार्दन शर्मा र परराष्ट्रमन्त्री डा. नारायण खड्काले अग्रता कायम राखेका छन् । सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की र खानेपानीमन्त्री उमाकान्त चौधरी पछाडि छन् ।

प्रतिनिधिसभा निर्वाचनमा बहालवाला कतिपय मन्त्रीहरू नै हारेका छन् । पटक–पटक चुनाव जित्दै आएका संघीय मन्त्रीहरू पराजित भएका हुन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल पनि प्रतिनिधिसभा निर्वाचनमा पराजित भएकी छिन् । ललितपुर ३ बाट उम्मेदवार बनेकी भुसाल राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीसँग भारी मतान्तरले पराजित भइन् । कार्की ३१ हजार १३६ मत ल्याएर विजयी भइन् । एमाले उम्मेदवार अमृत खड्का १२ हजार ९६३ मतसहित दोस्रो भए । भुसालले आठ हजार ७६९ मत ल्याइन् । उनी ०६४ र ०७४ मा यही क्षेत्रबाट निर्वाचित भएकी थिइन् । 

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज पनि पराजित भएका छन् । माओवादी उम्मेदवार गहतराज बाँके १ बाट प्रतिस्पर्धी थिए । त्यहाँ एमालेका सूर्यप्रसाद ढकाल विजयी भएका छन् । ढकालले २५ हजार २६ र गहतराजले १९ हजार ६३२ मत पाए । राष्ट्रिय उन्मुक्ति पार्टीका सुरेशकुमार चौधरीले ११ हजार ४६५ मत पाए । गहतराज ०७४ को निर्वाचनमा यसै क्षेत्रबाट प्रत्यक्ष निर्वाचित भएका थिए । 

चुनाव हार्नेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ पनि छन् । उनी काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठसँग पराजित भए । श्रेष्ठ १० हजार १०५ मतसहित विजयी भए । उनको निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६ हजार १७४ मत पाए । एकीकृत समाजवादीबाट उम्मेदवार बनेका मन्त्री श्रेष्ठ चार हजार ८७७ मतसहित तेस्रो स्थानमा खुम्चिए । श्रेष्ठ ०७४ को निर्वाचनमा यसै क्षेत्रमा एमालेबाट निर्वाचित भएका थिए । 

राज्यमन्त्री उमेश श्रेष्ठ पनि पराजित भएका छन् । कांग्रेसका उम्मेदवार उनलाई चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ३४ हजार २८१ मतान्तरले पराजित गरे । लामिछानेले ४९ हजार २६४ र श्रेष्ठले १४ हजार ९८३ मत पाए । एमालेका कृष्णभक्त पोख्रेल १४ हजार ६४७ मत ल्याएर तेस्रोमा सीमित भए । श्रेष्ठ ०७४ मा कांग्रेसबाट समानुपातिक सांसद बनेका थिए ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg